काठमाडौँको खाल्डोमा धुलो र धुवाँको कोलाजभित्र रुमल्लिएका मान्छेका जीवन कुनै न कुनै दौडको यात्रामा छ । ती यात्रा कहा“ र कसरी अन्त्य हुने छ भन्ने हिसाबकिताब गर्न कसलाई फुर्सद छ र ? मान्छेहरू काठमाडौँभित्र कुनै कलाकारको क्यानभासमा पोतिएका अमूर्त रङहरू जस्तै असीमित अर्थ र गहिराइभित्र हराइरहेका छन् ।
केही न केही विवशताले मन खोसिएकाहरू, शरीर लुछिएकाहरू, आत्मसम्मान गुमाएकाहरू सबैलाई काठमाडौँ खाल्डोले समेटेर राखेको छ । कथा बोकेर आउनेहरू, कथा बन्नेहरू र कथा बनाउ“छु भन्नेहरू सबका कथा छन् यहाँ । यही हजारौँका कथाहरूले त काठमाडौँको रौनक नै पृथक् छ । तिनै कथाहरूमाझ उभिएका छन्, गायत्री (पूर्णिमा आचार्य), अमृता (रक्षा थापा) र जेसिका (सङ्गीता थापा), जसका कथालाई रङ्गमञ्चको अ“ध्यारो कोठासम्म ल्याइपु¥याउनुभएको छ, रङ्गकर्मी दिलीप रानाभाटले । कथामा दाइजोको नाममा जलाइएका छोरीहरू, प्रतिष्ठानको नाममा जीवन नै तिलाञ्जली दिएका बुहारीहरू र यौन हिंसालाई खेपिरहेका आमकिशोरीहरू मात्र होइनन्, यी बेथितिहरूविरुद्ध पौँठेजोरी खेलिरहेका विद्रोही मनहरू पनि छचल्किकिएका छन् ।
तीन युवती जब प्रकाशको उज्यालोमा देखिन्छन्, तब तिनीहरू सुसज्जित रूपमा मानवभन्दा कठपुतली ज्यादा लाग्छन् । किनकि तिनका हात, खुट्टाको चाल कसरी स्वचालित हुने अर्कैले निर्धारण गरिदिन्छन् । हा“स्ने या रुने भन्ने ओठको दायरासमेत उनीहरूको नियन्त्रणभन्दा बाहिर छन् । पितृसत्तात्मक समाज र परिधिभित्र महिलाको यथार्थतालाई इङ्गित गर्दै यसरी नाटक ‘त्रयम्’को दृश्य पदार्पण हुन्छ ।
टेकुस्थित कौसी थिएटर भिलेजको प्रस्तुति रहेको जारी नाटकमा मूलतः तीन जना युवतीका फरक–फरक भोगाइ र कथा छन् । तीनै कथामार्फत महिलाले भोग्न परेका दुःख, पीडा नाटकमा देख्न सकिन्छ । नाटकको पहिलो दृश्यले नै तपाईंको मस्तिष्कमा प्रश्नहरू खडा हुन्छन्, “के महिलाले स्वतः सास फेर्न सक्ने वातावरण छैन ?”, “महिलाका हात, खुट्टा र सिङ्गो शरीर कसको नियन्त्रणमा छन् ?”, “महिलाको खुसी हुन पाउने हकलाई कसले निमोठिरहेको छ ?” यी प्रश्नको जवाफ खोज्दै गर्दा तपाईं यी तीन युवतीका कथातिर पुग्नु हुन्छ ।
विभिन्न समयमा भएको राजनीतिक आन्दोलनको उपलब्धिस्वरूप महिला हक र अधिकार संवैधानिक रूपमै स्थापित छन्, जहा“ महिलाका लागि बनेका कानुनी बाटाहरू कसरी बन्द हु“दै जान्छन् भन्ने पाटाहरू नाटकमा तीन युवतीमार्पmत उजागर हुन्छन् । ती कथाले हामीले दैनिक जसो सुन्दै, देख्दै र भोग्दै आएका घटनाको स्मरण गराउ“छन् ।
गायत्री, अमृता र जेसिकाको कथा सुरु हुन्छ, काठमाडौँमा राज थापा (श्रवण राणामगर) को घरबाट । यी तीन युवती राजको घरको एउटा फ्ल्याटमा भाडामा बसिरहेका छन् । प्रेमविवाह गरे पनि श्रीमतीसँग सम्बन्ध विच्छेदपछि राज एक्लै हुन्छन् । उनकै कथावाचनबाटै तीन युवतीको परिचय अगाडि बढाउ“दै दृश्य केन्द्रित हुन्छ । एउटै फ्ल्याटमै तीन वटा भान्सासँगै तीन जनाको जिउने तौरतरिका पनि अलग अलग हुन्छ ।
यिनै अलग स्वभाव, रुचि र तौरतरिकाबाट उब्जिरहने कलह नाटकको सुरुवाती चरणमै देखिन्छ । झगडामाथि बेला–बेलामा घरबेटी राजको हस्तक्षेप हुन्छ । अमृताको भान्सामा जब राइसकुकर बिग्रिन्छ, तब बनाउन आएको पात्र (नाथन रायन) को प्रवेशपछि नै तीन युवतीका कथाप्रति दर्शक जानकार हुन्छन् ।
गायत्री; जो परिवारलाई बचाउन आफ्नो विवाह तोडेर काठमाडौँमा आइपुगेकी छन् । केटा पक्षले भने जति दाइजो दिनलाई बाबुले जग्गा नै धितो राख्ने अवस्था आएपछि उनी विवाहको दुई दिनअघि नै एउटा चिठी लेखेर भाग्छिन् । अर्की अमृता; जो सम्पन्न परिवारमा विवाह भए पनि आफ्नो आत्मसम्मान र स्वतन्त्रताका लागि सम्बन्ध विच्छेद गरेर बसेकी छन् । परिवारले शक्ति र कानुन नै खरिद गरेपछि उनी एक्लो बनिन् र पा“च वर्षकी छोरीस“ग पनि अलग भएकी छन् ।
तीन जना महिलाका कथा र पीडादायी अवस्थालाई फरक पाटोबाट देखाउन खोजे पनि भावनात्मक गहिराइभित्र पात्रहरूलाई डुब्न दिइएको छैन । तथापि स्वरूप फरक होला तर शिक्षित र उच्च घरानीयाँ वर्गमा पनि हिंसाको आगो छ भन्ने कुरा नाटकले बहसकै विषय बनाएर उठान गरेको छ ।
यता जेसिका; जो सानैदेखि फुटबलमा रुचि राखेर अगाडि बढिरहँदा आफ्नै भिनाजुबाट यौन हिंसा खेप्न बाध्य भइन् । उनको पीडा परिवारले नसुनेपछि उनले सामाजिक सञ्जालमार्फत भिनाजुविरुद्ध बोलिन् । यी तीन युवती आफ्नै अस्तित्वका लागि काठमाडौँ प्रवेश गर्छन् । यही दौरानमा तीनै जनाको नया“ कथा सुरु हुन्छ, राजको घरमा ।
गायत्री, अमृता र जेसिकाका कथा हाम्रै वरिपरिका छन् । महिला आफैँ सक्षम तथा निर्भर छन् र पनि सक्षम श्रीमान्कै लागि होमिन विवश छन् । दाइजोकै नाममा जलाइएका महिलाको कथा हाम्रै वरपर छन्, जसरी गायत्रीले दाइजोविरुद्ध कदम उठाइन् । अमृताले आफ्नै आत्मसम्मानका लागि आर्थिक रूपमा सम्पन्न परिवार त्यागिन् र जेसिकाले यौन हिंसाविरुद्धमा परिवारसँग लडिन् ।
यसरी नै आजको महिलाले आवाज बुलन्द गर्न खोज्दा बाँच्न कति कठिन हुन्छ भन्ने पाटो नाटकले उठान गरेको छ । आफैँ सक्षम हुन्छु भन्दा परिवारबाट अलग भएकी अमृता बोल्छिन्, “मान्छेलाई सबैभन्दा ठुलो पीडा आफू हुन नपाउ“दा हुने रहेछ । आफू बन्न खोज्दा अरूले लगाएको बन्धन तोड्दा तोड्दै सकिने रहेछ ।” महिला कसरी प्रताडित भइरहेका छन् भन्ने कुरा यसबाट झल्कन्छ ।
निर्देशक तथा लेखक रानाभाटले फरक फरक पृष्ठभूमिबाट कथा टिपेर महिला हिंसाका पक्षलाई उजागर गर्ने जमर्काे गर्नुभएको छ । पात्रका कथा र पीडा मात्र होइन, नाटकमार्फत नै हिंसाविरुद्ध विद्रोही आवाजलाई बुलन्द गर्नुभएको छ । नाटकमा सुरुवातमै राजको सम्बन्ध विच्छेदबाट नै कथाव्रmम सुरु हुन्छ । आजका महिला श्रीमान्को हर कुरा आत्मसात् गर्दै घर धानेर बस्न चाह“दैनन् भन्ने पक्षलाई पनि नाटकमा देखाइएको छ ।
पात्रहरूको हाउभाउ र प्रयुक्त ‘प्रप्स’ हरूमा नै विद्रोही भाव झल्कन्छन् । तीन जना एक अर्काबिच टकराव र मनमुटाव जस्तो नाटकमा प्रत्यक्ष देखिन्छन्, यद्यपि उनीहरू स्वयं कसैप्रति शिर झुकाउन चाह“दैनन् र सबै आफ्नै स्वपहिचान बनाउने यात्रामा छन् । उनीहरूको विद्रोही भाव एक अर्काको कलहमा मात्र होइन, प्रेसरकुकरको सिटीको ध्वनिमार्फत पनि बुलन्द भएका छन् । तीनतिरको भान्सामा खाना बनाउ“दै गर्दा जब उनीहरूले अझ दर्शकतिरै फर्काएर कुकरको सिटी प्रतिस्पर्धात्मक रूपमा सुनाउ“छन्, यसैमा उनीहरूको विद्रोही आवाज सुनिन्छ । विवाहलाई तोडेको घटना सुनाउँदै गर्दा गायत्रीले औँठी फुकालेर फालेको दृश्यले अझै विद्रोहको विम्बात्मक रूप देखाउँछ । मञ्चको अग्र भागमै माथितिर फर्काएर राखिएका झाडुहरूले महिलाको मौनतालाई तोडेर अगाडि बढ्नुपर्ने सङ्केत गर्छ । कुचो वा झाडु भन्नेबित्तिकै महिलासँग जोडिन्छन् । परम्परागत रूपमा कुचोलाई निहुराएरै राख्नुपर्ने मान्यतालाई नाटकले महिलाको विद्रोह स्वरूप ठाडो बनाएर राखिदिएको छ । मञ्चभरि फ्याँकिएका चुराले महिला बन्धनलाई तोड्दै खुला र स्वतन्त्रताको आकाशमा उड्नलाई सङ्केत गरेको छ ।
नाटकभित्र तीन पात्रको कथा एकै दिनको समयसीमाभित्र प्रस्तुत छन् । बिहान, दिउ“सो र बेलुकासम्म तीन समयमा पात्रको मनोदशामा आउने परिवर्तन र घटित घटनाव्रmममार्फत नै समकालीन महिला हिंसाको सिङ्गो प्रवृत्ति झल्कन्छ, जसलाई शारीरिक, मानसिक, आर्थिक र सांस्कृतिक विविध कोणबाट पनि हेर्न सकिन्छ । मानवीय समाजले जसरी फड्को मारिरहेको छ, त्यसरी हिंसाको स्वरूप पनि बदलिएका छन् । सबै महिला एकै खाले हिंसाबाट गुज्रिरहेका छैनन् ।
तीन जना महिलाका कथा र पीडादायी अवस्थालाई फरक पाटोबाट देखाउन खोजे पनि भावनात्मक गहिराइभित्र पात्रहरूलाई डुब्न दिइएको छैन । तथापि स्वरूप फरक होला तर शिक्षित र उच्च घरानीयाँ वर्गमा पनि हिंसाको आगो छ भन्ने कुरा नाटकले बहसकै विषय बनाएर उठान गरेको छ । तीन जना महिलाका पीडा र कथालाई दर्शकले प्रत्यक्षभन्दा उनीहरूमार्फत सुनाइएका भनाइबाट जानकारी पाउँछन् । दृश्यमा पनि तिनीहरूका कथा फ्ल्यासब्याकमार्फत दर्शकले नियाल्न पाएको भए समाजमा गायत्री, अमृता र जेसिकाको जस्तै कथा बोकेर हि“डेका कैयन् महिलालाई नजिकैबाट नियाल्न पाउ“थे । जो न्याय र आत्मसम्मानकै लागि निरन्तर समाजस“ग लडिरहेका छन् । नाटकको अन्तिममा सङ्गीतको धुनसँगै बजेको छ विद्रोहकै स्वर बोकेको गीत ः
‘बोल न तिम्रो स्वरले बोकेको छ इन्द्रेनी
तिम्रै स्वरमा लुकेको छ चट्याङ पनि
बोल न तिमी बोले चर्किने छन् मै हुँ भन्ने चट्टान पनि...।’
नाटकको अन्त्यमा चुराका छरपस्ट दृश्यले महिलाका विचार र भावलाई विष्फोटक रूपमा निकै प्रतीकात्मक बनाएर वर्तमानको समयलाई चुनौती दिन्छ । अन्तिम दृश्यले प्रतीकात्मक रूपमै आवाज बुलन्द गर्छ, “हो अब महिलालाई स्वचालित गर्ने मेसिनहरू उनीहरू स्वयम् आफैँ हुन् । उनीहरू नियन्त्रण र बन्धनलाई तोडेर खुला संसारको मैदानमा उत्रिसकेका छन् ।”