• ३१ जेठ २०८२, शनिबार

राष्ट्रपतिसमक्ष फिनल्याण्डका राजदूत हेइकाको बिदाइ भेट

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिदाइ भेट गर्नुहुँदै नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइका । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, जेठ ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत रीना रिक्का हेइकाले बिदाइ भेट गर्नुभएको छ ।

शुक्रबार राष्ट्रपति भवनमा भएको शिष्टाचार बिदाइ भेटमा नेपाल र फिनल्याण्डबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैगरी, राष्ट्रपति पौडेलले राजदूत हेइकालाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।