१. भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
१०९ औँ (१८२ देशमा)
– ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुवरी १० मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ मा नेपालले यो वर्ष ३४ अङ्क प्राप्त गरेको । नेपालले गत वर्ष पनि ३४ अङ्क नै प्राप्त गरेको थियो ।
– गत वर्षको तुलनामा अङ्क समान भए पनि नेपालको वरीयता भने खस्किएको छ । गत वर्ष १०७ औँ स्थान (१८० देश) मा रहेको नेपाल यस वर्ष १०९ औँ स्थान (१८२ देश) मा रहेको ।
२. सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?
विसं २०८२ माघ २९
– सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले दिएको अधिकार प्रयोग गरी जङ्गली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधनको हानि नोक्सानी पु¥याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लेखट्न वा पव्रmन सक्ने छ ।
३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विसं २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थनमा रहन सफल प्रदेश कुन हो ?
सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)
– प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेका छैनन् ।
– यो मूल्याङ्कन आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुने छ ।
– दोस्रो स्थान : कोशी (४४.२९ अङ्क)
– तेस्रो : बागमती (४२.४६ अङ्क)
– सबैभन्दा कमजोर मधेश प्रदेश (२७.२८ अङ्क) रहेको छ ।
– मूल्याङ्कन प्रवितेदन अनुसार महानगरपालिकामध्ये विराटनगर पहिलो (७८.११ अङ्क), ललितपुर दोस्रो (७६.३३ अङ्क), भरतपुर तेस्रो (६८.०४ अङ्क), पोखरा चौथो (५८.०४ अङ्क), वीरगन्ज पाँचौँ (५४ अङ्क) र काठमाडौँ छैटौँ (४४.९७ अङ्क) स्थानमा रहेका छन् ।
– ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका (८३.८४ अङ्क) देशभरिकै सबैभन्दा अब्बल साबित भएको छ ।
– रुकुम पश्चिमको चौरजहारी नगरपालिका दोस्रो (८२.१५ अङ्क), गुल्मीको मालिका गाउँपालिकाले तेस्रो (८१.९८ अङ्क) र गुल्मीकै धुर्कोट गाउँपालिका चौथो (८०.५२ अङ्क) स्थानमा रहन सफल भएका छन् ।
– कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशका अधिकांश स्थानीय तहको अङ्क कमजोर आएको छ ।
४. अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ?
सन् २०२६ फेब्रुअरी ५
– सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विज्ञहरूले आशङ्का व्यक्त गरेका छन्
– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको अवधि विस्तार गर्न तयार रहेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्ने योजना बनाउन चाहेको सङ्केत गरेका छन् ।
– बेइजिङले आफ्नो बढ्दो आणविक शस्त्रागारमा कुनै प्रतिबन्ध स्वीकार नगर्ने जनाएको छ ।
– न्यु स्टार्ट सम्झौताले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षक तथा एक हजार ५५० आणविक हतियारमा सीमा लगाएको थियो ।
५. आइसिसी टी–२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ?
सन् २०२६ फेब्रुवरी ७–मार्च ८
– आयोजक : भारत र श्रीलङ्का
– सहभागी राष्ट्र : २०
– टी–२० विश्वकपमा नेपाल तेस्रो पटक (सन् २०१४, २०२४, २०२६) सहभागी भएको हो ।
६. नेपाल राष्ट्र बैङ्कका अनुसार आव २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ?
छ अर्ब ९८ करोड २६ लाख रुपियाँ
– गत आवको पहिलो छ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो । सो तुलनामा यो वर्ष नेपालबाट बाहिरिने रेमिट्यान्समा ५२.६६ प्रतिशतको वृद्धि भएको छ ।
– श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार हालसम्म २२ हजार ४३९ जना विदेशी कामदारले श्रम इजाजत लिएका छन् ।
– नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउने व्यवस्था छ । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।
– नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत् आयोजना, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् ।
७. दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ?
बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी)
– बीएनपीले कुल २९९ (३०० सिटमध्ये एक सिटमा चुनाव स्थगित) सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । यससँगै १५ वर्षपछि पुनः यो पार्टी सत्तामा फर्किन सफल भएको छ ।
– निर्वाचन सम्पन्न मिति : सन् २०२६ फेब्रुवरी १२
८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
श्री ५ राजेन्द्र
९. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ ?
तिलौराकोट, कपिलवस्तु (विसं २०८२ माघ)
– कपिलवस्तु सहरको तिलौराकोटमा यो अद्वितीय मन्दिरको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि तथा दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थमार्गमा यसको महìवलाई थप पुष्टि गर्ने छ ।
– सय बिगाहा क्षेत्रफल ओगटेको तिलौराकोटमा हाल करिब ३४ बिगाहा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ ।
१०. फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको शासन सत्ता कसले समालेका थिए ?
नेपोलियन बोनापार्ट
११. नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
उष्ण मनसुनी हावापानी
१२. पञ्च महाभूत भन्नाले के–केलाई बुझाउँछ ?
पृथ्वी, जल, तेज, वायु र आकाश
१३. नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
विसं २०८२ माघ २६, माडी, चितवन
– बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना भएको हो ।
– सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षणसम्बन्धी सङ्घ संस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहेको छ ।
– सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल केन्द्रित भएको हो ।
– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
– हाल सालक लोपोन्मुख अवस्थामा रहेको छ । बालीनालीमा लाग्ने हानिकारक किराफट्याङ्ग्रा खाने भएकाले यो किसानको साथीको रूपमा रहेको छ ।
१४. सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
कर्णाली प्रदेश
१५. नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो ?
विसं २०८२ वैशाख २
१६. नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?
विसं २०८१ चैत्र २
१७. एसियाली विकास बैङ्कको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन् ?
अर्थशास्त्री सोना श्रेष्ठ
– नियुक्तिः विसं २०८२ माघ २९ (सन् २०२६ फेब्रुअरी १२)
– नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का हेर्ने गरी उहाँलाई नियुक्त गरिएको हो । उहाँले यी मुलुकमा एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने छ ।
– २३ वर्षदेखि एडिबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो ।
१८. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
बेलायत
१९. सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
मच्छिन्द्र फुटबल क्लब (उपविजेता : एपिएफ क्लब)
– विसं २०८२ फागुन ४ मा सम्पन्न फाइनल
प्रतियोगितामा मछिन्द्रले ३–१ गोलअन्तरले एपिएफलाई हराएको हो ।
– मच्छिन्द्र फुटबल क्लबले प्रथम भई ट्रफीसहित १५ लाख रुपियाँ तथा एपिएफले द्वितीय भई सात लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
– सर्वोत्कृष्ट खेलाडी : पेमा तामाङ (मच्छिन्द्र फुटबल क्लब)
– उत्कृष्ट गोलरक्षक : विशाल श्रेष्ठ (मच्छिन्द्र फुटबल क्लब)
प्रस्तुतकर्ता : टङ्क केसी