• २ असार २०८२, सोमबार

बाँधिँदै आएका पविन्द्रको उद्धार

blog

दस वर्षदेखि साङ्लोमा बाँधिएका पविन्द्र मगरको उद्धार गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, असार २ गते  । करिब  एक दशकअघिदेखि साङ्लोमा बाँधिँदै आउनुभएका पविन्द्र मगरको शनिबार उद्धार गरिएको छ । चौदण्डीगढी नगरपालिकाको पहलमा विराटनगरस्थित मानवसेवा आश्रमले उहाँको उद्धार गरेको  नगरप्रमुख कालुमान लामाले बताउनुभयो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३, भोर्लेनीका पविन्द्र मगर करिब १० वर्षअघि बिरामी परेपछि उहाँको मानसिक अवस्था बिग्रियो । परिवारले सक्दो उपचार गर्दा पनि केही सुधार नभएपछि उहाँलाई घरमै साङ्गोले बाँधेर राख्ने गरेको उहाँकी ८१ वर्षीय आमा एकमाया मगरले बताउनुभयो । चार दाजुभाइमध्येका साइँला छोरा पविन्द्रको हेरचाह बुढी आमा एकमाया मगरले गर्दै आउनुभएको थियो । 

एकमायाले गहभरि आँसु पार्दै भन्नुभयो, “चार महिना पहिलेसम्म त पविन्द्रको बुवा पनि हुनुहुन्थ्यो तर गत माघमा अचानक उहाँको निधन भएपछि अहिले एक्लै छोराको स्याहारसुसार  गर्दै आएको थिएँ  । दिनभर घरको काम, गाईवस्तु, मेलापत गर्नु पर्छ । यसलाई साङ्लोमा नराखे घर छोडेर हिँड्छ र घरै फर्किंदैन ।”

चौदण्डीगढी नगरपालिका–३ का वडा सदस्य परशुराम राइले भन्नुभयो, “पविन्द्रलाई धामीझाँव्रmीको सहायताले ठिक नभएपछि डाक्टरको सल्लाहमा मानसिक रोगको औषधीसमेत खुवाइयो तर उनमा कुनै सुधार भएन त्यसैले पछिल्लो १० वर्षदेखि साङ्लोमा बाँधेर राखिएको हो ।” यसअघि पनि चौदण्डीगढी नगरपालिकाले वडा नम्बर २ मा करिब नौ वर्षदेखि खोरमा बन्दक रहेका  शिवराज विश्वकर्माकोे उद्धार गरी उपचार गराएको थियो । उहाँँ अहिले सामान्य जीवनयापन गरिरहनुभएको  नगरप्रमुख लामाले भन्नुभयो  । केही समयको उपचारपछि  पविन्द्रको जीवनमा परिवर्तन हुने विश्वास मानवसेवा आश्रम विराटनगरका नवराज केसीले व्यक्त गर्नुभयो ।