• ११ कात्तिक २०८२, मङ्गलबार

ट्रकको ठक्करबाट बालिकाको मृत्यु

blog

बिकास अधिकारी

पश्चिम नवलपरासी, कात्तिक १० गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट परासीमा मामाघर आएकि चार वर्षिया अनुष्का चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विरदत्त पन्तले जानकारी दिनुभयो।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गरेका थिए । ट्रक र चालक भारतको उत्तर प्रदेश जिल्ला महाराजगञ्ज ग्राम बस्ने अमरजित बर्मालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। रुपन्देही शुद्धोधन गाउँपालिका ३ रमवापुर घर भएकी उषा चौधरी छठमा छोरी अनुष्कालार्इ लिएर माइत आउनुभएको थियो ।