शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, पुस १५ गते । हरेक चन्द्रमासको तेस्राे महिना सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यवलोकितेश्वरलाई महास्नान गराउने परम्परा अनुसार शुक्रबार विधिपूर्वक स्नान गराइएको छ ।
सेतो मच्छिन्द्रदनाथको मूर्तिलाइ देवालयबाट बाहिर ल्याएर सम्पूर्ण गरगहना र आभूषण निकाली विधि अनुसार महास्नान गराइएको हो । महास्नानको अवलोकनका लागि जीवित देवी कुमारीको उपस्थिति थियो।
मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।