बहुमूल्यसँग अमूल्यको के तुलना ?
साहित्यको जननी समाज हो । विश्वमा लेखिएका कुनै पनि यस्ता साहित्य छैनन् जो समाज निरपेक्ष हुन् । साहित्य समाजमा जन्मन्छ र समाजकै लागि काम गर्छ । समस्तको हित गर्ने विधा साहित्य भएकाले यस सन्द
शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुति
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागद्वारा शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुत गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न शास्त्रीय एवम् परम्परागत नृत्यहरू प्रस्तुत गरिएको हो ।
देशप्रेमका विलक्षण आदर्शवादी कवि
पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमिका निर्वाह गर्ने आदर्शवा
सङ्गीतको सुर सिकाउँदै छ दशक
नेपालका मूर्धन्य सङ्गीतकार, गायकगायिकाले सङ्गीतको सुर सिकेको कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयले ६१ औँ वार्षिक उत्सव मनाएको छ । नातिकाजी, शिवशङ्कर, तारादेवी, शम्भुजित बाँस्कोटालगायत सयौँ सङ्गीत अनुरागीले कलानिधिबाटै सङ्गीत र गायन कलामा उपाधि लिनुभएको थियो । कलानिधि सङ्गीत विद्यालयको नाम २०२० सालमा परिवर्तन भई कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय भएको थियो । महाविद्यालयले ६१ औँ वार्षिक उत्सवका अवसरमा सर्जकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार आयोजित वार्षिक उत्सवमा विशेष सङ्गीत स्रष्टा सम्मान र उत्कृष्ट विद्यार्थी पदक वितरण गरिएको छ । हरेक वर्ष प्रदान गरिने ३१ हजार रुपियाँ राशिको कलानिधि आइडल पुरस्कार रमेश सेन्चुरीलाई प्रदान गरिएको छ ।
भित्तामा दोलखा चिनाउने चित्र
चरीकोटको सातदोबाटो चोकका सडक भित्तामा भीमेश्वर नगरपालिकाले भित्तेचित्र बनाउन थालेको छ । भीमेश्वर नगरपालिका–३ र ६ को सातदोबाटो चोकको झार झिकेर रङरोगन र चित्र बनाउन थालिएको हो । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार पर्यटकीय क्षेत्रका रूपमा विकाम गरी पर्यटक आकर्षित गर्न भित्तेचित्र निर्माण गरिएको हो ।
स्मृतिमा भीष्मपितामह
कवि तथा लेखक पण्डित दीपनारायण मिश्र हामीमाझ हुनुहुन्न । उहाँले यो धर्ती छाडेको चार वर्ष बितिसकेको छ । भौतिक रूपमा उहाँ हामीमाझ हुनुहुन्न तर उहाँ आफ्नो साहित्यिक कर्म र धर्मले गर्दा उहाँ हिजो, आज र भोलि पनि जीवित रहनुहुने छ । पं.
बहुमुखी व्यक्तित्व र कृतित्व
आधुनिक नेपालीय भोजपुरी साहित्यको विकास तथा संवर्धनमा निकै ठुलो भूमिका निर्वाह गर्ने र आफ्नो जीवनको अन्तिम कालसम्म भोजपुरी भाषा र साहित्यकै समृद्धि तथा सम्पन्नताका लागि चिन्ता र चिन्तन गरिरहने साहित्यकार पं
जीवित देवी कुमारीको कथा ‘अग्निचक्षु’
जीवित देवी कुमारीको विषयमा आधारित नाटक हो, अग्निचक्षु । देवी कुमारीको समग्र मनस्थिति, किशोर मनोविज्ञान, समाजले उनलाई हेर्ने दृष्टिकोणलगायतलाई मिहिन ढङ्गले नाटकमा उतारिएको छ । नाटकमा जीवित कुमारी अष्टलक्ष्मी र उनका साथी बालाबिचको संवादलाई विशेष आकर्षक बनाइएको छ । कुमारीको प्रेम जीवनलाई मनमोहक ढङ्गले नाटकमा प्रस्तुतीकरण गर्दाको रौनकलाई कुमारीकै प्रेमीले आफ्ना आमालाई वृद्धाश्रममा पठाएकोलगायतका दृश्यले भावविह्वल बनाउँछ ।
पाँच कविता कृति लोकार्पण
अवकाशप्राप्त महासेनानी अनन्तकुमार बस्नेतका विभिन्न छन्दमा लेखिएका पाँच कविता कृतिको लोकार्पण भएको छ । गोरखा पब्लिकेसन्स प्रालिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उहाँका पाँच वटा कविता सङ्ग्रह लोकार्पण गरिएको हो । सर्जक अनन्तकुमार बस्नेतकी माता रत्नकुमारी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा बस्नेतको कविता सङ्ग्रहहरू अभ्यर्चना, निर्झर, बसुधा, वासन्तीबाला र गजल सङ्ग्रह निर्भmर सार्वजनिक गरिएको हो ।
बिच पेटीमा सभ्य मान्छे ! (कथा)
उसलाई घाँस खुवाउने विचार थियो । मैले निर्णय गर्न सकिरहेको थिइनँ । मेरो झोलामा एक मुठा पालुङ्गो र एक मुठा चम्सुर थियो । त्यो झिकेर म उसको मुखैनिर लगेर भन्न सक्थेँ, “लौ खाऊ घाँस ।” तर तह परेन । उसैलाई मात्र घाँस खुवाउने लक्ष्य किन लिनु प¥यो भन्ने सोचेँ । म मार्केट गएर फर्कंदा ऊ एक्कासि एटिएमबाट पैसा झिकेर पेटीमा निस्केको थियो । पैसा पाइयो वा पाइएन त्यो मैले देख्न पाइनँ । एटिएमतिर जाने काम मेरो परेको थिएन तथापि यहाँ नयाँ स्थापित एटिएम छ भन्ने मलाई थाहा थियो ।
‘शहरक भीडमे एसगर हम’
नेपाली पत्रकारिता र मैथिली साहित्यमा धर्मेन्द्र विह्वल एउटा यस्तो सुनाम हो, जोसँग परिचित नहुने व्यक्ति सायदै कोही होलान् । त्यसमा पनि पत्रकारिता र साहित्यानुरागीको भिडमा । पत्रकारितामा उहाँ धर्मेन्द्र झा हुनुहुन्छ भने साहित्यमा धर्मेन्द्र विह्वल । झा र विह्वल व्यक्ति एउटै भए पनि उहाँ भाषाका दुई खम्बा पनि हुनुहुन्छ । उहाँको एउटा खम्बाले समाजलाई सुसूचित गर्छ भने अर्कोले त्यही समाजलाई झक्झकाउँछ पनि । पत्रकारितामा तीन दशकदेखि देश र समाजलाई निरन्तर सुसूचित गर्दै आएका धर्मेन्द्र झा अर्थात् धर्मेन्द्र विह्वलले साहित्यमार्फत मनका बहलाई शब्दमा पनि रूपान्तरित गर्दै आइरहनुभएको छ । यसको ज्वलन्त
सिकारी सिपाही
निक्लँदो असोजको शरदकालीन उघारो बेला । पहारिलो याम । पुग्नुपर्ने थियो ऐँसेलुखर्क माविमा निम्तालु बनेर । सिपाघाटसम्म त सार्वजनिक बसमै गएको । आफूले बाल्यकाल बिताएका इन्द्रावतीपारिका गाउँठाउँसँग प्रत्यक्ष चक्षुस्पर्श गर्दै उँभो जाने हिसाबले बाहुनीटारे मावली भाइसँग मोटरसाइकल मगाएको थिएँ । ठिक समयमा भाइ पनि पुलामुख आइपुगेछन् । बस छोडेर म पनि भाइकै सवारीसाधनको पछाडि सवार भएँ ।
‘सन्त्रासका साठी दिन’ सार्वजनिक
साहित्यकार रोशन थापा ‘नीरव’ को नयाँ कृति सार्वजनिक भएको छ । शिखा बुक्सद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकारहरूले सर्जक थापाको उपन्यास ‘सन्त्रासका साठी दिन’ माथि अनौपचारिक विमर्श गर्दै सार्वजनिक गरिएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले सर्जक थापाको उक्त उपन्यास वर्णनीय तरिकाले नलेखी मिठो र लोभलाग्दो शैलीमा लेखिएको बताउनुभयो । उहाँले वर्णनीय लेखनशैली पढ्नेका लागि यस प्रयोगधर्मी उपन्यास केही छोटो लागे पनि सर्जक थापाको आफ्नै सरल शैलीका कारण उपन्यास निक्कै रोचक बनेको बताउनुभयो ।
पत्रकारिता बलियो हुँदा राष्ट्रियता बच्ने
पूर्वसभामुख दमननाथ ढुङ्गानाले राष्ट्र र राष्ट्रियता बलियो बनाउन पत्रकारिता बलियो हुनुपर्ने बताउनुभएको छ । पत्रकार किशोर नेपालको जन्मदिनको अवसर पारेर बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वसभामुख ढुङ्गानाले भन्नुभयो, “किशोर नेपाल साहित्यकार र पत्रकार मात्रै नभएर स्वतन्त्र सेनानी पनि हुनुहुन्छ । सञ्चार माध्यमलाई राजनीतिक विश्लेषण चाहिने भएकाले यसमा पञ्चायत कालदेखि नै किशोर नेपालले योगदान दिँदै आउनुभएको छ ।”
जागरण कालमा नेपाली नाटक
नाटक मञ्चनमा दर्शकको भूमिका महत्वपूर्ण हुन्छ । समुदाय र कलाकारबिच अन्तर्क्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन । डबली, सडक नाटकदेखि रङ्गमञ्चसम्म आइपुग्दा नेपाली नाटकले फड्को मारेको पाइन्छ । पछिल्ला केही वर्षयता नेपाली रङ्गमञ्चले मञ्चनका क्षेत्रमा द्रुत गति अघि बढाएको छ ।
जुम्लामा नाट्य कार्यशाला
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जुम्लामा ध्वनि, प्रकाश र निर्देशन र अभिनयसम्बन्धी १५ दिने कार्यशाला सम्पन्न भएको छ । जुम्लाको कसंम नाटकघरमा वैशाख २१ देखि जेठ ४ गतेसम्म आयोजित प्रशिक्षण कार्यशालामा विभिन्न जिल्लाका २२ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।
नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव सुरु
चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गर्नुभयो ।
सुनकोशीको डुङ्गामा सिक्का
दोलालघाटमा पुल बनेपछि सुनकोशी वारपार गर्ने परम्परागत डुङ्गा किनारमा त्यसै फालियो । जुन डुङ्गाले हजारौँ मान्छेका सपना सुनकोशीमा तारेको थियो । कलाकार रवीन्द्र श्रेष्ठले फालिएको डुङ्गा देखेपछि ट्रकमा राखेर काठमाडौँ ल्याउनुभयो । दोलालघाटदेखि राजधानीसम्म डुङ्गा ल्याउँदाको सङ्घर्ष कथा लामै छ । वस्तुको महत्व र तत्कालीन समयको झझल्को दिने गरी डुङ्गामा ८० किलो सिक्का राखिएको छ । कलाकार श्रेष्ठले भन्नुभयो, “नदी तर्न परम्परागत साधन डुङ्गालाई हाल मानिसले बिर्संदै गएका छन् । पछिल्लो पुस्ताले परम्परागत वस्तुको संरक्षण, संवर्धन गर्नु पर्छ भन्ने सन्देश दिन डुङ्गा र पुराना सिक्काको प्रदर्शनी गरेको हुँ ।”
अङ्ग्रेजीमा ‘जनताको छोरो’
पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ पुस्तकको अङ्ग्रेजी संस्करण ‘सन अफ द पिपुल’ सार्वजनिक भएको छ । ‘जनताको छोरो’ मा पूर्वप्रधान सेनापतिको आत्मकथा, अनुभव र अनुभूति पढ्न पाइन्छ । पूर्वप्रधान सेनापति गुरुङ, नेपाली सेनाका पूर्वउपरथी ओमबहादुर पुन र व्यवसायी मीनबहादुर गुरुङले संयुक्त रूपमा सो संस्करण सार्वजनिक गर्नुभएको हो । व्यवसायी मीनबहादुर गुरुङले पुस्तकले स्वदेशमै थुप्रै सम्भावना भएको र केही गर्न सकिने सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले जीवनका अनुभूति, अनुभव र आत्मकथालाई पाठकसम्म ल्याएकामा लेखक गुरुङलाई बधाई दिनुभयो ।
दुई कृतिमाथि विमर्श
साहित्यकार वनमाली निराकारका दुई कृतिमाथि धवल पुस्तकालय पाल्पा तानसेनमा छलफल गरिएको छ । साहित्यकार निराकारले लेख्नुभएको लघुकथा सङ्ग्रह ‘नयाँ सालिकको जन्म’ र कविता सङ्ग्रह ‘मान्छेका रङहरू’ माथि विमर्श गरिएको हो । कार्यक्रममा साहित्यकार रुद्र ज्ञवालीले वनमाली निराकार कथाकारका रूपमा सुपरिचित नाम भएको बताउनुभयो ।
विवादपछि प्रदर्शनीबाट हटाइयो कलाकृति
राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको ‘पोट्रेट’ कलाकृति विवादमा परेको छ । प्रदर्शनीमा राखिएको चित्रकलामा विवाद आएपछि प्रदर्शनीबाट सो कृति हटाइएको छ । कलाकार भुर्तेलको तामाङ पोसाक र गहना लगाएको महिलाको ‘पोट्रेट’ पेन्टिङ आफ्नो तस्बिरको हुबहु प्रतिलिपि उतारिएको भन्दै फोटोपत्रकार नवीनबाबु गुरुङले दाबी गर्नुभएको छ । फोटोपत्रकार गुरुङले सो सम्बन्धमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलाई पत्र लेखेर सो सम्बन्धमा जानकारीसमेत गराइसक्नुभएको छ ।
कलाशालामा कुरुस
बाह्र जना कलाकारले कुरुसले बुनेर तयार पारिएका हस्तकला सिर्जनाको प्रदर्शनी ‘कुरुस’ सानेपास्थित कलाशालामा भइरहेको छ । क्लासिक ग्यालरीसँगको सहकार्यमा कलाशालाले आयोजना गरेको प्रदर्शनीमा उन, हेम्पलगायतका कच्चा पदार्थबाट बनेका रङ्गीविरङ्गी धागोको प्रयोग गरी कुरुसले बुनेर तयार गरिएका कलात्मक कृति राखिएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि दाङमा चलचित्र बहस
चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ ।
जिगु धरतीः जिगु सर्गको लोकार्पण
कवि मंगलमान शाक्यको कविता संग्रह ‘जिगु धरतीः जिगु सर्ग’ (मेरो धरती, मेरो आकाश) शनिबार नेपालभाषा अकाडेमीका चान्सलर यज्ञरत्न धाख्वाः लगायतले सामूहिक रुपमा लोकार्पण गर्नुभयो ।