उत्पादन बढ्ने भन्दै भित्र्याएको आयातित खुमल –४, जातको धानमा बाला नलागेपछि बैतडी पाटनका किसान चिन्तित बनेका छन् । दशकअघि यहाँका स्थानीय किसानले लगाउँदैआएको रैथाले रातो बासमती, डाँडा बासमती र हिमाली जातको धानको बीउ जोगाउन नसकेकोमा पछुतो मानेका छन् ।
पासपोर्ट र राष्ट्रिय परिचयपत्रको सेवा शुल्क घटाउन र गुणस्तर बढाउन सम्बन्धित साइवर व्याबसायी, सेवा केन्द्रका जिम्मेवार सञ्चालकलाई जिल्ला प्रशाासन कार्यालय धादिङले निर्देशन दिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा बैतडीका ५८ वटा विद्यालय छनोट भएका छन् । स्थानीय तहको सिफारिसमा छनोट भएका कतिपय विद्यालयले यसअघि प्रदेश सरकार र स्थानीय तहबाटसमेत योजना पाएका विद्यालय नै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट हुँदा पहुँच हुनेलाई दोहारो सुविधा र वञ्चि भएका विद्यालय दुविधामा परेका छन् ।
न्यायलाई छिटो छरितो र सर्वसुलभ बनाउने उद्देश्यले गठन भएका ‘स्थानीय न्यायिक समिति’ ले संविधानको परिकल्पना अनुसार जिम्मेवारी बहन गर्न नसक्दा यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । समयमै न्याय निरूपण नहुँदा समितिमा उजुरीको चाङ लागेको छ ।
समावेशी, पारदर्शिता, नागरिक अधिकार, समाजको आर्थिक एवं सामाजिक परिवर्तनका मुद्दा लिएर हिँड्ने मुगुका गैरसरकारी संस्थाले नै नियमित रूपमा सार्वजनिक सुनुवाइ गर्ने गरेका छैनन्। नागरिक अधिकारको वकालत गर्ने यस्ता संस्थाले नागरिकको सूचनाको अधिकारलाई हनन गरिरहेका छन्। समुदायका हक, हित र विकास निर्माणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएका यस्ता संस्थाले सुशासन व्यवस्था र सञ्चालन ऐन–२०६४ तथा सम्बन्धित नियमावली–२०६५ को व्यवस्थाअनुसार हरेक वर्ष संस्थाका गतिविधिबारे सार्वजनिक सुनवाइ गर्नुपर्ने हुन्छ। यद्यपि अधिकांश संस्थाले कार्यविधिअनुसार जिल्लामा सार्वजनिक सुनवाइ गरेको पाइएको छैन।
म्याग्दीको सुन्दर पर्यटकीयस्थल खोप्रालेकमा स्थानीयहरुले होटलको क्षमता विस्तार गरेका छन् । अन्नपूर्ण गाउँपालिका ५ स्थि खोप्रालेकमा पछिल्ला केही वर्ष यता पर्यटक आगमनमा वृद्धि हुनथालेपछि सामुहिक रुपमा सञ्चालन गरिएको होटलको क्षमता विस्तार गरेका हुन ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अछामका ६३ विद्यालय छनोटमा परेका छन्। चालू आर्थिक वर्ष २०७९÷८० का लागि ३९ विद्यालयमा भवन निर्माण र २४ विद्यालय सूचना प्रविधिअन्तर्गत छनोटमा परेका छन्।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ मा रहेको खलङ्गा–कारागार–पीपलनेटा सडकखण्ड लामो समयसम्म अवरुद्ध हुँदा समस्या भएको छ। वर्षाले सडक बिग्रिएपछि सर्वसाधारणसँगै कारागारमा रहेका कैदीबन्दी बिरामी हुँदा अस्पतालमा पु-याउन मुस्किल भएको हो।
सङ्घीय सरकारले आर्थिक वर्ष ०७७/७८ मा ल्याएको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रम दुई वर्ष बितिसक्दा पनि खासै उपलब्धिमूलक हुन सकेको छैन। सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सङ्घीय सरकारले सुरु गरेको योजना प्रभावकारी बन्न सकेको छैन। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार निर्माण कार्य सुरु भएका धेरैजसो भवनको प्रगति पनि सुस्त छ। पहिलो चरणमा आर्थिक वर्ष २०७७/७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट भएका थिए। त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजना अघि बढाइएको थियो। प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ।
रास्कोट नगरपालिकाले सरकारी जग्गा मिचेर बनाइएको घर टहरा हटाउन सकेको छैन। दुई वर्षअघि नै नगरपालिकाले सार्वजनिक जग्गामा मिचेर बनाइएका घर टहरा हटाउने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि कार्यपालिका बैठकमा पूर्व उपप्रमुख मिम्मसरा बम शाहीको संयोजकत्वमा ११ सदस्यीय समिति पनि गठन भएको थियो। नगरपालिकाको कार्यालय रहेको आरसीपी बजारको सरकारी जग्गा नै कब्जा गरेर स्थानीयले घर बनाएपछि त्यो खाली गराउने मनसाय नगर सभाको थियो। सरकारी जग्गालाई खाली गराउने सूचनासम्म नदिएर अघिल्लो सरकारको कार्यकाल नै सकियो। समितिले अर्को नगर सभामा प्रतिवेदन पेस गर्ने र त्यसैका आधारमा व्य
डोटी जिल्लामा डेङ्गु बिरामी बढ्दै गए पनि डेङ्गु नियन्त्रणका लागि प्रयास थालिएको छैन। स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार डोटीमा भदौ १३ गते पहिलो पटक डेङ्गुका बिरामी पाइएको थियो। जिल्लामा गरिएको डेङ्गु परीक्षणमा २७ जनामा डेङ्गु पाइएको थियो। त्यस्तै जिल्ला बाहिरका स्वास्थ्य संस्थामा गरिएको परीक्षणमा छ जनामा डेङ्गु पाइएको थियो।
नेपाल–भारत सिमाना झुलाघाटमा रहेको सटही काउन्टर २२ वर्षदेखि बन्द रहेको छ। सटही काउन्टर बन्द हुँदा व्यापारीलाई चर्को कमिसन दिएर नेपाली मुद्रा साट्न स्थानीयवासी बाध्य छन्। झुलाघाटमा महाकाली भन्सारसँगै रहेको सटही काउन्टर नेकपा (माओवादी) को सशस्त्र द्वन्द्वको समय २०५७ सालमा बन्द भएको थियो।
रुपन्देही सैनामैनाको इगुरियाखोलामा पुल नबन्दा खोला तर्नेक्रममा बगेर १५ वर्षमा १० जनाको ज्यान गएको छ। यो खोलाले चार वर्षअगाडि स्थानीय हरिहर मल्लाह र उहाँकी सात वर्षीय छोरीलाई बगाएको थियो। स्थानीयका अनुसार प्रत्येक चुनावमा इगुरियाखोलामा पुल हालिदिने, बाटो कालोपत्रे गर्ने आश्वासन देखाएर भोट माग्ने नेताहरूले चुनावपछि बिर्सिने गरेको आरोप लगाएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले साउन र भदौ महिनामा २७७ जनामा डेङ्गु र ११९ जनामा स्क्राब टाइफस देखिएको जनाएको छ। सत्यवती गाउँपालिकामा ११२, छत्रकोट गाउँपालिकामा १११, रेसुङ्गा नगरपालिकामा ४७, मुसिकोट नगरपालिकामा तीन, रुरुक्षेत्र गाउँपालिकामा १४, गुल्मी दरबार गाउँपालिकामा एकजना गरी २७७ जनामा डेङ्गु देखिएको हो।