शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मेची मेरो यता हेर, उता काली मेरै
हिमाल र तराईका, फाँट पनि मेरै
काली पारि मेरो गाउँ, चाँदनी दोधारा
लिपुलेक कालापानी, देउराली चौतारा
पहाडका जडीबुटी, नदी नाला मेरै
हिमाल र तराईका, फाँट पनि मेरै
साँझ बिहान सुन फल्ने, उत्तरका हिमाल
दिनमा सधैँ हिरा फल्छ, आहा मेरो नेपाल
सुन खानी कोइला खानी, ऐश्वर्य हो मेरै
हिमाल र तराईका, फाँट पनि मेरै