• १ असार २०८२, आइतबार

अक्करे भिर खोपेर सडक निर्माण

blog

तातोपानीको अक्करे भिर ।

गुणबहादुर रोका

सुलीकोट, असार १ गते । बेनीघाट-आरुघाट-लार्केभन्ज्याङ सडक अन्तर्गत तातोपानीको अक्करे भिर खोपेर नेपाली सेनाले सडक निर्माण गरेको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका-३ तातोपानी नजिकैको उकालो सडकको लेबल मिलाउन जेठ ७ गतेदेखि अक्करे भिरमा ब्लास्टिङ गरेर नेपाली सेनाले सडक निर्माण गरेको हो । 

उत्तरी गोरखा जाने एकमात्र मुख्य सडक भएकाले आन्तिरिक तथा बाह्य पर्यटकहरूलाई मध्येजनर गर्दै अक्करे भीर खोपेर सडक सहज रूपमा सञ्चालनमा ल्याउन लागिएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

गोरखाको ऐतिहासिक तथा पर्यटकिय स्थल मनास्लु पदमार्ग पुग्ने सडकमा सवारी आवगमनमा पूर्णरूपमा बन्द गरी अक्करे भीरमा बम ब्लाष्टिङ गरी असार दोस्रो हप्तादेखि सडक आगमनलाई सहज बनाइने नेपाली सेनाका निर्माण कार्यादलका सदस्य राजन पाठकले जानकारी दिनुभयो ।  

वैशाख र जेठ महिनामा उत्तरी गोरखाका विभिन्न ठाउँमा पर्यटक सडक बाटो भएर मनास्लु क्षेत्र पुग्ने आन्तिरिक पर्यटकहरू अत्याधिक मात्रामा आवतजावत गर्ने गरेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमन सुनारले बताउनुभयो । 

उहाँका अनुसार उत्तरी गोरखाको मुख्य क्षेत्र पुग्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको उहाँले बताउनुभयो । प्रसिद्ध पर्यटकीय स्थल मनास्लु क्षेत्रमा सम्म आवतजावत गर्न २५ दिन देखि सडक बन्द रहेको छ, पालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, ‘उत्तरी गोरखा पुग्ने सयौँ आन्तिरिक तथा बाह्रय पर्यटकहरूलाई मध्येनजर गर्दे असारको दोस्रो हप्ता अक्करे भीरको सडक सम्माएर सवारी साधन आवतजातमा सहज हुन्छ ।’

उक्त क्षेत्रमा हुने सडक अवरुद्धका कारण धार्चे गाउँपालिका–१ हुल्चुक, ३ नम्बर वडा उहिया र समग्र चुमनुब्रीवासीहरू प्रभावित भएका छन् । सडक अवरुद्धका कारण पर्यटक तथा सर्वसाधरणमा पर्न गएको असुविधा प्रति पालिकाले सुचना जारी गर्दै असारको दोस्रो हप्तादेखि भिर खोपेर सडक तयार भइसक्ने पालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।