• २० असोज २०८१, आइतबार

गण्डकी प्रदेश प्रमुख गुरुङको ल्होसारको शुभकामना

blog

सन्तोष सुवेदी

कास्की, पुस १५ गते । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को अवसरमा शुुभकामना दिनुभएको छ ।

प्रदेश प्रमुख गुरुङले शुुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका ल्होसार मनाउने समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

गुरुङ समुदायले शुक्रबार विशेष हर्षका साथ पुरानो बाघ वर्गलाई बिदाइ गरी बिरालो वर्गलाई स्वागत गर्दै छन् ।

तमु जातिको नयाँ वर्षको रुपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने प्रदेश प्रमुख गुरुङले बताउनुभयो ।