घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरु वेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिनुभयो । रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाती र नेत्रबहादुरका श्रीमान श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरिएको स्थानीय जनकबहादुरको भनाइ छ । वेपत्ता मध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ ।
प्रतीक इच्छुक शर्मासल्यान, असोज १ गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगर बजारमा अत्याधुनिक सुविधासहितको बसपार्क बनाउने २०७६ सालदेखिको योजनाले अझै मूर्त रूप पाउन सकेको छैन। शारदा नगरपालिकाले सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको थियो। सल्यानको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित श्रीनगर बजारमा व्यवस्थित बसपार्क बनाउने शारदा नगरपालिकाको योजना कार्यान्वयन हुन नसकी योजनामै सीमित भएको छ। यसबाट जनघनत्व र सवारीसाधनको चाप बढ्दै गए पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढाएको जनगुनासो छ। पालिकाले बसपार्कका लागि ५९ करोड रुपियाँको डीपीआर पनि बनाइयो। बसपार्क निर्माणका लागि केही बजेटसमेत विनियोजन गरिएको छ। तर, दुई वर्ष बितिसक्दासमेत नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन सकेको छैन।व्यवस्थित बसपार्क नहुँदा बजारको सौन्दर्य हराउँदै गएको स्थानीय मोहन नेपालीले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक जग्गामा रहेको बसपार्कमा जथाभावी घरटहरा पनि निर्माण भइरहेको देखिएको छ। सार्वजनिक जग्गामा रहेको बसपार्क अव्यवस्थित छ। बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा मनपरी बस्ती पनि विस्तार भइरहेको देखिएको छ। नगरपालिकाले बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गर्दै १५ दिनभित्र त्यस क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सूचना जारी गरेको थियो। उक्त सूचनामा संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सूचना निकालेको थियो।बसपार्क आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा सार्वजनिक रहेको छ। तर, नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भइसक्दासमेत कामले पूर्णता पाउन सकेको छैन। नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय व्यापारी पुष्कर बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाउने काम भइरहेको बताउनुभयो। उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले स्थानीय सरकारले पहल नलिँदा बसपार्क निर्माण कार्य अहिलेसम्म अगाडि नबढेको बताउनुभयो। बसपार्क व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँदै सार्वजनिक जग्गामा जथाभावी घरटहरा बनाउने काम तीव्र भएको उहाँको भनाइ छ। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले यसअघिको कार्यपालिका बैठकले बसपार्क बनाउने निर्णय गरेको भए तापनि कार्यान्वयनमा नआएको बताउनुभयो। उहाँले श्रीनगरमा बसपार्क बनाउन सङ्घीय र प्रदेश सरकारसंँग आवश्यक प्रक्रिया र छलफल भइरहेको उल्लेख गर्नुभयो।
‘जितिया महोत्सव–२०७९’ थरुहट उदयपुर रङ्गशाला गाईघाटमा आयोजना हुने भएको छ । थारू समुदायको महान् चाड जितियाका अवसरमा थारू युवा समाज उदयपुरको आयोजना र सेविल इन्टरटेनमेन्टको सहआयोजनामा महोत्सव आइतबार सुरु हुँदै छ । महोत्सवमा थारू राष्ट्रिय चर्चित कलाकार समीक्षा चौधरी, नरेश जोगी, आरके थारू, विजय चौधरी र आरसी चौधरीले प्रस्तुति दिनुहुनेछ । महोत्सवका अवसरमा यस वर्षका मिस्टर एन्ड मिस थारूका विजेता तथा सहभागीलाई सम्मान गरिनेछ ।
युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । डीए क्रिएसनको प्रस्तुति रहेको गीतमा यात्रिका हुमागाईं र श्रृजिता ढकालको आवाज रहेको छ । गीतमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असीम पौडेल र प्रकाश ढुङ्गानाले अभिनय गर्नुभएको छ । यस्तै अइस्मा पुरी, समृद्धि पौडेल, सीमा भट्ट, शिवानी श्रेष्ठ, फिओना श्रेष्ठ र दीक्षा कार्कीले नृत्यमा साथ दिनुभएको छ । उत्तम हुमागाईंले छायाङ्कन गर्नुभएको गीतमा निशान घिमिरेको सम्पादन, विकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित हुनुभएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित सम्मान गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहले सञ्चालन गरेको दक्षिण एसियाकै पहिलो रेडियो स्टेसन मेट्रो एफएमले नागरिकको सूसुचित हुन पाउने अधिकारको प्रत्याभूति दिलाएको बताउनुभयो । उहाँले विगत लामो समयदेखि अभिनय तथा लेखनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक मुद्दालाई नै सकारात्मक प्रभाव पार्न सफल नेपालीले अत्यन्त रुचाएका व्यक्तित्वहरू श्रेष्ठ र आचार्यलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
आफ्नै जिन्दगी फेरिएन देशको के फेरिएला देशकै जिन्दगी फेरिएन आफ्नो के फेरिएला ।
हिमालका कापहरूबाट बगेका छर्राहरू तिमीमा आएर ठोक्किँदा मन चसक्क हुन्छ चट्टानका ठोकरहरू अनि तिमीभित्रका ज्वालाहरू
आरोहणले उपन्यास लेखेको थियो । ऊ त्यसलाई प्रकाशित गर्न चाहन्थ्यो । उसले गुगल सर्च गरी प्रकाशन गृहहरूको नाम–नम्बर सङ्कलन ग¥यो । अनि प्रकाशसँग भेटघाट गर्न थाल्यो । प्रकाशक ‘ए’ कहाँ पाण्डुलिपि बुझाउन गएको दृश्यबाट उसको यो यात्रा आरम्भ हुन्छ । प्रकाशक ‘ए’ आफूलाई देशकै सर्वश्रेष्ठ प्रकाशन गृह भएको दाबी गर्दथ्यो । उसले मेल ठेगानामा उपन्यासको पाण्डुलिपि पठाउन सुझाव दियो । आरोहणले त्यसै ग¥यो । पाण्डुलिपि पठाएको महिनौँ बिते । प्रकाशकले हुन्छ÷हुँदैन केही भनेन । तब आरोहणले प्रकाशकलाई टेलिफोन ग¥यो । तर ऊ सम्पर्कमा आउँदै आएन ।
वि.सं. २०५७ मा पहिलो कथासङ्ग्रह ‘आस्था’ पछि दोस्रो कथाकृति ‘ग्याब्रियले’ लिएर आउनु भएको छ हरिश कल्पित । कल्पित कथासँगै कविता र नियात्रामा पनि कलम चलाउनु हुन्छ । उहाँको मूल लेखन भने कथा नै हो । साहित्यसँगै कला र मोडलिङमा पनि उहाँको रुचि देखिन्छ । कर्मथलो परदेश बनाएर नेपाली साहित्यमा निरन्तर लागि रहनुभएका कल्पित समाजका सूक्ष्म पात्र परिवेशलाई कथामा बुन्न खप्पिस हुनुहुन्छ । उहाँलाई लाग्छ, हरेक मान्छे कथाको पात्र हो । जीवनका हरेक उहापोहका साक्षी कथाकारलाई सूक्ष्मतम विषयले पनि छुन्छ । कोमल हृदय भएका कथाकार कल्पित, मान्छेसँगै कथाका पात्रलाई पनि कुनै अन्याय पर्न दिनु हुन्न भन्ने धारणा स्पष्ट रहेको देखिन्छ । कर्मभूमि जापानमा सँगै काम गर्ने साथीको पीडालाई कथामा दुरुस्तै उतार्नु ग्याब्रियलेको विषेशता हो । त्यो जापानी समाजको सपाट चित्र यो कथाले बोकेको छ ।
नेपालमा प्राकृतिक सम्पदा, जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीको संरक्षण, व्यवस्थापन र दिगो सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०२९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ल्याइएको थियो । जसले नेपालमा संरक्षण महìवका वन्यजन्तु, तिनको वासस्थान र समग्र जैविक विविधता संरक्षणका लागि मार्गनिर्देशन ग¥यो । यसैको जगमा संरक्षित क्षेत्रको पहिचान, संरक्षण र व्यवस्थापन हुँदै आएको छ ।
मानव जीवनको उद्देश्य भनेकै खुसी हुनु हो । खुसीबिना मानिस बाँच्नै सक्दैन । मानिस जिउनु पनि खुसीकै लागि हो या ज्यादा खुसीका लागि हो । केही नवीन नभई हरेक कुरा उस्तै हुने भए मानिसलाई जिउनुको लालसा हुँदैनथ्यो । खुसीका बारेमा लेखिएका प्राचीन ग्रिकको युडामिनिक्सदेखि अहिलेसम्म हजारौँ किताब होलान् तर खुसीको व्याख्यान गर्दा सबैले मानिस भएर जन्मन पाउनु नै सबैभन्दा ठूलो खुसी हो भनेका छन् ।
सङ्घीय राजधानी काठमाडौँको छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालय नेपालको मौद्रिक इतिहास झल्काउने सङ्ग्रहालय हो । यो नेपालको मुद्रासम्बन्धी एक मात्र सङ्ग्रहालय हो । सभ्यता, संस्कृति र इतिहासको विषयमा मुद्राले प्रमाणिक काम गर्छ । यसैले पुराताìिवक एवं ऐतिहासिक महìवका मुद्राहरूको सङ्कलन, संरक्षण एवं संवद्र्धन गरेर सङ्ग्रहालयमा राखिन्छ ।
तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ। गत वर्ष सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई राजधानीको पूर्वाधार निर्माणका लागि एक अर्ब रुपियाँ प्रदान गरेको थियो। उक्त रकम अपुग भएपछि प्रदेश सरकारले फेरि सङ्घीय सरकारसँग सहयोग माग गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो।