• १३ साउन २०८१, आइतबार

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डखण्ड अवरुद्ध

blog

सिद्धार्थ राजमार्गमा पौठेडाँडामा खसेको पहिरो। तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ ३० गते । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। 

सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ गाउँपालिकाको पौठेडाँडामा ढुङ्गासहितको पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड बिहीबार बिहान पौने १२ बजेदेखि पूर्णरुपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। यस्तै तिनाउ–५, हिउँदेखोलामा समेत पुनः सडक भासिएको छ।

 सडकमा खसेको पहिरो तत्काल हटाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताउनुभयो। 

जिल्लाको रम्भा–३, सेरामा समेत लेदोसहितको पहिरो खसेको छ। सडकमा पहिरो खस्दा तानसेन–राम्दी सडकखण्ड समेत अवरुद्ध बनेको छ। 

वर्षा भइराखेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बीच बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।