• २९ पुस २०८१, सोमबार

खनालको ‘नव–कल्प’ खण्डकाव्य

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । लमजुङ जिल्लामा लामो समय शिक्षण पेसामा आबद्ध रहनुभएका मातृकाप्रसाद खनालको ‘नव–कल्प’ खण्डकाव्य सार्वजनिक भएको छ । राइनास नगरपालिका–५, मालेखककी ९५ वर्षकी आमा सावित्रा खनालले सार्वजनिक गर्नुभएको खण्डकाव्यमा समाजमा देखिएका विकृति र विसङ्गतिलाई आव्रmोशमार्फत व्यक्त गरिएको छ । खनालले पुस्कतमार्फत सत्ता स्वार्थ, दलीय स्वार्थ र आफन्तवाद, जनता गरिब र उपेक्षितका कुरालाई समेटनुभएको छ ।  पुस्तकले न्यायको पक्षमा र समतामूलक समाज निर्माण गर्न आफैँ अग्रसर भएर क्रान्तिको बिगुल बजाएको कुरालाई प्रस्तुत गरेको छ । 

नवीन युगको परिकल्पना गर्दै आफ्नै माटोको गुणगानमा रमाउँदै आफ्नै रगत र पसिनाले राष्ट्रलाई सिँगार्न र नवीन सत्ता प्राप्ति गर्न कवि खनालले यस कृतिमार्फत सबैलाई आह्वान गर्नुभएको छ । खनालले विभिन्न विम्ब, प्रतीक, रस र अलङ्कारको सादृश्यता रहेको काव्यलाई नेपाली साहित्यमा देखिएका उत्कृष्ट काव्य कृतिको सूचीमाराख्न सकिने बताउनुभयो ।