• १३ साउन २०८१, आइतबार

तमू ल्होछारको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री टुँडिखेलमा (फोटो फिचर)

blog

टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्नुहुँदै तमू ह्युल छौंज धीं गुरुङ राष्ट्रिय परिषदका अधिकारी । तस्बिर : सुजन गुरुङ

काठमाडौं, पुस १५ गते । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  टुँडिखेलमा पुग्नुभएको छ ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज (शुक्रबार) गुरुङ समुदायले तमू ल्होछार (नयाँ वर्ष) हर्षेल्लासका साथ मनाउँदै छन् । बाघ वर्गको बिदाइ र बिरालो वर्षको स्वागत गरी नयाँ वर्ष (ल्होछार) मनाइन्छ ।


तमू ल्होछारको अवसरमा तमू ह्युल छौंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंद्वारा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुभएको हो । टुँडिखेलमा पुगेर प्रधामन्त्री प्रचण्डले कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।  प्रधानमन्त्री प्रचण्डलाई गुरुङ समुदायको पहिरन लगाइदिएर स्वागत गरिएको छ ।