• १५ साउन २०८२, बिहिबार

महिला मृत फेला

blog

देवराम यादव

सप्तरी, साउन १४ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित रम्पुरा टोलमा एक २६ वर्षीया महिला मृत फेला परेकी छन् ।

स्थानीय रामनारायण साहकी पत्नी अमिलादेवी साहले बुधवार टिनको घरभित्र झुन्डिएर आत्महत्या गरेको प्रहरी चौकी प्रमुख राजेन्द्र यादवले जानकारी दिनुभयो ।  मृतक अमिलाका दुई छोराहरू छन् ।

घटनाबारे जानकारी पाएपछि रम्पुरा मल्हनिया प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर  मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाएको प्रहरी चौकी प्रमुख यादवले जानकारी दिनुभयो ।