• २६ पुस २०८१, शुक्रबार

सिसीमा कला (फोटो फिचर)

blog

सिसीमा बनाइएको काठमाडौँको तलेजु मन्दिर । तस्बिर : मनोजरत्न शाही

काठमाडौँ, पुस २६ गते । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा पुस १५ गतेदेखि सुरु भएको सिसी कला प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । 

प्रतिष्ठानको समसामयिक चित्रकला विभाग तथा शिल्प–हस्तकला विभागद्वारा आयोजित प्रदर्शनीमा विभूषण ताम्राकारद्वारा निर्माण गरिएको सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्र देख्न सकिन्छ । 

कलाकार ताम्राकारका अनुसार प्रदर्शनीमा प्रायः विभिन्न प्रकारका भवन र मठ मन्दिर राखिएका छन् । उहाँले नेपालमा प्रथम पटक सिसीकला प्रदर्शनी भएको बताउनुभयो ।

प्रदर्शनीमा ४५ वटा सिसीभित्र कला सजाएर राखिएका छन् । उहाँका अनुसार विगतमा १४ देखि २३ वर्षभित्र बनाइएका कला प्रदर्शनीमा राखिएको हो । थप कला अर्को  प्रदर्शनीमा राखिने उहाँको भनाइ छ । 

सिसी कला एक सय रुपियाँदेखि ५० हजार रुपियाँसम्ममा बिक्री भएको जानकारी दिनुभयो । 




Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।