• १४ माघ २०८१, सोमबार

कवितामा भुइँमान्छेका आवाज

blog

कार्यक्रममा सहभागी कवि र आयोजक ।

काभ्रे, माघ १३ गते। नालाको ब्रम्ह्मापार्कमा हरियालीले घेरिएको मनमोहक वातावरणमा भुइँमान्छे विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रमको आयोजनामा वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकले सहकार्य गरेका हुन्।कार्यक्रमको शुभारम्भमा उपस्थित कविले शब्दाङ्कुर मासिकको छोटा कविता विशेष अङ्क सार्वजनिक गरेका थिए।

कार्यक्रमका प्रमुख वक्ता एवं शब्दाङ्कुर मासिकका प्रधान सम्पादक धीरकुमार श्रेष्ठले नेपाली साहित्यको उन्नयनमा यस्ता कार्यक्रमको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। तेस्रो संस्करणको कार्यक्रमअन्तर्गत २६ जना कविले कविता वाचन गरे।

कार्यक्रममा मोहन दुवाल, केशव सिलवाल, भीष्म उप्रेती, हरिहर तिमिल्सिना, पुरूषोत्तम बजगाईं, निर्मला श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, अभय श्रेष्ठ, रामसुन्दर देउजा, सुमन संगम, शैलेन्द्र साकार, केशव ज्ञवाली, लक्ष्मी थापा, रमेशप्रसाद सागर, नवराज दाहाल, दियेशरत्न शाक्य, सन्तोष पौडेल, शारदा घिमिरे भैल, टेकेन्द्रराज चेम्जोङ, प्रमोद सारङ्ग, चन्द्रबहादुर लामा, छबि श्रेष्ठ, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, रमी प्रिया, र सञ्जय सुमनले कविता वाचन गर्नुभयो। 

कवितामा विशेषतः भुइँमान्छेको सङ्घर्ष, जीवनका चुनौती र उनीहरूको मौन आवाजलाई प्रकट गरिएको थियो। कविताले गहिरो भावनात्मक प्रभाव छाड्दै समाजको यथार्थ चित्रण प्रस्तुत गरेका थिए। 

कवि विश्व सिग्देलले वर्तमान कविता समूहका साथीको परिचय दिएर यस्ता साहित्यिक गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले  आगामी दिनहमा थप कार्यक्रम आयोजना गर्ने योजना रहेको जानकारी दिनुभएको छ।