हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।
दोलखाको सदरमुकाम चरीकोटमा निर्माणाधीन ढल निर्माणको काममा सुस्त गति देखिएको छ । दुई वर्षमा काम समाप्त गर्ने गरी ठेक्का लगाइएको अत्याधुनिक ढल प्रशोधन केन्द्रसहितको ढल निर्माणको भौतिक प्रगति एक वर्ष बित्दा करिब ३० प्रतिशत मात्र भएको छ । सहरी खानेपानी तथा सरसफाइ आयोजना (क्षेत्रगत)अन्तर्गत निर्माणाधीन ढल निर्माणको काम अगस्ट अन्तिमसम्मको भौतिक प्रगति २९ दशमलव ५ तथा वित्तीय प्रगति ३४ दशमलव ५ प्रतिशत रहेको आयोजनाको कन्सल्टेन्ट बिल्डिङ डिजाइन अथोरिटीका इन्जिनियर सन्तोष भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोबिलाइजेसनबापतको रकमले भौतिक प्रगतिभन्दा वित्तीय प्रगति बढी देखिएको हो । ढल प्रशोधन केन्द्र निर्माणका लागि जग्गा प्राप्ति ढिलो भएको तथा जमिन भिरालो भएको कारण कामको गति सुस्त भएको हो । अब आयोजनाका काम अगाडि बढाउन खासै समस्या नरहेकोले काम छिटो अघि बढ्ने अपेक्षा राखिएको छ ।
काठमाडौँ महानगरपालिकाले असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ। महानगरका नगरप्रमुख बालेन्द्र साहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको बताउनुभयो। उहाँका अनुसार सोही नीतिअनुरूप असोज १ गतेबाट सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको हो।
हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ विषयको पढाइ सुरु गर्ने भएको छ । प्रतिष्ठान सभाले चालू आर्थिक वर्ष २०७९÷८० को बजेट र कार्यक्रम स्वीकृत गर्दै नर्सिङ विषय अध्यापन सुरु गर्ने र एमबीबीएसका लागि तयारी थाल्ने निर्णय गरेको छ । साथै सभाले प्रतिष्ठानको उपकुलपति प्रा.डा. विश्वराज जोलीले प्रस्तुत गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पारित गरेको छ । प्रतिष्ठानअन्तर्गत गत वर्षबाट स्नातक तहमा जनस्वास्थ्य, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषय अध्यापन भइरहेको छ । पहिलो वर्षको कक्षा सकिएर र दोस्रो वर्षको पढाइ सुरु गर्ने तयारी सुरु गरेको प्रतिष्ठानले जनस्वास्थ्यमा २० तथा फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजीमा ३०–३० सिट चिकित्सा शिक्षा आयोगबाट स्वीकृत पाएको छ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लाग्ने वा नलाग्ने विषयमा प्रतिवेदन लेखनमै दलहरूबीच मतभेद भएको । जबरामाथिको महाभियोग प्रक्रियाको बयान प्रमाणितको क्रम जारी छ। प्रतिनिधि सभाको कार्यकाल शनिबार अन्तिम भएसँगै प्रस्तावक दलहरू सङ्क्षिप्त भए पनि प्रतिवेदन बनाउने प्रयासमा छन्। प्रतिपक्ष दल भने बयान प्रमाणित, प्रतिप्रश्न र झिकाइएका प्रमाण बुझ्नै बाँकी रहेकाले निष्कर्षसहितको प्रतिवेदनको पक्षमा छैन।
निर्वाचन आयोगले मृतक तथा दोहोरिएका करिब दुई लाख १६ हजार मतदाताको नाम हटाएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा उक्त सङ्ख्यामा मृतक तथा दोहोरिएका मतदाताको नाम हटाइएको हो। आगामी निर्वाचनका लागि आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। यसअघि स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “स्थानीय निर्वाचनपछि नामावली दर्ता सुरु गर्दा करिब चार लाख ७१ हजार नयाँ मतदाता थपिए, जसअनुसार कुल एक करोड ८२ लाख मतदाता पुगेकोमा अद्यावधिकपछि एक करोड ७९ लाख ८८ हजार ५७० जना कायम भएका छन्।”
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद भडेलले आर्थिक वर्षको अन्तिम महिनामा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय भवनको शुक्रबार शिलान्यास गर्दै उहाँले असार महिनामा काम गर्ने प्रचलन हटाउनुपर्ने बताउनुभयो ।
हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यसहित देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये सेवामूलकतर्फका १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन्। विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा ती विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन्।
धार्मिक परम्पराअनुसार होमादी पूजासँगै हात्तीको न्वारान गर्ने गरिएको समाचार सुन्दा अनौठो लाग्न सक्छ तर चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका हात्तीको न्वारान पञ्चायतकालदेखि नै गरिँदै आएको छ। सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ। चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले रातो चन्दनले पीपलको पातमा छावा वा छावीको नाम लेख्ने गर्छन्। पुरोहितले केन्द्रका प्रमुखलाई छावा वा छावीको नाम सोध्ने र प्रमुखले सुझाइएको नाम राख्ने चलन छ।
सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
काठमाडौं, भदौ ३० गते । सिरहाका पुरन पण्डित करिब ३० वर्ष अगाडि रोजगारीको खोजीमा काठमाडौं आइपुग्नुभयो । ज्यामी काम गरेर दैनिकी चलाउन काठमाडौं पस्नुभएका पण्डितले पुर्खादेखिको मूर्ति बनाउने कलालाई व्यापारमा रूपान्तरण गर्नुभयो ।ज्यामी काम गर्दागर्दै एक दिन उहाँको साथीले विश्वकर्माको पूजाका लागि मूर्ति बनाइदिन अनुरोध गरे । उहाँले पुर्खाको पेसालाई सम्झँदै खुसी हुँदै मूर्ति बनाउनुभयो । गाउँमा जस्तो सहरमा मूर्ति बनाउने माटो र परालको जोहो गर्न उहाँलाई समस्या भयो । जब सबै कुरा जोहो गरेर मूर्ति बनाउनुभयो । त्यो सबैले मन पराए । भक्तपुरबाट आवश्यक माटो, परालजस्ता मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ ल्याएर तीन वटा मूर्ति बनाउनुभयो । त्यो वर्ष उहाँका तीन वटै मूर्ति बिक्री भए । उहाँले बनाउनुभएका मूर्ति देखेर त्यसपछि मूर्तिको माग बढ्न हुन थाल्यो । उहाँले अर्को वर्ष विश्वकर्माका सात वटा मूर्ति बनाउनुभयो । तर, सोचे जस्तो ग्राहक भने आएनन् । बनाएका सबै मूर्ति बिक्री हुन अन्तिम समयसम्म कुर्नु पर्यो । तेस्रो वर्षमा आएर भने उहाँले बनाउनुभएका धेरै मूर्ति बिक्री भए । त्यो वर्ष ३७ मूर्ति बिक्री गरेर उहाँले राम्रो आम्दानी गर्नुभयो । बिस्तारै सहरको विस्तार हुनु र रोजगारका लागि तराईबाट उपत्यकामा आउनेको सङ्ख्या बढ्दै जाँदा मूर्तिको व्यापार बढेको उहाँको अनुभव छ । अहिले उहाँले ललितपुरको कुपण्डाेललगायत विभिन्न ठाउँमा मूर्तिको व्यापार गर्नुहुन्छ ।त्यसपछि उहाँले हरेक वर्ष २५/३० वटा मूर्ति थप बनाउँदै जानुभयो । अहिले उहाँसँग २२५ वटा मूर्ति छन् । एक सय बढी मूर्तिको अडर आइसकेको छ । मूर्तिका अतिरिक्त उहाँ पाला र माटाका भाडा बनाउनुहुन्छ । विश्वकर्माको पूजाका लागि एक सिजन मात्र विश्वकर्माको मूर्ति बिक्री हुने भएकाले उहाँले अन्य देवी देवतासँगै अडर अनुसारका मूर्ति बनाउनै आउनुभएको छ । पण्डितसँग गोरखापत्र अनलाइनका लागि केशब गुरुङ मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :
सरकारले प्रा. डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ ।
युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा लिखित ‘बेसिक प्रिन्सिपल्स अफ लिभिङ् हन्डरेड’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।
भारतलाई पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारमाथि कारबाही गरेको छ ।