• १२ साउन २०८१, शनिबार

नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी

blog

काठमाडौँ, भदौ ३१ गते ।  नेपाली सेनाले २२९ जना अधिकृत माग गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशन गर्दै सेनाले रिक्त रहेको सहायक सेनानी पदको पूर्तिका लागि ठुलो सङ्ख्यामा अधिकृत भर्नाका लागि फारम खुल्ला गरेको हो । 

सेनाले प्रकाशन गरेको सूचना अनुसार असोज ३० गतेसम्म फारम भर्न पाइने छ । माग गरिएका मध्ये खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना गरी २२९ जना अधिकृत माग गरेको छ । 

अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको र कार्यरत सैनिक जवानको हकमा २६ वर्ष ननाघेको हुनु पर्ने छ । 

पुरुषका लागि ५ फिट ३ इन्च उचाइ र छाती नफुलाउँदा ३२ र फुलाउँदा ३४ इन्च हुनु पर्ने छ भने वजन ५० किलोग्राम हुनु पर्ने छ । यता महिलाको हकमा ५ फिट उचाइ र ४० किलोग्राम वजन हुनु पर्ने छ । 

सेनाले स्वयम्भू, इटहरी,बर्दिबास, हेटौडा, पोखरा, रुपन्देही, सुर्खेत र कैलालीमा फारम उपलब्ध गराउने जनाएको छ ।