गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ९ गते । शैली थिएटर तथा रुसी सदन काठमाडौँको आयोजनामा ‘१६ औँ राष्ट्रिय बालनाटक महोत्सव तथा बाललघुचलचित्र’ प्रदर्शन सम्पन्न भएको छ । महोत्सवमा विभिन्न १६ वटा नाटक सहभागी रहेका थिए ।
महोत्सवमा नेपालका युवा विदेश पलायन हुने प्रवृत्ति समावेश गरिएको मृगशिरा स्कुलले तयार पारेको नाटक ‘लौरो’ का विप्लव अधिकारी र रेजिना श्रेष्ठ उत्कृष्ट कलाकार बन्न सफल हुनुभयो । ‘लौरो’ का निर्देशक पुष्पराज अवस्थी उत्कृष्ट निर्देशक घोषित हुनुभयो ।
त्यस्तै युनाइटेड युनिभर्सल स्कुलको नाटक ‘पढ्न त मन लाग्छ’ ले ‘दी बेस्ट प्ले अवार्ड’, मृगशिरा स्कुलको ‘लौरो’ ले फस्ट रनरअप तथा माउन्ट हेर्मोन स्कुलको नाटक ‘शिशिर वसन्त’ ले सेकेन्ड रनरअप अवार्ड प्राप्त गरेका छन । ‘शैली पब्लिक च्वाइस अवार्ड’ दर्शना स्कुलको नाटक ‘को चोर’ ले प्राप्त गरेको छ ।
महोत्सवको बेस्ट इमर्जिङ एक्टर अवार्ड हिले माध्यमिक विद्यालयको नाटक ‘आरनको कथा’ बाट नीलम दमाईंले हात पार्नुभयो भने बेस्ट इमर्जिङ प्ले समृद्धि स्कुलको नाटक ‘देउकी’ ले जितेको छ । प्रोत्साहन अवार्डमध्ये ‘बेस्ट ओरिजिनल राइटिङ अवार्ड’ होली एञ्जल स्कुलको नाटक ‘तारेभिर’, ‘बेस्ट कस्टुम डिजाइनर अवार्ड’ भेलोसिटी स्कुलको नाटक ‘तुलसी’, भोलिन्टिएर च्वाइस अवार्ड आकाशगङ्गा इन्टरनेसनल ऐकेडेमीको नाटक ‘रक्त पासो’, ‘जुरी अवार्ड’ हिले माध्यमिक विद्यालयको नाटक ‘आरनको कथा’ ले प्राप्त गरेका छन् ।
महोत्सवको निर्णायक मण्डलमा वरिष्ठ रङ्गकर्मीद्वय सरस्वती चौधरी र बद्री अधिकारी रहनुभएको थियो । शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले बालबालिकालाई हारबाट जितमा परिणत गर्न सक्ने गरी अगाडि बढाउन महोत्सव तथा लघुचलचित्र प्रदर्शनले महìवपूर्ण भूमिका खेलेको बताउनुभयो ।