गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १२ गते । अधिवक्ता निराज खड्काद्वारा लिखित ‘नार्कोलोजी’ पुस्तकको लोकार्पण गरिएको छ । पाल्पाली सङ्गमद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल सरकारको मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पुस्तकको लोकार्पण गर्नुभयो । सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डे र लेखक तथा समालोचक सुवासचन्द्र पोखरेलले पुस्तकको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा पाल्पाका सांसद ठाकुरप्रसाद गैरे, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, पूर्वसांसद कुलप्रसाद नेपाल, वरिष्ठ अधिवक्ता भोजराज आचार्यलगायतले नेपालमा लागुऔषधको अवस्था, कानुनी व्यवस्था र यसको समाधानका उपायबारे आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम सङ्गमका अध्यक्ष विष्णु खत्रीको सभापतित्वमा भएको थियो । पुस्तक लागुऔषधको समस्यालाई केन्द्रमा राखेर लेखिएको पुस्तकले नेपालमा बढ्दै गएको लागुऔषधको दुव्र्यसन र यसले पारेको असरबारे गम्भीर अध्ययन प्रस्तुत गरेको छ ।