बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन गुलजार ए अदबले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उर्दु साहित्यकारद्वारा गठन गरिएको संस्थाले गत केही समययता निरन्तर उर्दु कवि सम्मेलन र बहुभाषिक कविगोष्ठीको आयोजना गर्दै आएको छ।
नेपाल विद्युत् प्राधिकरणले तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै प्राधिकरणले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
मुलुकलाई समुन्नत बनाउन पूर्वाधारमा लगानी बढाउनु आवश्यक छ। पूर्वाधार विकास बिना देशको आर्थिक तथा सामाजिक विकासको सपना पूरा हुँदैन। व्यापक पूर्वाधार विकासले रोजगारी सिर्जना गर्छ। उद्योगधन्दा र कलकारखाना निर्माणका लागि थप लगानीको बाटो खोल्छ र अनेक क्षेत्रमा लगानी सिर्जना गर्छ। मुलुकको मौजुदा पूर्वाधार सन्तोषजनक छैन। सडक पूर्वाधारमा अझै अनेक समस्या छन्। आवश्यक पुलहरू बन्न सकेका छैनन्। देशको राजस्व लगभग साधारण खर्चमा ठिक्कै हुने अवस्था छ । पूर्वाधार लगानीमा पुँजीगत खर्च गर्न बाह्य सहयोग र ऋणको निर्भरता निरन्तर बढ्दै गएको छ।
आगामी असोज ३ गते नेपालको संविधान कार्यान्वयनमा आएको सात वर्ष पूरा हुँदैछ। यो अवधिमा संविधान कार्यान्वयनको एक चक्र पूरा भएको छ। ०७२ असोज ३ गते सकसपूर्ण र असहज अवस्थामा संविधान जारी भएको थियो। संविधान सभाका ९० प्रतिशतभन्दा बढी सभासदको समर्थनमा जारी संविधानप्रति मधेशकेन्द्रित राजनीतिक दलको असहमति थियो। साथै, देशी विदेशी शक्ति केन्द्रले जारी नगर्न विभिन्न बहाना खोजेका थिए। प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत अधिकांश राजनीतिक दलको सुझबुझपूर्ण निर्णयले संवि
उन्नयनको अपेक्षा साकार पार्न आवश्यक चिन्तन एवं सोअनुरूपको कार्य गर्नु जरुरी छ। समग्र क्षेत्रमा सकारात्मक उन्नयनका माध्यमबाट मानव जीवन गतिशील, सार्थक एवं सबल बनाउन सकिन्छ। आमनागरिकका लागि स्थापित राज्य संयन्त्रका क्रियाकलाप जनताका सेवा सुविधा प्रवद्र्धन एवं जीवनस्तर उकास्न केन्द्रित हुनु आवश्यक हुन्छ। विधायिकाबाट तर्जुमा गरिएका कानुनलाई आधार मानेर बन्ने नीतिगत मार्गदर्शनको अनुसरण गरी राज्यका स्रोतसाधनको प्रभावकारी उपयोग गर्न सके समग्र पक्षको सुख एवं खुसीको प्रत्याभूति गराउन मद्दत गर्छ। आफूलाई कानुनले तोकेको जिम्मेवारी इमानदारीपू
मानव सभ्यताको सुरुवातसँगै जीवन सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ। यसअनुसार हाम्रो समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधि प्रयोग गरिएका छन्। हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधि शिक्षाको महत्वपूर्ण स्थान हुन्छ। संसारमा विकसित देशको इतिहास अध्ययन गर्ने हो भने कैयौँ वर्ष पुराना विश्वविद्यालय रहेको र तिनैका अनुसन्धान तथा उपलब्धिका आधारमा उक्त देशले आधुनिक तहको शिक्षा विकास गर्दै देश विकासमा ठूलो फड्को मारेको पाइन्छ।
हरेक व्यक्तिको आ–आफ्नो चालचलन, बानीबेहोरा र व्यवहार हुन्छ। यसलाई हामी चरित्र भन्छौँ। चरित्र असल पनि हुन्छ र खराब पनि हुन्छ। व्यक्तिले जस्तो संस्कार पायो, जस्तो वातावरणमा उसले घुलमिल हुन पायो, उसको चरित्र त्यस्तै हुन्छ र यसमा थप उसको वंशाणुगत गुण पनि मिसिन्छ। वंशाणुगत गुण चरित्र निर्माणमा थोरै अंशको मात्र हुने भएकाले व्यक्तिको असल चरित्र निर्माणमा बालककालदेखि नै उचित व्यवहार हुनुपर्छ। असल चरित्र निर्माणमा बाबुआमाको नै महìवपूर्ण हात हुने भएकाले आजका बालबालिकालाई असल हुनैपर्ने जिम्मेवारी बोध गराउँदै सोहीअनुसारको व्यवहार गर्नु आवश्यक हुन्छ।
नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो ।
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । त्रिदेशीय (नेपाल, भारत र चीन) सिमाना पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा हेलिकोप्टरबाट उपकरण ढुवानी गरी जडान गरेर बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । यससँगै नेपाल टेलिकमको फोरजी सेवा पश्चिम नेपालको अन्तिम सिमानासम्म पुगेको छ । नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावर निर्माणका सामग्रीसहित उपकरण हेलिकोप्टरबाट ढुवानी गरेर कालापानीभन्दा झन्डै १३ किलोमिटर तल रहेको छाङरुमा बुधबारदेखि फोरजी सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ । हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमले नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराउने छ ।
कर्मचारी सञ्चय कोषको ६१ औँ वर्ष प्रवेशको सुखद अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । उहाँले शुभकामना दिनुहुँदै सम्पूर्ण सञ्चयकर्ता तथा निवृत्तिभरण योजनाका योगदानकर्ताका कारण कोष सम्पूर्ण कर्मचारीहरूको लागि सहयोगीको रूपमा स्थापित भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद््ले यस प्रदेशमा रहेका पर्यटकीय सम्भाव्यता भएका स्थलको पहिचान र प्रवद्र्धनको काम सुरु गरेको छ । यस प्रदेशमा रहेका ऐतिहासिक पर्यटकीय स्थलको वर्तमान अवस्थाको जानकारी लिने, तिनको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने र आगामी दिनमा ती स्थलको प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा परिषद्ले पहिलो चरणमा स्थलगत अध्ययन अवलोकन सुरु गरेको छ । परिषद् र पत्रकारको टोलीले गुल्मीको रिडीस्थित तीनमुखे झोलुङ्गे पुल, रेसुङ्गा, गुल्मीको धुर्कोटमा रहेको विचित्र गुफा, अर्घाखाँचीको नरपानी, सुपादेउराली, खाँचीकोट र पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको ऐतिहासिक झरनालगायतको अवलोकन गरेको हो ।
विदेशी मुद्राको सञ्चिति घटे पनि वस्तु तथा सेवाको आयात धान्ने समय भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग हाल सञ्चित रहेको नौ अर्ब ४२ करोड डलर (११ खर्ब ९८ अर्ब रुपियाँ)बाट आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । यो असारको तुलनामा एक महिनाभन्दा बढीले वृद्धि हो ।
गत साउनमा बागमती प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरेपछि बागमती प्रदेश सरकारले ११औँ अधिवेशन आह्वानको निर्णय नगर्दै बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिने भएको छ । प्रदेशको एकल अधिकार सूचीका ऐनहरू बनाउन बाँकी हुँदै सत्तापक्ष र प्रमुख विपक्षी दलसँगै सत्ता गठबन्धन दलबीचको विवादका कारण प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न रुचि नदेखाएको हो ।
राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले सबै नेपालीको हक, अधिकार समान हुने बताउँदै दलित, मधेशी, अपाङ्गता, पिछडिएको वर्गको उत्थानका लागि आयोगले माध्यमका रूपमा काम गर्ने बताउनुभएको छ।