• १७ माघ २०८१, बिहिबार

फेस्टिभलमा उपकुलपति लामा

blog

काठमाडौँ, माघ १४ गते ।   मोनारकको आयोजनामा भारतको पश्चिम बङ्गालस्थित मुर्सिदाबादमा हुँदै गरेको ‘आर्ट वर्कसप थिएटर फेस्टिबल–३९’ मा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको छ । 

विश्ववा महानन्द महाराजको अध्यक्षतामा भएको कार्यक्रममा ललितकला, नाट्य, गीत, सङ्गीत, नृत्य र ललितकलासम्बन्धी विभिन्न गतिविधि गरिएको थियो । भारतका विभिन्न स्थानका ललितकलाकर्मी, लेखक, साहित्यकार, गायकलगायतको सहभागिता रहेको कार्यक्रममा उपकुलपति लामाले कला, कलाको सामाजिक प्रभाव, नेपाल–भारत सम्बन्ध मजबुत बनाउन कलाले खेलेको भूमिकाबारे धारणा राख्नुभयो । लामाले विभिन्न देवीदेवताका चित्रका पोस्टर, पोस्टकार्ड आदिको प्रभाव भारतलगायत त्यसका छिमेकी मुलुकमा समेत परेको बताउनुभयो । कार्यक्रम सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।