• १९ चैत २०८१, मङ्गलबार

एकल कथा वाचन सम्पन्न

blog

कथा वाचन गर्नुहुँदै साहित्यकार केशरमान ताम्राकार। तस्बिरः अमिर मैया रञ्जित

काठमाडौँ, माघ १२ गते। साहित्यकार केशरमान ताम्राकारको एकल कथा वाचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार चित्तधर संग्रहालय नेपालभाषा परिषद् तुँछेगल्लीमा एकल वाचन सम्पन्न भएको हो। 

कार्यक्रम विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका संस्थापक सदस्य स्व. त्रिरत्न शाक्यप्रति श्रद्धाञ्जली स्वरुप मौनधारण पश्चात परिषद्का सचिव विमलप्रभा बज्राचार्यले सञ् चालन गर्नुभयो।

नेपालभाषा परिषद्को आयोजनामा पुष्परत्न तुलाधरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कथाकार ताम्राकारले दुईवटा प्रेम कथा र दुईवटा सामाजिक लघुकथा वाचन गर्नुभयो। उहाँले देश विदेशमा रहेका सम्पूर्ण नागरिकलाई आफ्नो मातृभाषाको जगेर्ना गर्न अनुरोध गर्नुभयो।

कथावाचनपछि कार्यक्रममा सहभागी साहित्यकारले अमेरिकामा नेपालभाषा साहित्यको अवस्थाबारे राख्नुभएको जिज्ञासाप्रति धारणा व्यक्त गर्नुभयो।