बुटवल समाचारदाता
बुटवल, फागुन ५ गते । प्रगतिशील लेखक सङ्घ नेपाल, रुपन्देहीको २८ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण गाउँलेको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
निर्वाचित कार्यसमितिमा उपाध्यक्ष सुवास रिजाल, हिरालाल धामी र ज्ञानु केसी रहनुभएको छ भने सचिवमा यज्ञलाल सुवेदी, सहसचिव गीतारानी बलालथापा, कोषाध्यक्ष टेकराज भुसाल र सदस्यहरू माधवकुमार पौडेल, हुमराज भुसाल, सरु ज्ञवाली, सागर केसी, बेनप्रसाद थापा, जीवन पाण्डे, नरबहादुर घर्ती, दुर्गालाल तिवारी, सुरज दीपशिखा, सुनिता चुँदाली, हिरा शर्मा, शारदा पाण्डे, कमला बन्जाडे र दुर्गादेवी थापा रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष कृष्ण गाउँलेले साहित्यिक आन्दोलनलाई नयाँ ऊर्जा दिने प्रतिबद्धता जनाउनुभयो । सोही अवसरमा सङ्घको मुखपत्र प्रलेसको विमोचन गरिएको छ । मुखपत्रले साहित्यिक तथा सामाजिक परिवर्तनका मुद्दालाई उजागर गर्ने अध्यक्ष गाउँलेले बताउनुभयो ।
उक्त अवसरमा प्राडा कपिलदेव लामिछाने, डा. मुरारी पराजुली, यज्ञ गैरे, सुजित विक, लीलाबहादुर केसी, डिल्लीराज भट्टराई, डा. अजित खनाललगायतले नयाँ नेतृत्वलाई शुभकामना दिनुभएको थियो ।