• १२ फागुन २०८१, सोमबार

‘तामाङ आन’ सार्वजनिक

blog

धादिङ समाचारदाता

धादिङ, फागुन ६ गते । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ को धादिङबेँसीमा एक कार्यक्रमबिच लोकार्पण गरिएको छ । तामाङ, अङ्ग्रेजी र समभोटा लिपिमा लेखिएको पुस्तक तामाङ भाषा नबुझ्ने पाठकले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा ‘क्युआर कोड’ समावेश गरिएको छ । यसलाई स्क्यान गरी पाठकले ‘इलेक्ट्रोनिक पेज’ मा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने छन् । ‘तामाङ आन’ पुस्तक लोकार्पण गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्य संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो ।