• १३ साउन २०८१, आइतबार

हर्षोल्लासका साथ मनाइँदै तमू ल्होछार (फोटो फिचर)

blog

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका मनाउँदै गुरुङ समुदाय । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस १५ गते । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै शुक्रबार गुरुङ समुदायले तमू ल्होछार (नयाँ वर्ष) हर्षोल्लासका साथ मनाएका छन् । बाघ वर्गको बिदाइ र बिरालो वर्गको स्वागत गरी नयाँ वर्ष (ल्होछार) मनाइएको हो ।


यसै अवसरलाई मध्यनजर गरी टुँडिखेलमा पुस १३ गते देखि नै ल्होछार मनाउन सुरु गरेको थियो । आज (शुक्रबार) अर्थात पुस १५ गते विशेष कार्यक्रमको आयोजना गरी नयाँ वर्ष (ल्होछार) मनाइएको हो । राजधानीको वसन्तपुरबाट निकालिएको र्‍याली टुँडिखेल पुगेर कार्यक्रममा परिणत भएको छ । र्‍यालीमा गुरुङ समुदायका व्यक्तिहरु आफ्नो परम्परागत पोशाकमा सजिएका देखिन्थे ।


‘ल्हो’ को अर्थ वर्ष र  ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई  ‘तमू ल्होछार’ भनिएको गुरुङ समुदायको विश्वास छ । यस वर्ष १४ पुस राति १२ बजे बाघ वर्गलाई गरी बिरालो वर्गलाई स्वागत गरिएको छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।