किरण र श्यामवदनलाई अरनिको सम्मान
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्रदान गर्ने भएको छ । सो सम्मानको राशि जनही एक लाख ५० हजार रुपियाँ रहेको छ । कलाकार सुरेश लवट तुलाधरलाई एक लाख रुपियाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने भएको छ ।
माछापुच्छ्रे बेस क्याम्पमा भुतको कथा
पोखरा महानगरको गैह्रापाटनमा शनिबार दिउँसो उखरमाउलो गर्मी थियो । एसीजडित कोठामा पनि पसिना पुछ्दै पर्खिइरहेका दर्शक एक्कासि छक्क परे किन कि एक हुल केटाकेटी ज्याकेट, स्वेटर लगाएर उकालो चढ्दै थिए । उकालिएका स्कुले केटाकेटी माछापुच्छ्रे बेस क्याम्प पुगेर रोकिए । साँझ पर्न लागेकाले उनीहरू त्यहीँ बास बसे । बिदामा हिमाली क्षेत्रको पदयात्रामा गएका विद्यार्थी थकाइ, पदयात्राको जोखिमले डराएका थिएनन्, उनीहरू त भुत आउँछ भन्ने भ्रमले त्राहिमाम् थिए । यही कथामा केन्द्रित छ ‘भु भु भु भुत’ ।
थारू नयाँ शब्दकोश लोकार्पित
थारु–नेपाली–अंग्रेजी शब्दकोश सार्वजनिक भएको छ । शब्दकोशको प्रतिनिधिसभा सदस्य तथा नाइटिङ्गेल कलेजका सञ्चालक तेजुलाल चौधरीले एक कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।
राष्ट्रिय ललितकला प्रदर्शनी मङ्गलबारदेखि
गणतन्त्र दिवसको सम्मान एवम् स्मरणमा मङ्गलबारदेखि राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गर्न लागिएको छ ।
बाबाको स्मृति
घडीमा करिब रातको ११ बजिसकेको थियो । मधुरको मोबाइलमा घन्टी बज्यो । मधुर आफ्नो मोबाइल उठाउँदै स्नेहासँग कुरा गर्न थाल्यो । मधुर : के छ स्नेहा ?
साहित्यको सैद्धान्तिक व्याख्या
वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रूपमा
त्यो क्रान्तिको प्रतीक
गोविन्दबहादुर मल्ल गोठाले नेपाली कथा जगत्को प्रथम चरणका यशस्वी कथाकार हुन् । सुब्बा ऋद्धिबहादुर मल्लका छत्रछायामा हुर्केका उनले जीवनको प्रारम्भिक क्षणमै साहित्य सिर्जनाको अनुकूल वातावरणसित एकाकार हुने सुअवसर पाए
अभियात्रा
मानिस विद्या, ज्ञान, विवेक अनि अनुभवद्वारा खारिँदै जाने व्रmममा आफैँलाई चियाउन र आत्ममूल्याङ्कन पनि गर्न थाल्छ । ऊ वैयक्तिक जीवनमा भौतिक आवश्यकतालाई भन्दा आत्मिक आवश्यकतालाई महìव दिन थाल्छ । आत्मि
फिल्ममा लगानी बढ्दै, हल घट्दै
नेपालमा मल्टिप्लेक्सको सुरुवात भएसँगै कुनै समय धेरै राम्रा भनिएका हल बन्द भइसेकका छन् । कुमारी, जयनेपाल, गोपीकृष्ण, गुण सिनेमा, गङ्गा, सिद्धार्थ, हिरारत्न, शिवदर्शन, मनकामना, आरधनालगायत चलचित्र भवन ब
एलजिबिटिक्युआइप्लसले सुन्दरी छान्ने
एलजिबिटिक्युआइप्लस समूहका व्यक्तिको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यसहित ‘फेस अफ एलजिबिटिक्युआइप्लस’ गरिने भएको छ । राज्य मिडिया नेटवर्कले समुदायको अद्वितीय सौन्दर्य, शक्ति र विविधताको सम्मानमा लुकेका प्रतिभालाई अवसर दिलाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो ।
गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने
‘अमर-भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल-२०८०’ डा. रिजाललाई प्रदान गरिने भएको छ ।
कलापरिषदमा ‘देवीदेवता र तिनका बासस्थल’
नेपाल कलापरिषद यति बेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ ।
युगकविको जन्मजयन्ती मनाइयो
युगकवि सिद्विचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती राजधानीमा मनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा संयुक्त रूपमा बुधबार आयोजित कार्यक्रममा नेपाली साहित्यमा युगकवि सिद्धिचरणले पु¥याउनुभएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे चर्चा गरिएको थियो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले निरङ्कुश राणा शासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन युगकवि सिद्विचरण श्रेष्ठले महत्वपूर्ण योगदान दिनुभएको चर्चा गर्नुभयो ।
युगकविको प्रतिमामा माल्यार्पण
युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीका सन्दर्भमा मङ्गलबार ओमबहालस्थित कविको प्रतिमामा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, कवि, साहित्यकार तथा परिवारका सदस्यले शालिकमा माल्यार्पण गर्नुभएको थियो । युगकवि सिद्धिचरण प्रतिष्ठान र युगकवि सिद्धिचरण गुठीद्वारा संयुक्त रूपमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री तामाङले युगलाई आँखा देखाउने युगकवि शान्तिप्रेमी कवि भएको तर त्यो प्राप्तिका लागि क्रान्ति आवश्यक छ भन्ने परिवर्तनको सन्देश दिनुभएको बताउनुभयो । उहाँले आजको परिवर्तनमा युगकविको चेतना, विचार र लेखनले विशेष भूमिका खेलेको हुनाले उहाँका सिर्जना युगौँयुग अमर रहने बताउनुभयो ।
‘महँगो भो तिम्रो माया’ सार्वजनिक
रुकुमपश्चिमका गजलकार जिएम दिपु देपेन्द्रको गजल ‘महँगो भो तिम्रो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको सङ्गीत र कमल सौगातको सङ्गीत संयोजन रहेको सो गीत युट्युबबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा कृष्णदेव रूपाखेतीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, अनुपजङ्ग थापा, सोनी बिसी र आराध्य आरएल डिसीको अभिनय रहेको छ । मुकेश हुमागाईंको छायाङ्कन रहेको भिडियोलाई मीन रावलले सम्पादन गर्नुभएको छ ।
‘कहिल्यै नझुक्ने योद्धा’
मिसन पत्रकारितामार्फत प्रेस स्वतन्त्रता, लोकतन्त्र, नागरिक अधिकारका लागि पाँच दशक लड्नुभएका गोपाल थपलिया यति बेला सक्रिय पत्रकारितामा हुनुहुन्न । तथापि समसामयिक विषयवस्तुमा सामाजिक सञ्जालमा चोटिला प्रश्न राख्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध औँला उठाउँदै आउनुभएको छ ।
तामाङ समुदायमा प्रचलित ‘डम्फु र सेलो’ कार्यक्रम सुरु
तामाङ समुदायमा प्रचलित, परम्परागत भाका सेलो, फापरे व्हाईलगायतका (गीत)को प्रवर्द्धनका लागि ‘डम्फु र सेलो’ कार्यक्रम सुरु भएको छ ।
महोत्सवमा हेटौँडाका सम्पदा
पर्यटन प्रवर्धन र कला जागरणको उद्देश्यसहित हेटौँडामा आयोजित तीनदिने कला महोत्सव सम्पन्न भएको छ । जेठ ३ देखि ५ गतेसम्म हेटौँडाका विभिन्न क्षेत्रमा कला कार्यशाला, छलफल आयोजना गरिएको थियो । महोत्सवमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाका माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा पु¥याउने खालका चित्र कार्यशालामा तयार पारिएका थिए । कला महोत्सवमा कलाकार हरिभजनमान सिंह प्रधानलाई ललितकला सम्मान–२०८१ प्रदान गरिएको थियो ।
आफ्नै कविता जस्तै जीवन बाँच्ने कवि
रोक्ने को हो दूरदर्शी विचारका धारा को हो नयाँ नेपालको बोक्ने अभिभारा ? जनकवि गोकुल जोशी कवितामा परिवर्तन विरोधीलाई लल्कार्दै परिवर्तनका लागि भुइँमान्छेलाई उत्प्रेरित गर्नुहुन्थ्यो । करिब सात दशकअघि जोशीले लेखेका कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । गरिब, भोका, नाङ्गा, उत्पीडितको कविता लेख्ने जनकविको जीवन पनि अभावग्रस्त एउटा मजदुरकै रूपमा गुज्रिएको थियो ।
आस्था केसीको ‘जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
साहित्यकार तथा सञ्चारकर्मी आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ।
ज्ञवालीलाई रिमाल पुरस्कार
साहित्य सदन नेपालले कविता र समालोचना विधामा सक्रियतापूर्वक साधनारत व्यक्तित्व प्राडा रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार–२०८१ प्रदान गर्ने निर्णय गरेको छ । साहित्य सदन नेपालका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । गोपालप्रसाद रिमालको १०७ औँ जन्मजयन्तीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने जनाइएको छ । गुल्मी जिल्लामा २०२४ सालमा जन्मिएका ज्ञवालीका काव्य, आख्यान, बालसाहित्य, समालोचनाका क्षेत्रमा एक दर्जनभन्दा बढी साहित्यिक कृति प्रकाशित छन् । विवश आँसु (नाटक), परिवर्तनको मोडमा (उपन्यास), जीवनका घुम्तीहरू (उपन्यास), औँसीका फूलहरू (महाकाव्य), आख्यानकार पारिजात (समालोचना ग्रन्थ), पुतली र झुसिल्किरो (कवितासङ्ग्रह), एकादेशमा (खण्डकाव्य), सानी परेवी र बाज (बालकथा), अश्रु ग्यास (कवितासङ्ग्रह), सम्पत्ति (एकाङ्की सङ्ग्रह), स्वप्नदृष्टि (यात्रा महाकाव्य) र पाश्चात्य साहित्य सिद्धान्तको सरल व्याख्या (सैद्धान्तिक समालोचना) लगायत कृति प्रकाशित छन् ।
नेवाः आर्टमा उचुष्म जम्बलका विविध रूप
नेवार समाजमा ख्याक र उचुष्म जम्बललाई मिथक, परम्परा र संस्कृतिका रूपमा लिइन्छ । धन, सम्पत्ति, वैभव प्रदान गर्ने देवताका रूपमा पुजिने उचुष्म जम्बल (कुवेर) का विविध स्वरूप छन् । उचुष्म जम्बलका यिनै विविधतालाई समेटेर कुपण्डोलस्थित पूर्ण म्युजिय अफ नेवाः आर्टमा शनिबारदेखि प्रदर्शनी सुरु गरिएको छ ।
‘कोपिलाका सुगन्ध’ सार्वजनिक
लेखक विन्दु अधिकारी ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ शनिबार सार्वजनिक गरिएको छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको बाल्यकालको संस्मरण सँगालोका रूपमा ‘कोपिलाका सुगन्ध’ कृति रहेको छ । सो कृतिमा समेटिएका व्यक्तित्वले संयुक्त रूपमा पुस्तकको सार्वजनिक गर्नुभएको थियो । सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको बाल्यकाल समेटिएको कृतिमा आफूले समेत स्थान पाउँदा खुसी लागेको बताउनुभयो ।
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।