• २९ असार २०८२, आइतबार

गीत

blog

सहज छैन सोचेजस्तो तर जीवन चल्नै पर्छ 

अस्तित्वलाई जोगाइराख्न दियो आफू जल्नै पर्छ


सुख दुःख जिन्दगीको सिक्काका दुई पाटा जस्तै 

तपिरहनू वरपीपल झैँ कहिले रुँदै कहिले हाँस्दै 

गहनाको रूप पाउन नम्बरी सुन जल्नै पर्छ 

सहज छैन सोचे जस्तो तर जीवन चल्नै पर्छ


कमिलाले भत्काउँछ पहाडलाई चाह्यो भने 

सम्बन्धलाई भत्काउँछ मनमा शङ्का रह्यो भने

एकअर्काका ढाल बनी दुःखका तीर छल्नै पर्छ 

सहज छैन सोचे जस्तो तर जीवन चल्नै पर्छ ।