‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
वाङ्मय शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सँगालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ ।
‘खजुराको बृहत् इतिहास’ पुस्तक लोकार्पित
बाँकेको खजुरा गाउँपालिकामा स्थानीय सरकारद्वारा गठन गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘खजुराको बृहत् इतिहास’ नामक पुस्तकको लोकार्पण गरिएको छ ।
पश्चाताप (कथा)
“मैले उसलाई धन्यवाद पनि दिइनँ । के सोचेको होला उसले ?” रमिता एक्लै कोठामा फतफताइ रहेकी थिई । म त्यसैबेला उनको कोठामा पुगेकी थिएँ । मैले सोधेँ, “रमिता, के भयो तिमीलाई यहाँ त कोही पनि देख्दिनँ कोसँग कुरा गरेको ।” मेरो आवाजले ऊ झसङ्ग भई । उसको अनुहार रातोपिरो भयो । “मीरा तिमी पो ! मलाई त कस्तो डर लाग्यो भन्या । के के बोलेँ कुन्नि पत्तै पाइनँ, तिमीले केही सुन्यौ ।” “सबै सुनेँ । कसैले तेरो मन चोरे जस्तो छ नि !” मैले पनि उसको मनको कुरा खोतल्ने प्रयास गरेँ । छ्या ! तिमी पनि भन्दै ऊ लजाइ । रमिता मेरो मिल्ने साथी । प्लस टु साइन्स सँ
अर्थ सामाजिक व्यवस्थाको बदलिँदो चित्रण
समाजमा सबैले देखिरहेका कुरा देख्न किताब पढ्नु पर्दैन । अरूले देख्न नसकेका कुरा देख्न र देखाउन वा धेरैले देखेकै कुरामा पनि सिर्जनात्मक मत सञ्चार गर्न साहित्य रचना गर्नु र अध्ययन गर्नु जरुरी छ । परम्परागत समाजबाट आधुनिकतातिर गइरहँदा भत्किँदै गरेको जात व्यवस्थालगायत अर्थ सामाजिक प्रणालीका बहुविध आयाम देखाइएको ‘रूपिका’ उपन्यासमा प्रेमप्रति विश्वास व्यक्त गरिएको छ । यसमा मनोभाव र सामाजिक संरचनाको अन्तव्रिर्mया स्वरूप विकास भइरहेका नयाँ मान्यता तथा तोडिँदै गएका पुराना मूल्य बिचको फरकलाई घटना र पात्रको आलम्बनमा प्रस्तुत गरिएको छ ।
तिमी बोले चर्किने छ चट्टान...
काठमाडौँको खाल्डोमा धुलो र धुवाँको कोलाजभित्र रुमल्लिएका मान्छेका जीवन कुनै न कुनै दौडको यात्रामा छ । ती यात्रा कहा“ र कसरी अन्त्य हुने छ भन्ने हिसाबकिताब गर्न कसलाई फुर्सद छ र ? मान्छेहरू काठमाडौँभित्र कुनै कलाकारको क्यानभासमा पोतिएका अमूर्त रङहरू जस्तै असीमित अर्थ र गहिराइभित्र हराइरहेका छन् ।
कलाको कुम्भमेला
ओहो ! कला यस्तो पनि हुँदो रहेछ । होइन, कति धेरै होे कलाकारको ‘प्यासन’ । नेपाली मौलिक थाङ्का/पौभा कलाको अवलोकन गर्न पुग्नुभएकी बुटवलकी रीमा शर्माको आश्चर्यबोधक अभिव्यक्ति गुन्जियो । फोटोमा देखेकोभन्दा त प्रत्यक्ष हेर्नुको स्वाद नै बेग्लै हुने रहेछ । उहाँ पहिलोपल्ट कलामा यसरी रुमल्लिँदै हुनुहुँदो रहेछ । उहाँसँगै रहेका अन्य दिदीबहिनीको पनि अवस्था यस्तै थियो ।
नूर–गङ्गा प्रतिभा पुरस्कार घोषणा
नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको साधारण सभाले सम्पन्न भएको छ। सभाले यस वर्षको नूर–गङ्गा प्रतिभा पुरस्कारको निर्णय पनि गरेको छ। हालै काठमाडौँमा आयोजित कार्यक्रममा गुठीले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार’ साहित्यकारहरू गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौँ) लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको छ। उक्त पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ।
गजल
हाम्रा हजुरका खिलाफ कोही नआउनू । मर्जी जे हुन्छ होस्, केही बात नलाउनू ।
परम्परागत पौभामा समूहगत छलफल
पौभा वा थाङ्का कलाको अध्ययन अध्यापन गर्नु जरुरी रहेको यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् । ‘परम्परागत पौभा वा थाङ्का कलामा युवा’ को भूमिका विषयमा समूहगत छलफलमा विज्ञहरूले यस्तो जोड दिनुभएको हो । कार्यक्रममा सुजनमुनि शाक्यले पौभा वा थाङ्का कलालाई लोप हुनबाट जोगाउन प्राज्ञिक स्तरबाट नै पौभा वा थाङ्का कला सिक्न जरुरी रहेको बताउनुभयो । प्राज्ञिक रूपले अध्ययन गर्दा अभिलेखनका साथै व्यवस्थापन गर्नमा सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यस्तो कलाको इतिहास, दर्शन र महत्वका साथै आधुनिक अवस्थाको बारेमा जानकारी गराउन जरुरी छ ।”
भाषाबाट चिनिएकी मिस पबी
सामाजिक सञ्जालका विभिन्न ‘प्लेटफर्म’ मध्ये टिकटक अत्यन्त लोकप्रिय छ । टिकटकमा चाँडोभन्दा चाँडो स्थापित हुन कतिपयले भड्किला पहिरन, नवशृङ्गार वा अभिनय गरेर सर्वसाधारणको मन जित्ने प्रयास गर्दै आएका छन् तर अन्यभन्दा पृथक् रूपमा टिकटकमा प्रस्तुत भएर पवित्रा साकी अर्थात् मिस पबीले दुई चार लाख होइन करिब दस लाख सर्वसाधारणको मन जितिसक्नुभएको छ, त्यो पनि एक वर्षको बिचमा ।
ढुङ्गामा फलाउन खोजेको विश्वास
ढुङ्गा फो-यो र, बाली लगायो माटो थिएन,
देश झल्काउने क्यानभास
स्वच्छन्द बालकका निश्चल ओठका मुस्कान हिमनदी निरन्तर बगिरहे झैँ लाग्छ । निलो क्यानभासमा आँखा पु¥याउने जो कोहीलाई त्यस दृश्यले लोभ्याउँछ । नक्सालस्थित अरनिको ग्यालरीमा छिर्नेबित्तिकै बायाँतर्फ धुम्म आकाशमुनिको ठुलो चेप्टो ढुङ्गा नेपाल हो भनेर चित्र बोल्छ । खुट्टामा चप्पल छ तर त्यसले गरिबीभन्दा आत्मविश्वासको भार थेगिरहेको देखिन्छ । सुबोध गुरुङले तेल रङ्गमा कसी लगाएको त्यो कलाले नेपालको भविष्यको हँसिलो मुहार झल्काउँछ । अलिक पर दलबहादुर राईको एव्रmेलिक रङ्गको कमालको भित्ता बोले झैँ गरी खुलेको छ । साना ढुङ्गाको पिच आकृतिभित्र अटाएकी आदिवासी आमाभित्र वर्तमान नेपाल आमाको चरित्र झल्किन्छ । त्यो आकृतिअघि कला पारखीहरू एक पल्ट टक्क अडिन बाध्य हुन्छन् । यस्तै अनेकतामा एकताको प्रतीक झल्कने आधुनिक नेपाल
भरिभराउ नाटकघर उत्साहित रङ्गकर्मी
कोभिड–१९ का कारण थलिएकोे नेपाली रङ्गमञ्चमा यति बेला उत्साह छाएको छ । सर्वसाधारणको नाटकप्रतिको मोह देखेर रङ्गकर्मीमा खुसी छाएको छ । यति बेला सर्वसाधारणकै माग अनुरूप नाटकहरू मञ्चन भइरहेका छन् । यसले गर्दा नाटक मञ्चन गर्नेहरूमा प्रतिस्पर्धा बढेको देख्न पाइन्छ ।
राष्ट्रपति पौडेलद्वारा युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा. जयराज आचार्यलाई प्रदान गर्नुभएको छ ।
चार साहित्यकार सम्मानित
“बाल नरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित हुनुभएको छ।
हस्तकलाको निर्यातमा समस्या
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनीमा हस्तकला चुनौती र अवसर विषयक समूहगत छलफल गरिएको छ। छलफलमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले बजारको माग अनुसारको आपूर्ति गर्न नसक्नु नै हस्तकला क्षेत्रको अहिलेको ठूलो समस्या बताउनुभयो। उहाँले भन्नुभयो, “हस्तकलाको बजार ठुलो छ, परम्परागत काष्ठ तथा धातुका मूर्तिहरूको चीनमा ठूलो माग छ। त्यसबाहेक अन्य एसियाली मुलुकबाट पनि माग बढ्दो छ। हामीले उनीहरूको माग पूरा गर्न नसक्दा मेसिनबाट निर्मित कलाले बजार ओगट्दै छ।”
कथासङ्ग्रह ‘मयँगाँठो’ विमोचन
बाँकेका वरिष्ठ कथाकार डा इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ को शनिबार नेपालगन्जमा विमोचन गरिएको छ। खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित गरिएको सो कथासङ्ग्रहको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, वरिष्ठ लेखक तथा साहित्यकार नरेन्द्रजङ्ग पिटर र वरिष्ठ आख्यानकार नयनराज पाण्डेले सामूहिक रूपमा गर्नुभयो।
डा. भण्डारीको कथासङ्ग्रह ‘मयँगाठो’ विमोचन
बाँकेका कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासङ्ग्रह ‘मयँगाँठो’ शनिबार नेपालगञ्जमा विमोचन गरिएको छ।
दुर्गानाथको अक्कल
धर्मराज र सावित्रीको सुवर्णलता नाम गरेकी बच्ची थिई । जो अति नै जिद्दी थिई । उसले भनेको हुनु पर्दथ्यो । नभए उत्पात मच्चाउँथी । पछिल्लो समयमा उसलाई तारा हातमा लिने रहर जाग्यो । तारा हातमा लिन नपाए भातै नखाने भई सुवर्णलता । “मलाई तारा चाहियो बुबा ! तारा चाहियो, आमा !” सुवर्णलता घडघड गरिरहन्थी । त्यसो त बच्चाहरू जिद्दी स्वभावका हुन्छन् तर सुवर्णलता अलि बढी नै जिद्दी थिई । बाबु धर्मराजलाई फसाद प-यो । छोरीले भन्दैमा तारा टिपेर दिन कहाँ सम्भव थियो र ! “तारा भनेका भगवान् हुन् । भगवान् टिपेर दिन सकिने वस्तु होइनन्,” धर्मराज सम्झाउँथ्यो ।
पत्रकारिता र साहित्यको ‘प्याज चिन्तन’
गोरखापत्र प्रकाशन शैली, गोरखापत्र संस्थान समाचार नीति तथा प्रकाशन निर्देशिका, २०८० निर्देशिका र गोरखापत्र खोज ब्युरोको अवधारणा र कार्यविधि औपचारिक रूपमा व्यवस्थापनलाई हस्तान्तरण गरेको तेस्रो दिन २०८० वैशाख १० गते कार्यकक्षमा नै रहेको बेला बेतार फोन (मोबाइल)मा घण्टी बज्यो ।
समयको प्रतिविम्ब
कविताको जन्म हुन कुनै निश्चित समय वा स्थान तोकिएको हुन्न । नेपाली साहित्यको परिवेशमा भन्नुपर्दा, केन्द्रीकृत साहित्यको तामझामले साहित्यमाथिको भ्रम सिर्जना गरिरहेको स्थिति छ । अर्थात् केन्द्रलाई हेरेर साहित्यसँग सम्बन्धित यस्तो अन्योलमा छन् कि नेपाली साहित्यको खानी भनेको केवल राजधानी हो, जे–जति राम्रा साहित्य छन् ती सबै नै केन्द्रबाट उत्पादन भएका हुन् तर यो कदापि सत्य होइन भन्ने तथ्य हिजोआज बाहिरी जिल्लाबाट हुने साहित्य–उत्पादनले पुष्टि
बा, फूल र गाँजा
बा ! आफैँमा एउटा गर्बिलो नाम हो । बा हुनु, बाको छहारीमा जिउनुको मज्जा नै बेग्लै हुन्छ । बा परिवारका आकाश हुन्, बाको उपस्थितिमा छोराछोरीहरू कहिल्यै ठुलो हुँदैनन् । जब बाको छहारी रहन्न, त्यसपछि उहाँको अभाव महसुस हुन्छ । बा ईश्वरीय अवतार हुन् । भनिन्छ, आमा धर्ती हुन्, बा आकाश । आकाश हामी निलै देख्छौँ, हामीलाई चाहिएको बेलामा कहिले पानी पार्छ, कहिले घाम, कहिले झलमल तारा, त कहिले जूनको शीतलता । बालाई मैले पनि देखेको रूप यही हो ।
तीन जनालाई मधुपर्क सम्मान
मधुपर्क सम्मान, २०८० यस पटक वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ आख्यानकार पुष्कर लोहनी र छन्द कवि प्रभा भट्टराईलाई प्रदान गरिने छ। वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले उक्त निर्णय गरेको हो। गोरखापत्र संस्थानको मासिक प्रकाशन मधुपर्कले विगत २२ वर्षदेखि हरेक वर्ष स्रष्टाहरूलाई सम्मान प्रदान गर्दै आएको छ।
तस्बिरमा राष्ट्रिय ललितकला प्रदर्शनी
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय ललितकला प्रदर्शनी सञ्चालन गरेको छ