• १३ साउन २०८१, आइतबार

संस्कृति जोगाउने चासोक मेला (फोटो फिचर)

blog

तस्बिर: राधा लुइँटेल

राधा लुइँटेल 

फिदिम, पुस १७ गते । पाँचथरमा कला संस्कृति र रैथाने खानेकुराको प्रवर्द्धन गर्न चासोक मेलाको आयोजना गरिएको छ । 

फिदिम ४ स्थित सुम्हात्लुङ मन्दिर क्षेत्रमा सुरु भएको मेला पुस २३ गतेसम्म सञ्चालन हुने आयोजक सुम्जिरि सुम्हात्लुङ आम्वेपजक संरक्षण प्रतिष्ठानले जनाएको छ । मेलामा मौलिक संस्कृतिमा आधारित धान नाच, च्याब्रुङ नाच, छेलो हान्ने र म्याराथन सहितका प्रतियोगिता आयोजना भइरहेका छन् ।

मेलामा सहभागी प्रायः पुरुष दौरा–सुरुवाल, ढाका टोपी र सिलामसाक्का , महिला सारी चोलो र पटुकी सहित आकर्षक गर गहनामा देखिन्छन् । बालबालिका र किशोर किशोरी लक्षित रमाइलो मेला पनि आयोजना गरिएको छ । आदिवासी जनजाति समुदाय अन्तरगत एक नम्बर प्रदेशका पहाडी जिल्लामा बाहुल्यता रहेका लिम्बू जातीको कला संस्कृति र खानपानको प्रवर्द्धन सहित स्थानीय पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न मेलाको आयोजना गरिएको आयोजक समेत रहेका फिदिम ४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो ।