यार्तुङ मेलामा घोडा कुदाएर माया साट्दै
मनाङमा मनाइने यार्तुङ मेलालाई घोडेजात्रा पनि भनिन्छ । मङ्गलबारबाट सुरु भएको यार्तुङमा घोडा कुदाएर मनोरञ्जन लिइन्छ । मनाङमा यार्तुङको विशेष महŒव र रौनक छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, घ्यारु, ङावल, हुम्डे, भ्राका, पिसाङलगा
भुसालका दुई कृति
ईश्वरीप्रसाद भुसालकृत ‘अर्पण’ (लामो कविता) र ‘कसको आँखा लाग्यो’ (गजल सङ्ग्रह) हालै सार्वजनिक गरिएको छ ।
तीनथानाको सरस्वती मूर्ति अमेरिकामा फेला
चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट २०३७ सालताका हराएको सरस्वतीको मूर्ति अमेरिकामा फेला परेको छ ।
बान्तवा भाषाको व्याकरण प्रकाशित
पूर्वराजदूत प्रा.डा. नवलकिशोर राईको अनुसन्धानमूलक पुस्तक ‘अ डिस्क्रिप्टिभ स्टडी अफ बान्तवाः अ बान्तवा ग्रामर’ मङ्गलबार सार्वजनिक गरिएको छ ।
पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’
विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ ।
निर्विकल्प गन्तव्य
साँझपख म बगैँचामा आफ्नो विगत, वर्तमान र भविष्यतका थुप्रै कुरा खेलाएर कोठाको बरन्डामा धुमधुमती बसिरहेको हुन्छु मौनतासित कानेखुसी गर्दै । बगैँचातिर मेरो दृष्टि दौडिन्छ ।
गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
इलाम सदरमुकाममा रहेको अरनिको सांस्कृतिक सङ्ग्रहालयमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको स्थापना भएको छ। पुस्तकालयको मंगलबार एक कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो।
म आजाद भएँ (कथा)
नव बेहुला राजिव र म बेहुली रक्षा एउटै ओछ्यानमा सुतेका छौँ । मेरो निन्द्रा रातिसम्म पनि परेको छैन । जिउमा आगो सल्किरहेको छ, सँगै मनमा पनि । जवानीको उन्मादले जिउमा आगो सल्केर असिनपसिन छु । मनमा शङ्का र चिन्ताको आगो भएर भुवा उडे जसरी उड्दै छन् । खै कस्तो आगो ? नव बेहुला राजिवलाई गलाउन नसक्ने । खै कस्तो प्रेम ? जवानीको आगो दनदनी बलेको बेलामा पनि तातो नहुने ।
इतिहासकार ज्ञानमणिको योगदान चर्चा
नेपालको इतिहासको खोज, अनुसन्धान, संशोधन र प्रकाशनका क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका ज्ञानमणि नेपालको व्यक्तित्व र कृतित्व चर्चा राजधानीमा गरिएको छ ।
तातेताते र शङ्काको परिचर्चा
कथाकार चरित्रा शाहको कथासङ्ग्रह ‘तातेताते’ र बोधराज प्याकुरेलको लघुकथासङ्ग्रह ‘शङ्का’ को बाँकेको खजुरामा परिचर्चा गरिएको छ । कल्पना फाउन्डेसन नेपालद्वारा आयोजित परिचर्चा कार्यक्रममा छविलाल खड्काले लघुकथासङ्ग्रह ‘शङ्का’ को र कथासङ्ग्रह ‘तातेताते’ को पुस्कर रिजालले समीक्षा गर्नुभएको थियो ।
फूलबारी रिसोर्ट
उसलाई आफ्नो घर हेर्न मन लाग्यो, आफ्नो घर । मान्छेलाई आफ्नो घरको चाहना हुन्छ, आफ्नो घरको । डेरामा बस्नेहरू पनि घरको सपना देख्छन्, कुनै दिन घर बनाएर बस्ने रहरले उनीहरूलाई तानिरहन्छ
ललितकला प्राज्ञ सभा सम्पन्न
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १६ औँ प्राज्ञ सभा आइतबार सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिकोकुमार पाँडेले संयुक्त रू
के–पप वर्ल्ड फेस्टिभलमा प्रस्तुति
दक्षिण कोरियामा आयोजना हुने के–पप वल्र्ड फेस्टिभलका लागि नेपाली कलाकारले शनिबार प्रस्तुति दिएका छन् । अनलाइनमार्फत पहिलो चरणको छनोट प्रव्रिmयाका लागि ३० भन्दा बढीले भाग लिएका थिए ।
प्रज्ञा प्रतिष्ठानले अनुसन्धानमूलक कृति प्रकाशन गर्दै
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताउनुभएको छ । प्रतिष्ठानको ४१ औँ प्राज्ञसभामा उहाँले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताउनुभयो ।
बाँके खजुरामा काव्य गोष्ठी
बाँकेको खजुरामा राष्ट्रिय–अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी सम्पन्न भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न सम्मेलनले बाँकेलगायत पश्चिम नेपाल र सीमापारि भारतीय क्षेत्रको समेत साहित्यिक गतिविधि बढ्ने विश्वास गरिएको छ ।
मण्डलामा नाट्य महोत्सव
थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि तीनदिने नाट्य महोत्सव ‘म्याड फेस्ट–२०२४’ सुरु भएको छ । शुक्रबार काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल, रङ्गकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रूपमा महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई
प्रा. राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रथम पटक वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय भएको छ ।
भावनाको नाता (कथा)
‘कोठा पाइन्छ कि भनेर आमा ?’ एउटा हँसिलो अनुहार भएको युवकले सोध्यो । खगेश्वरीलाई किन हो किन त्यो ठिटोको आगमन, सोधाइ र मुस्कान चिरपरिचित युवकको जस्तो लाग्छ । उनले ‘कोठा छ’ भनेर सहजै जवाफ दिन्छिन् । सायद ग्रह मिल्यो भने सबै कुरा ट्याक्क मिल्छ भनेको यस्तै होला । नवयुवकले पनि खुसीभाव प्रकट गर्दै कोठा हेर्न खोज्छ । कोठा ठिक लागेपछि त्यही दिनदेखि बस्ने भाव प्रक
मानव अधिकार संरक्षणका सारथि
मानव अधिकार संरक्षण र संवर्धनका क्षेत्रमा क्रियाशील नाम हो, वेद भट्टराई । राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसचिव हुनुहुन्छ, भट्टराई । आयोगमा १६ वर्ष क्रियाशील रहँदा उहाँले विधिको शासन र मानव अधिकार संरक्षणको क्षेत्रमा भएगरेका कार्यानुभवलाई पुस्तकमार्फत सार्वजनिक गर्नुभएको छ । ‘मानव अधिकारको गहिराइ केही घटना र चुनौतीहरू’ नामक पुस्तकमा उहाँले आयोगमा रहँदा मानव अधिकार संरक्षणकर्ताका रूपमा आफूले गरेका कार्य र त्यस क्रममा उत्पन्न भएका चुनौती सामना गर्दाका क्षणलाई समेट्नुभएको छ । पुस्तकमा समावेश सशस्त्र द्वन्द्वकालीन विभिन्न घटनाको सविस्तार वर्णनले आङ सिरिङ्ग गराउँछ । चाहे त्यो पत्रकार डेकेन्द्र थापाको हत्या र शव उत्खननको घटना होस् चाहे धनुषाको गोदारमा चार जनाको शव उत्खनन
मन अनुपम जीवन धन !
मानिस हामी मनका धनी । धनधान्य धनसारका धनी ! कृषिप्रधान देश नेपाल वर्चस्वशाली । धान नेपाली परिधान । परिधान सुन्दर सौन्दर्यका लवाइखवाइ अनि नभनूँ नै किन हवाई । उच्च उडान ! सम्पूूर्ण प्रहरका उडान ! कम्पास–राडर–यावत् दिक साधन यन्त्र छन्– हवाई उडान यन्त्रमा । अचेलका अत्याधुनिक परिधान ! मनभरि उडान यन्त्र जडी भरिरहेथेँ गोरखापत्र राष्ट्रिय दैनिक २०८१ असार ३ सोमबार । ‘प्रयोग गर्न नजान्दा गुम्दै छ नाइट्रोजन’ मा आँखा गड्यो । पढ्दै गएँ, हेर्दै, रमाउँदै । गोठेमलमाथि अनुसन्धान अन्वेषण गर्दै आएका कृषि प्रसार
पुस्तक पढ्ने बानी बाल्यकालमै
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा बालसाहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्ने बताउनुभएको छ । उपकुलपति निभाले नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको सहकार्यमा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक गोष्ठीमा सो धारणा व्यक्त गर्नुभएको हो । गोष्ठीमा बालसाहित्य समाजका आजीवन सदस्य केशरी अम्गाईंले ‘बालबालिकामा पठन संस्कृति आवश्यकता, चुनौती र सम्भावना’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श
बाँकेको कोहलपुरमा निबन्धकार मोमिलाको ललित निबन्ध सङ्ग्रहको समीक्षात्मक विमर्श कार्यक्रम गरिएको छ ।
बालबालिकामा पुस्तक पढ्ने बानीकाे विकासमा जाेड
नेपाल प्रज्ञा– प्रतिष्ठानका उपकुलपति तथा बाल साहित्य विभाग प्रमुख विमलकृष्ण श्रेष्ठले बाल्यकालदेखि नै बालबालिकामा पुस्तक पढ्ने बानी लगाउनुपर्नेमा जोड दिनु भएको छ । बाल्यकालको अध्ययन बानीले जीवनभरका लागि काम लाग्ने बताउनु हुँदै उहाँले हिजोआज अध्ययनको संस्कार नै हट्दै गएको बताउनुभयो ।
नेपाली नाटकको भूमिकामाथि परिसंवाद
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नाटक विभागद्वारा ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयक परिसंवाद बुधबार सम्पन्न गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘सामाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नुभएको थियो ।