नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
नयाँ वर्षलाई लक्षित गरी हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।
‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई
लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।
लेखान्तर (कथा)
रत्न दाइ गरिब थिए तर खुसी नै थिए । वास्तवमा मानिस गरिबीले दुःखी हुने होइन । दुःखी हुने कारक अरू अनेकौँ छन् । खानै नपाएर कुन चाहिँ जनावर मरेको छ र पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कंदै गरेका । रत्ना भाउजू बिहान बेलुकी गाईलाई घाँस काट्थिन् । उनीहरू लगभग दिनको दुई पाथी दुध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दुध बेच्छन् ।
‘चिठीपत्र’ माथि एक दृष्टि
नेपाली साहित्यमा आख्यान र निबन्धको फाँटमा सुपरिचित डा. तुलसी भट्टराई एक अविश्रान्त स्रष्टा र कर्मठ राजनीतिक व्यक्तित्वको नाम हो । ऊ पनि त मान्छे हो उपन्यासबाट साहित्य जगत्मा सादृश्य प्रवेश गरेका डा. भट्टराईका दर्जनौँ साहित्यिक कृति, विभिन्न पत्रपत्रिकामा सयौँ फुटकर रचना र समीक्षा प्रकाशित छन् । साहित्यिक पत्रकार पनि रहेका भट्टराईको सम्पादनमा विभिन्न पुस्तकका साथै राजनीतिक तथा साहित्यिक पत्रपत्रिका पनि प्रकाशित छन् । हिन्दीका केही कृतिलाई नेपालीमा रूपान्तर ग
अन्तर्मनको आँधी
आँधीले सारा उडाएर लग्यो । मनको बेचैनी आँधीको मध्यभागमा पसेको भुमरी जस्तै बेप्रवाह घुमिरहेको छ । आँखाअगाडि बसिरहेको दृश्य क्षणभरमा परिवर्तन भयो । खरले छाएका गोठहरू नाङ्गा देखिए । विद्यालय र केही कहलिएका धनीको टिनको छानो धुवाँको पिरो राग खेप्न छोडेर खरबारीमा पुगेर विश्राम गरे । बाँसको झ्याङमा बसिरहेका चराहरू अलप भए । निहुरिएर शोभा प्रकट गर्ने बाँस पड्किएर भाटामा रूपान्तरण भएर भुइँमा थुप्रिए । धरामा रहेको धुलो र आकाशमा देखिएको कालो बादल नदीको वेगले कटान गरेको बगर जस्तै सफा देखिए । आँधीको वेगमा रमाइरहेका धुलोका कण, रुखका पात, ढोड, पराल र प्लास्टिकका झोलाहरू आफ्नो नृत्य सकेर शान्त देखिए । केही फुर्फुर गर्दै छन् अझै पनि उद्वेलित भएर, मेरो मनको बेचैनी जस्तै ।
२२ जनालाई नइ पुरस्कारद्धारा पुरस्कृत
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देश देशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार प्रदान गरेको छ ।
‘नइ पुरस्कार’ प्रदान
नइ प्रकाशनले प्रसुति विशेषज्ञ प्राडा सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ एक लाख रुपियाँसहित ताम्रपत्र प्रदान गरेको छ । त्यसैगरी भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रुपियाँ राशी सहित ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’, भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेश दुर्गा अन्तराष्ट्रिय पुरस्कार’, पुर्व राजदुत डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, मोहनबहादुर शाहीलाई ‘नइ भाजपा पुरस्कार’ प्रदान गरियो ।
अष्टवक्र गीताको चौथो संस्करण प्रकाशन
प्राध्यापक शिवगोपाल रिसालद्वारा अनुवादित अष्टवक्र गीताको चौथो संस्करण सार्वजनिक भएको छ। प्राध्यापक रिसालको ८८ औं जन्मोत्सवको अवसर पारेर उहाँको यो ८८ औं कृति सार्वजनिक भएको छ।
साहित्यकार खनालको 'भाव सङ्गम' सार्वजनिक
साहित्यकार भावना खनालको ‘भाव सङ्गम’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।