सर्लाहीको चिनी उद्योगमा गएको वर्ष उखु बिक्री गरेका किसानका लागि सरकारी अनुदानको रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आइपुगेको छ ।
अहिले हरेक वर्ष सयौंको संख्यामा विश्वकर्माको मूर्ति बिक्री हुन्छन्। विश्वकर्माको पूजाका दिन अधिकांश मूर्ति बिक्री हुने गरेका छन्।
चिकित्सहरुको छाता संस्था नेपाल चिकित्सक संघले दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) गर्ने भएको छ । संघले आगमी असोज ४ र ५ गते काठमाडौंमा सम्मेलन गर्ने भएको हो ।
काठमाडौं, भदौ ३० गते । फिल्म 'बाबरी'को नयाँ गीत 'मायाका रङ्गहरू' रिलिज भएको छ । असोज १४ गते रिलिज हुने फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको हो ।गीतमा सनुप पौडेल र रचना रिमालको स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा सङ्गीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन्।धीरज नाड्कर यो बेब्यु नेपाली फिल्म हो । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
भरतपुर, भदौ ३० गते। नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन बिहीबारबाट सौराहामा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले पत्रकारको पेसालाई व्यावसायिक बनाउँदै विशिष्टीकृत र मर्यादित बनाउन जरुरी रहेको बताउनुभयो। “पत्रकारितामा भविष्य छ भन्ने देखाउन पनि यसको मर्यादा र व्यावसायिकतामा जोड दिन जरुरी छ”, उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा जस्तै पत्रकारितामा पनि अब विशिष्टीकरण हुन जरुरी छ।”उहाँले फोटो झुट नहुने बताउँदै फोटो पत्रकारिताको विकास भएमात्रै पत्रकारिता भित्रका विकृतिको अन्त्य हुने बताउनुभयो। प्रदेश सरकारले पत्रकारको क्षमता विकासका लागि तालिम, सभा समारोह, गोष्ठी तथा भवन निर्माणमा सहयोग गर्ने योजना अघि सारेको उहाँको भनाइ छ। नयाँ नेतृत्व चयनका साथ महाधिवेशन शनिबार सम्पन्न हुनेछ। महाधिवेशनमा देशभरबाट ६ सय जना फोटो पत्रकारको सहभागिता रहेको महासचिव हरी रेग्मीले जानकारी दिनुभयो। उक्त अवसरमा फोटो पत्रकार राजेश ढुङ्गाना सम्मानित हुनुभएको छ। महासङ्घले उहाँलाई सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरेको हो। उहाँ गोरखापत्र अनलाइनमा मेरो तस्बिर स्तम्भका लागि तस्बिर खिच्नुहुन्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं, भदौ ३० गते । फिल्म निर्माता तथा वितरक करण श्रेष्ठ प्रदेशसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बागमती प्रदेशअन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष तर्फबाट सिफारिस गरेको हो ।“म फिल्मकर्मी भएपनि निरन्तर रुपमा राजनीतिमा पनि लागेको छु । हामीले फिल्ममा समाजमा घटेकै दृश्य देखाउने हो । फिल्म चलाउन दर्शकको ठूलो योगदान छ, त्यसैले फिल्मकर्मीले पनि सम्पूर्ण नेपालीहरुले दिनुभएको साथ र सहयोगका लागि राम्राे काम गर्न म राजनीतिमा प्रवेश गरेको हुँ”, उहाँले भन्नुभयो । दिनेश पौडेलको 'जवाफ' फिल्मबाट अभिनेताको रुपमा रजतपटमा पाइला राख्नुभएका उहाँले 'ह्याप्पी न्यू इयर', 'सम्झिदिए पुग्छ', 'म छु नी तिम्रो', 'को कस्को' लगायत २० वटाभन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभएको छ । १९ वर्ष देखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठले 'रिच इन्टरटेनमेन्ट' नामक कम्पनीबाट फिल्म वितरण गर्दै आउनुभएको छ । हाल उहाँ ‘राजनीतिमा युवा’ भन्ने अभियानमा सक्रिय हुनुहुन्छ ।
बिहीवार बसेको राष्ट्रियसभाको पहिलो र दोस्रो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ पारित गरेको हो ।
स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुटले झिनो बहुमत पाएपछि राजीनामा दिनुभएको हो ।
म्यादीमा भर्ना हुन आवेदन दिन प्रहरी प्रधान कार्यालय टेकुमा ठूलो सङ्ख्यामा युवकयुवतीको भीड लागेको छ ।
चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाकोे मृत्यु भएको छ । संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले संक्रमितको खोजी शुरु गरेको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।
पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् ।
बौद्ध शिक्षा पढ्न भन्दै भारत पुराइएका १६ जना बालकको उद्धार गरिएको छ । शान्ति पुनर्स्थापना गृह नेपाल र भारत देहरादुनको हेल्थ क्रस संस्थाको सहयोगमा भारतको कर्नाटकको बौद्ध विहार पुराउन लगेको अवस्थामा उत्तर प्रदेशबाट ती बालकको उद्धार गरिएको हो ।