• १३ साउन २०८१, आइतबार

हाम्रो सम्पदा

लुम्बिनी विश्व शान्ति स्तूप (फोटो फिचर)

blog

रुपन्देही, पुस १६ गते । रुपन्देहीको प्रख्यात  बौद्ध धार्मिक स्थल लुम्बिनीमा अवस्थित अति नै सुन्दर विश्व शान्ति स्तूप छ। यस स्तूपमा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएको छ।

सद्धर्मपुण्डरिक सूत्र (लोट्स सूत्र)  मा उल्लेख भए अनुसार विश्वमा शान्ति मैत्री र सद्भावना फैलाउन एव पृथ्वीलाई शुद्ध र स्वच्छ भूमिको रूपमा स्थापनार्थ यस लुम्बिनी शान्ति स्तूपको निर्माण गरिएको हो।

जापानमा दोस्रो विश्वयुद्ध ताका हिरोसिमा र नागासाकीमा आणविक अस्त्रको प्रहारद्वारा असङ्ख्य मानवीय नरसंहार दर्दनाक दृश्यबाट भावविह्वल भई जापानका फूजीई गुरुजी संसारभरि नै शान्ति स्तूपको निर्माण कार्य थाल्नुभएको हो।

निप्पोजन म्योहोर्जी फुजीइ गुरुजीद्वारा स्थापित बौद्ध संस्था द्वारा नेपाल र जापानी श्रध्दालुहरुको उद्धार सहयोगबाट लुम्बिनी शान्ति स्तूपको निर्माण गरिएको हो। यस स्तूपको डिजाइन जापानका डा. एम. ओओकाले गर्नुभएको थियो।  निकै नै फराकिलो क्षेत्रफल र सुन्दर बगैँचाको माझमा छ विश्व शान्ति स्तुपा। स्तुपको गजुर ५ खण्डको रहेको छ भने स्तुपको चारै दिशामा बुद्धको निकै नै आकर्षक मूर्ति राखिएको छ।

स्तुपाको दायाँ र बायाँ बाघले पहरा दिइरहेका छन्। स्तूपाको उचाइ ४१.५ मिटर, आधार स्तम्भ ५९ मिटर र गोलाइ २० मिटर छ। यस स्तूपलाई निर्माण गर्न ७ वर्ष लागेको थियो। यस आकर्षक स्तुपमा पर्यटकलगायत बौद्ध धर्मावलम्बीहरुकाे निकै नै भिड लाग्ने गर्दछ।