ललितकलामा विपत् प्रदर्शनी
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलबारबाट ‘विपत् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र राष्ट्रिय विपत् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायतले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
सङ्ग्रहालयमा शान्ति प्रक्रियाको अभिलेखीकरण
दसबर्से द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रियाको सम्पूर्ण अभिलेखसहितको चित्र/फोटो, कलात्मक डिजाइनसहित ‘शान्ति ग्यालरी’ को स्थापना गरिएको छ । मानव अधिकारका लागि एकल महिला समूहद्वारा बुढानीलकण्ठ–७ स्थित छहारीको भवनमा स्थापित शान्ति ग्यालरीको सोमबार शुभारम्भ गरिएको हो । सो अवसरमा शान्ति स्थापनाका लागि समग्र नेपाली महिलाले पु¥याएको योगदान झल्काउने ‘आराध्याती’ स्तम्भको अनावरणसमेत गरिएको छ । सो ग्यालरीमा द्वन्द्वको समय र त्यसपछिका शान्ति स्थापना गर्न योगदान पु¥याउने समग्र नेपाली महिलासहित अभियन्ता, योद्धाको चित्र, फोटो घटनाक्रमको विवरण राखिएका छन् ।
स्व.दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार घिमिरेलाई
सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ रायन घिमिरेलाई प्रदान गरिएको छ ।
अमेरिकामा ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण
अमेरिकामा बस्दै आउनुभएका सुवास घिमिरेले लेख्नुभएको पुस्तक ‘बिपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ ।
वैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने
जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानले २०८० सालको जनकविकेशरी धर्मराज-सावित्री थापा लोक संस्कृति-साहित्य पुरस्कार र जनकविकेशरी धर्मराज-सावित्री थापा लोक गीत-सङ्गीत पुरस्कारका लागि स्रष्टाको नाम घोषणा गरेको छ ।
रातो नदी लिएर जुनु
हङकङमा बस्दै आउनुभएकी बागलुङकी कवि जुनु रानाको प्रथम कविताकृति ‘रातो नदी’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सो कृतिको शनिबार सार्वजनिक गर्नुभएको हो । पूर्वकुलपति काइँलाले चेतनालाई पक्रेर कविता लेखिरहेका कविका कवितामाथि चल्तीका भनिएका समालोचकको आँखा नपुगेको बताउनुभयो ।
‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी सुरु
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र वाटर कलर सोसाइटीको सहआयोजनामा आमश्रमजीव कृषकमा समर्पित ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सुरु भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको विशेष महत्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्दै त्यस अर्थमा किसान जलरङ कार्यशाला राखिएको बताउनुभयो । कृषकप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थिति अनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो ।
‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
आमाको हाँसो (कथा)
डुब्न लागेको घामको प्रकाशमा रङ्गिएको छाललाई हेर्छ प्रभात । कता कता उसले त्यहाँ आमाको प्रतिविम्ब देख्छ । उही बाटुलो मुहार, निधारमा बिन्दुली टीका लगाएको, बुट्टेचोली, गहुनको फरिया पहिरिएको, हातमा चाँदीको बाला लगाएको.... । ‘आमा’ अनायास उसको मुखबाट निस्किन्छ । केही महिनाअघि आमालाई यही नदीको किनारमा विसर्जन गरिएको थियो । नदी जस्ती आमा यही नदीमा प्रवाहित भएकी थिइन् । केही क्षणमा आकृति बिलाउन थाल्छ । ‘उप्m दृष्टिभ्रम !’ ऊ पसिना पुछ्न थाल्छ । यो नदी र आमाको गहिरो र सार्वभौमिक सम्बन्ध छ । ऊ किनारैकिनारको बाटो हिँड्दै अतीततर्फ फर्किन्छ ।अक्सर उनी यही नदी किनारको बाटोबाट हाटबजा
चट्टानमा फूल फुलाउनेहरू
साहित्यकार बिन्दु अधिकारी ढकाल साहित्यिक फाँटमा निकै चर्चित नाम हो । उहाँका ‘बिन्दुहरू’ (कवितासङ्ग्रह २०७४) र ‘मावली दिदी’ (कथासङ्ग्रह २०७७) प्रकाशित भइसकेका छन् । गोरखापत्र राष्ट्रिय दैनिकको सहप्रकाशन ‘मुना’ मा देशका प्रतिष्ठित व्यक्तिहरूको बाल्यकालीन अनुभवको सँगालो बालापन स्तम्भदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकामा समयसान्दर्भिक दर्जनौँ लेखरचना प्रकाशित छन् । विभिन्न सङ्घ संस्थाबाट कदरपत्र तथा सम्मान पाउनुभएकी साहित्यकार ढकालको ‘कोपिलाका सुगन्ध’ ऋषिका ढकालले प्रकाशन गर्नुभएको हो । साहित्यकार ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ मा २०७४ सालदेखि २०७९ सम्म ‘मुना’ मासिक पत्रिकामा सानो छँदा समावेश ४९ र स्रष्टा स्वयम्का गरी ५० व्यक्तित्वको बालापनका पे्ररणादायी संस्मरण समावेश छन् ।
साहित्यिक पत्रकारिता सूचना प्रविधिमैत्री हुनुपर्छ : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साहित्यिक पत्रकारितालाई सूचना प्रविधिसँग जोड्न आवश्यक रहेको बताउनुभयो । उहाँले यसका लागि मन्त्रालय सहकार्य गर्न सधैँ सकारात्मक रहेको बताउनुभयो ।
निबन्ध लेखनमा ईशा पहिलो
नेपालस्थित पाकिस्तानी दूतावासले ११ औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता तथा सातौँ वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ । ‘दक्षिण एसियाको आर्थिक विकासमा महिलाको भूमिका’ विषयक निबन्ध लेखन प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयकी छात्रा ईशा बराल प्रथम हुनुभएको छ । उहाँलाई स्वर्ण पदक, प्रमाणपत्र र नगद ४० हजार रुपियाँले सम्मानित गरियो । तिलिङ्गाटार माध्यमिक विद्यालयका छात्र मोहित वाग्ले दोस्रो हुनुभयो । उहाँलाई रजत पदक, प्रमाणपत्र र ३० हजार रुपियाँ नगदसहित सम्मान गरियो । त्यस्तै सोही विद्यालयका छात्र श्रीशान्त श्रेष्ठले तेस्रो स्थान हासिल गर्नुभयो । उहाँलाई कांस्य पदक, प्रमाणपत्र र २५ हजार रुपियाँसहित सम्मानित गरियो । प्रतियोगितामा सहभागी १८१ विद्यार्थीमध्ये १२ जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही पाँच हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।
‘लयको तरेलीमा’ र ‘हाम्रो माया’ सार्वजनिक
सिर्जना अभियान भक्तपुरले २१ जना गीतकारको सामूहिक गीत सङ्ग्रह ‘लयको तरेलीमा’ तथा गीतकार हरिकृष्ण बखुन्छेको दृश्यगीत ‘हाम्रो माया’ सार्वजनिक गरेको छ ।
हाइकु वाचन
‘नेवाः हाइकु ख्यः’ले को चौथो स्थापना दिवस हाइकु वाचन गरेर मनाएको छ । सो कार्यक्रममा वाचनको लागि ४० जना ‘हाइजिन’हरूको ८० वटा हाइकु समावेश गरिएको थियो । जसमध्ये निजिरोश श्रेष्ठ, पूर्णिमा शाक्य, हिसिलिना शाक्य, कविन्द्रलाल श्रेष्ठ, दिब्या ताम्राकार, ज्ञानेन्द्र रत्न बज्राचार्य, रमिता बज्राचार्य, राधेश्याम महर्जन, मिलन शाक्य, रत्न मन, रिता महर्जनलगायत प्रत्येक हाइजिनले दुई–दुई वटा गरी ८० वटा हाइकु वाचन गरियो ।
‘भाषा साहित्यको सर्वोच्च निकाय’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्नुका साथै मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकायका रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठान रहेको बताउनुभएको छ । मन्त्री तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र, दर्शनको संरक्षण, संवर्धन र विकासमा सरकार सचेत र प्रतिबद्ध रहेको बताउनुभयो ।
‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक
तीन दशकभन्दा बढी प्राध्यापक सेवामा संलग्न राजनीति शास्त्री एवं प्राध्यापक कृष्ण पोखरेलद्वारा लिखित ‘फर्केर हेर्दा’ पुस्तक सार्वजनिक भएको छ।
‘भाषा साहित्य संरक्षणमा प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सबै भाषा, साहित्य, संस्कृतिको संरक्षण प्रवर्द्धन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
राष्ट्रिय तथा प्रादेशिक पुरस्कारको नाम छनोट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाषा एवं साहित्य, संस्कृति, ललितकला र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार घोषणा गरेको छ । हरेक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा तथा प्रदेश प्रतिभा पुरस्कार २०८० का लागि शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट नाम छनोट गरिएको हो । मन्त्रालयका सहसचिव हेमराज तामाङ हस्ताक्षरित विज्ञप्ति अनुसार भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान गरिने भएको छ । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरिने भएको छ ।
‘पहिचानको प्रश्नमा नेपाली कविता’ माथि छलफल
पहिचानवादी कविता लेख्नु भनेको कुनै समुदायको मात्रै पक्षधर हुनु होइन, विगतमा दबाइएका आवाजलाई साहित्यमार्फत पुनः उजागर गर्ने कोसिस गर्नु हो । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित ‘पहिचानको प्रश्नमा नेपाली कविता’ विषयक कार्यक्रममा सहभागी वक्ताले सो कुरा बताउनुभएको हो ।
शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियामा दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधरको योगदान बिर्सन नसकिने बताउनुभएको छ ।
नसना [कथा]
नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?” म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।
साथी तिमी मेरो (कविता)
साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ साँच्चै तिमी मेरो लागि विशेष छौ
जति अग्लो चढे पनि होचै हुन्छ जिन्दगी
बागलुङ बजारको विद्यामन्दिरमा हरेक शुक्रबार जसो कविता वाचन, वादविवाद जस्ता गतिविधि भइरहन्थ्यो, त्यो बेला । वादविवादका शीर्षक हुन्थे, तरबार ठुलो कि कलम ? विद्या ठुलो कि धन ? यस्तै कार्यक्रममा जुरुक्क उठेर ३ कक्षामा पढ्ने एउटा बालकले बिनाप्रसङ्ग बोल्यो, “आजकालका बाहुन रक्सी खान्छ, कुखुरा खान्छ, आफूलाई मास्टर भन्छ ।” सबै जना गलल्ल हाँसे । त्यो बालक लाजले भुतुक्कै बन्यो तर शिक्षकले बोलाएर तीन वटा कापी र सिसाकलम पुरस्कार दिएर पठाए ।
‘लोकसङ्गीतको प्रवर्धनमा पुगेन राज्यको ध्यान’
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले विश्व सङ्गीत दिवसका अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तर्क्रिया गरेको छ । सो अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता–२०८१ को नतिजासमेत सार्वजनिक गरिएको छ । प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तर्क्रियाले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको चर्चा गर्दै नेपालमा बसोबास गर्ने जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजा रहेकोमा तिनको व्यावसायिक