शिल्पीमा ‘ट्रान्जिट’ सुरु
शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ को मञ्चन सुरु भएको छ। काठमाडौँको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहीबारबाट नियमित रूपमा नाटक मञ्चन सुरु भएको हो। नाटक एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ। अभिनेतृ शिल्पा मास्केले यसै नाटकमार्फत रङ्गमञ्चमा डेब्यु गर्नुभएको छ। नाटकमा अभिनेता दिव्यदेव मानवको भूमिकामा देखिनुभएको छ। त्यस्तै तीन अभिनेतृ शिल्पा मास्के, आकाङ्क्षा कार्की र वासना तिमल्सिना मायावीको भूमिकामा देखिनुभएको छ भने जेलरका रूपमा मिल्सन राई हुनुहुन्छ।
धुप–आघात
इभान बुनिनको जन्म तत्कालीन सोभियत रुसको भोरोनेजमा २२ अक्टोबर १८७० मा भएको थियो । बुनिन् रुसी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । उनलाई यो पुरस्कार १९३३ मा प्रदान गरियो । उनका कथा र उपन्यासमा रुसी ग्रामीण जीवनको चित्रण गरिएको पाइन्छ । उनको निधन ८ नोभेन्बर १९५३ मा पेरिसमा भयो । द मिलेज (१९१०), द जेन्टलमेन फ्रम सनफ्रान्सिस्को (१९२२) द वेल अफ डेज (१९३३) आदि उनका प्रमुख कृति हुन् । धुप आघातलाई समरसेट ममले एउटा उत्कृष्ट कथा मानेका छन् ।
दक्खिनका गावैँगाउँ
“हस्” मात्र भनिरहेँ मैले । “आज ३१ किलोमिटर गुडिन्छ दाजु ।” “दक्षिणका गाउँ धेरै नाघिन्छ ।” “जङ्गल मासिएर अनेक बजार निकै भेटिन्छन् दाजु ।”
जापानमा नेपाली शैलीको मूर्ति
नेपाली मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानमा बनेको ‘बुद्धको विशाल मूर्ति’ कै निर्माणस्थलमा नेपाली शैलीको अर्को मूर्ति पनि बन्ने भएको छ । मूर्तिकार मञ्जुल मितेरीको नेतृत्वमा जापानको कुमामोतो जिल्ला, खामीआमाकुसा क्षेत्रमा सन् २०१६ देखि सन् २०२२ सम्ममा बुद्धको विशाल मूर्ति निर्माण भएको थियो । सोही स्थानमा नेपाली शैलीको अर्को मूर्ति बनाउन सुरु भएको छ । कलाकार मितेरीले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कला संवाद कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो । पाँच वर्षभित्र जापानको खामीआमाकुसाको विशाल ढुङ्गामा बुद्धको मूर्ति बनाउने लक्ष्यले कलाकारको भिसामा जापान पुग्नुभएका कलाकार मञ्जुलको टोलीलाई मूर्ति बनाउन करिब छ वर्ष लागेको थियो ।
करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार
पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसारलगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट बुझाउन खोजिएको छ ।
सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशन गरेको 'साइबर सुरक्षा' पुस्तक सार्वजनिक
बागमती प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गर्नुभएको छ।
मेरो बिहे (कथा)
मेरो बिहेको दिन बेलुका ओछ्यानमा एक्लै बसिरहेकी थिएँ । ढोका विस्तारै खोलेर मेरो श्रीमान् कोठामा पसे । ढोकाको चक्कुल विस्तारै लगाए । विस्तारै ओछ्यानमा आए र हात अघि बढाउँदै भने “म तिम्रो गाला छुन सक्छु” । मैले उनको हात समातेँ र मेरा गालासम्म पु¥याएँ । उनले मेरो गाला छामे र मलाई सोधे तिमी कस्ती छौ ? मैले उत्तर दिएँ “म एकदमै राम्री छु” । तर म राम्री छैन । मैले उनलाई ढाँटेँ । विवाह अघि हामीले एकअर्कासँग नभेटीकनै बिहे भयो । मेरो भट्ने इच्छा नै भएन र सायद उनको पनि । भनिन्छ श्रीमान् श्रीमतीमा केही कुरा पनि ढाँट्नु हुँदैन । सबै कुरा खुलस्त भयो भने दाम्पत्य जीवन सहजसँग बित्छ । जब शङ्काको सानो ठाउँ रह्यो भने त्यसले भित्रभित्रै जङ्गलमा डडेलो लागे जस्तो सानो झिल्को
चोखो प्रेम (निबन्ध)
‘प्रेम अमर रहेछ । प्रेम दुबोजस्तो हुँदोरहेछ । प्रेम चन्द्रमा जस्तो रहेछ र रहेछ प्रेम समुद्र जस्तो । प्रेमले यो उमेर, त्यो उमेर पनि भन्दो रहेनछ । प्रेम अमूल्य रहेछ रे, अमृत रहेछ प्रेम । प्रेमको कुनै नियम हुँदोरहेनछ र प्रेमको कुनै साँध, सिमाना पनि हुँदोरहेनछ । लाग्छ प्रेम नगरिएको जीवन बाँच्नका लागि केवल बाँच्नका लागि सङ्घर्ष गरिरहेको मेसिन ज
थापाको तस्बीर पुस्तक ‘पञ्चकोशी दैलेख’
फोटोपत्रकार भरतबन्धु थापाको ‘पञ्चकोशी दैलेख’ तस्बीर पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा थापाले खिच्नु दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तिर्थ स्थल र दुल्लु नगरपालिकालाई केन्द्रित गरेर दैलेख जिल्ला भित्रका सांस्कृतिक, धार्मिक एवम जीवनशैलीसँग सम्बन्धित तस्वीरहरु संग्रह गरिएको छ ।
भित्तामा जनावरका चित्र
बाँकेको थारू समुदायको बाहुल्य भएका गाउँबस्तीमा समुदायको संस्कृति र पहिचान जोगाउन तथा चिनाउनका लागि अधिकांश घरको भित्तामा जङ्गली जनावरका चित्र कोरिएका छन् । बाँके कोहलपुर मैटहवाका दीपेन्द्र चौधरीले आधुनिक सभ्यताका कारण हराउँदै गएको थारू संस्कृति र पहिचानको संरक्षणका लागि थारूका घरका भित्तामा जनावरका चित्र तथा थारू संस्कृति झल्कने चित्र कोरिएको बताउनुभयो । घरका भित्तामा चित्र कोरिनाले कला र संस्कृतिको संरक्षण हुनुका साथै बाहिरबाट आएका आगन्तुकलाई थारूको घर चिनाउन सहज भएको उहाँको भनाइ छ ।
हुम्लावासीले मनाए देउडा दिवस
हुम्लामा देउडा दिवस मनाइएको छ । कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा दिवसका अवसरमा सार्वजनिक बिदा दिएपछि जिल्लावासीले देउडा दिवस मनाएका हुन् । मौलिक वेशभूषामा सजिएर स्थानीयले देउडा गाउँदै दिवस मनाइएको सिमकोट गाउँपालिका– ५ का स्थानीय तीर्थराज रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार देउडा गीतको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक यो दिवस मनाइएको हो ।
क्षितिज जस्तो सम्बन्ध [कथा]
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको आप्रवास काउन्टर अगाडि उभिएर म गमनपत्र भर्दै थिएँ । एक जना युवकले मेरो छेउमा आएर मसँग कलम मागे । आफ्नो गमन–पत्र भरिसकेर मैले कलम दिन खोज्दा उनले गमनपत्र नै भरिदिन आग्रह गरे । उनीसँग आवश्यक जानकारी लिँदै उनको गमन–पत्र भरेर मैले टाउको उठाउन नपाउँदै मलाई आठ–दसजना अरू युवकले घेरिसकेका थिए । सबैको हातमा गमन–पत्र थियो । उनीहरूका आँखाले मलाई गमनपत्र भरिदिन अनुरोध गरिरहेका थिए । मैले उनीहरूको बाध्यता बुझेँ र उनीहरूको गमनपत्र भरिदिन लागे । ती सबै युवा दुबई र दोहा जान लागेका थिए । सबैको पा
म मेरै मृत्यु मर्न चाहन्छु
म मेरै मृत्यु मर्न चाहन्छु– विशुद्ध मेरो आफ्नै अरूकै मृत्यु आफ्नै भन्ठानेर युगौँ युगदेखि थरीथरीको अर्थ लगाएर
लिलियाना कि ग्लोरिया ? (कथा)
स्टारबक्स कफी सपमा छिर्दा भित्र कोलाहल त होइन, अलिकति हल्का, खलबल चाहिँ थियो । मेराअघि कफी अर्डर गर्नेहरूको लाममा तीन जना थिए । दुई जना किशोरी थिए सबैभन्दा अगाडि । गोरो छाला भएका । तिनीहरू हल्का पहिरनमा थिए । एउटी टिसर्ट र हाफ पाइन्टमा थिई । उसको आधा तिघ्रा र झन्डै पूरै पिँडौला सर्लक्क सुडौल टलक्क टल्केका थिए । ती पिँडौलामुनि उसको खुट्टामा नाइकीको स्पोर्टस् जुत्ताका लोगो प्रस्टै
‘संस्कृति चिन्तन’ प्रकाशित
प्राडा अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी निबन्ध सङ्ग्रह ‘संस्कृति चिन्तन’ प्रकाशित भएको छ । एक कार्यक्रममा लेखक तथा प्राध्यापकहरू अभि सुवेदी र सञ्जीव उप्रेती तथा समालोचक एवं निबन्धकार कुमारी लामाले किताब सार्वजनिक गर्नुभएको हो । लेखक सुवेदीले पहिलेको काठमाडौँ लुप्त भइसकेको तर अन्तरङ्गमा भने त्यो जीवितै रहेको बताउनुभयो । यहाँका चलन, सांस्कृतिक जात्रा, परिकारलगायतले त्यो संस्कृतिलाई जीवन्त राखेको उहाँको भनाइ छ ।
'रानी तलाउ'लाई 'अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार'
उपन्यासकार कल्पना खरेलको चर्चित उपन्यास ‘रानी तलाउ’लाई एक हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।
यो प्रेम (कविता)
वेश्या रचेलको हातमा थपक्क आफ्नो कान काटेर राखिदिने म पागल भ्यानगग होइन आफ्नो सेक्सी हात माथि
आमा (लघुकथा)
जोगेन्द्रले मोबाइल गर्दै भित्र पसे । श्यामाले खुसीको स्वरमा भनिन्, “मेरो ठुले आयौ ? अहिले कस्तो छ बाबा ? कहिले मुख देखौँ जस्तो भएको थियो ।” जोगेन्द्रले जङ्गिँदै भने, “नाटक गर्नुको पनि हद हुन्छ नि ! मुख हेर्न मनै थियो भने म डेङ्गु भएर मुर्दा झैँ लड्दा किन आउनुभएन हँ ? अबदेखि मलाई छोरा भन्नुपर्दैन । ‘खोलो त¥यो लौरो बिर्सियो’ यही त भयो नि मेरो जीवनमा पनि । सम्झिनुहोस्, अबदेखि तपाईंको छोरा म¥यो । दुःख, बिमारमा काम नलाग्ने आमा अरू बेलामा किन चाहियो हँ ? म यही भन्न आएको हुँ ।” यति भन्दै जोगेन्द्र हिँडि पनि हाले । श्यामाले रुन्चे स्वरमा भनिन्– “चिया त खाएर जाऊ बाबु !”
बाँँच्ने रहर (कविता)
सबलाई पिरेको छ त्यो लामो दिनले सबलाई अत्याएको छ आफ्नै उमेरले बोकेका छौँ हामीले आफ्नै आफ्नै सडेका उमेरलाई उमेर– घेराभित्र बाफिएको
कलाकारको पुस्तक मोह
पछिल्लो समय कलाकारहरूमा पुस्तक प्रतिको मोह बढेको छ । कतिपय कलाकारले विविध विधाका पुस्तकलाई पढ्नुलाई आफ्नो नियमित दिनचर्या नै बनाएका छन् । पुस्तकमा समाज प्रतिविम्बित हुने भएकाले राम्रो कलाकार र निर्देशक बन्न सकेसम्म अधिक पुस्तक पढ्नु पर्ने आवश्यकता कलाकारहरू स्वयं औँल्याउँ छन् ।
‘क्यान्सर–के, किन र कसरी’ लोकार्पण
प्राडा. योगेन्द्र प्रसाद (वाइपी) सिंहद्वारा लिखित पुस्तक ‘क्यान्सर–के, किन र कसरी’ नामक पुस्तक लोकार्पण भएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हालै पुस्तकको लोकार्पण गर्नुभयो । डा. यादवले मेडिकल अध्ययन गरे पनि १० वर्षमात्र अभ्यास गरेको र त्यसपछि राजनीतिमार्फत नेतृत्वमा आएर जनस्वास्थ्यका नीति निर्माणमा लागेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएसँगै शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रगति भएको दाबी गर्नुभयो । यद्यपि कतिपय क्यान्सर उपचार गर्ने अस्पतालमा अत्यावश्यक प्रविधिको अभाव उहाँले औँल्याउनुभयो ।
गजल
मान्छे भएनि हाम्रो चल्दैन हेर पानी मिल्दैन जान मन्दिर यस्तै छ जिन्दगानी । बाँचेर फेरि हामी मर्छाैं हजार बार चल्ने रहेछ हाम्रो चढ्दो त यो जवानी ।
शीतबिन्दुमा मोतीको चमक
शीतको थोपा चुहेर गुलाफको बोटमा पर्दा मोतीका दानाजस्तै चमक छरिएको छ । हावाको सानो हल्लाइमा ढल्पलढल्पल हुन्छन् मसिना दानाहरू । कतै पुग्ने हतारो त छैन होला तर लामो अस्तित्व नभएका यी दानाहरू ज्वलन्त बनेका छन् सूर्यको कलिलो किरणमा । शीतको ओसमा भिजेर लपक्क माटो बनेको छ भुइँको कसिङ्गर । जुत्ता–चप्पल नभएका खुट्टाको प्राकृतिक जुत्ता बनेर । केही परसम्म साथ दिन खोजे पनि खुट्टाले भारी महसुस गर्छ र बेस्सरी
मानव सृजित अन्यायका चोट
मानव जातिको प्रगति र समुन्नति कायम राख्न ज्ञान र विज्ञान दुवैको अहम् भूमिका हुन्छ । विज्ञानले पत्ता लगाएका नियमको पालन ज्ञानसम्मत तरिकाले गरिएन भने त्यसले विकास होइन, विनाश निम्त्याउँछ । विज्ञानको देनका रूपमा मानिएका रासायनिक मल र विषादीको प्रयोगले बालीनालीलाई रोग, व्याधि र शत्रु किराबाट बचाएर उब्जनी बढाउन सहयोग त पु¥याउँछ तर यसको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा मात्र होइन माटोको स्वास्थ्यमा पनि गम्भीर समस्या निम्त्याएका उदाहरण वर्षंैपिच्छे बढ्दैछन् । साथै, कैयौँ जलचर र थलचरको वंश नै नाश भएका विस्मयकारी नतिजा पनि देखापर्न थालेका छन् ।