जिल्ला प्रहरी महोत्तरीले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना लिने प्रक्रिया सुरु गरेको छ। जिल्ला प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी आगामी मङ्सिरमा हुने निर्वाचनका लागि करिब तीन हजार म्यादी प्रहरी भर्ना गर्न लागेको हो। प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले भर्ना प्रक्रियाका लागि सूचना जारी गरेको जानकारी दिनुभयो। “भर्ना हुन चाहनेले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन बुझाइसक्नु पर्नेछ,” उहाँले भन्नुभयो। प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि करिब तीन हजार भर्ना गरिने उहाँले जानकारी दिनुभयो। गत स्थानीय तह निर्वाचनका लागि महोत्तरीमा ४९८ महिलासहित दुई हजार ४७४ जना म्यादी प्रहरी भर्ना गरिएको थियो। यो पटकको भर्नामा पनि पुरानै अनुभवीलाई प्राथमिकतामा राखिएको छ।
चौँरीपालनका लागि उपयुक्त स्थान मानिएको पाँचथरको फालेलुङ गाउँपालिकाकामा चौँरीको दूधबाट चिज बनाउन थालिएको हो । स्थानीय किसानकै अगुवाइमा फालेलुङका तीन स्थानमा चिज बनाउन थालिएको हो । फालेलुङमा वर्षौंदेखि चौँरी पालिँदै आए पनि यहाँ उत्पादन भएको चौँरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाइन्थ्यो । पछिल्लो पटक फालेलुङ–४ को फालौटका सात, चाररातेका सात र घले भन्ज्याङका पाँच गरी १९ जना किसानले १८ लाख रुपियाँको लागतमा तीनवटा डेरी उद्योग सञ्चालन गरेर ‘याक चिज’ उत्पादन गर्न थालेको स्थानीय अगुवा किसान जङ्ग राईले जानकारी दिनुभयो । ती डेरी उद्योगले असार अन्तिम सातादेखि चिज उत्पादन गर्न थालेका हुन् । विदेशी पर्यटकले रुचाउने भएकाले सोलुखुम्बु, काठमाडौँ र पोखराका होटल सञ्चालकले यहाँ उत्पादन भएको याक चिज किनेर लैजाने गरेका छन् ।
४०० केभी क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा विवाद भएपछि सङ्खुवासभामा प्रसारण लाइन निर्माण हुन सकेको छैन । प्रसारण लाइन विस्तार हुने सात जिल्लामध्ये छ जिल्लामा मुआब्जा वितरण गरी काम सुरु भइसके पनि सङ्खुवासभामा प्रसारण लाइन निर्माणमा विवादका कारण काम सुरु हुन नसकेको हो । जनगुनासो आएपछि जिल्ला समन्वय समितिले सरोकारवालासँग छलफल आयोजना गरेको थियो । कार्यक्रममा सहभागीले अरुण तेस्रो परियोजनाबारे असन्तुष्टि व्यक्त गरेका थिए ।
मानिसमा लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको विचार हुन सक्यो भने समाजमा सदाचार कायम हुन सक्छ। यी कुराको विचार नगर्दा समाजमा अनेक अराजकता देखा पर्छन्। लोकलाज, धर्म, पाप, पुण्य, कानुनकाइदा आदिको अभावमा समाजमा विभिन्न किसिमका विसङ्गति देखिन्छन्। अहिले यस्तै अनेक घटना देखिन थालेका छन्। काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित एक सार्वजनिक चरिचरन स्थल दशकौँ अघिदेखि व्यक्तिको नाममा दर्ता भएको मात्र प्रकाशमा आएको छ। सार्वजनिक जग्गा दर्ता मात्र होइन, सोही जमिनलाई बैङ्कमा धितो राखेर ऋण लिइएको अवस्थासमेत छ। लिएको ऋण समयमा तिरेको पाइएन। ऋण नतिरेपछि यो जग्गा लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्र स्थानीयले जानकारी पाए। स्थानीयले जानकारी पाउनसमेत वर्षौं लाग्यो।
नेपाल पछिल्लो समय दक्षिण एसियाली मुलुकमध्येमा सामरिक रूपमा कूटनीतिक महìव र प्राथमिक दृष्टिमा पर्दै गइरहेको केही विकसित समसामयिक गतिविधिले सङकेत गरिरहेका छन। एकपछि अर्को भारत, चीन र अमेरिकी उच्च निकायका नेतृत्वका भ्रमण, चासो र चिन्ताले नेपालको राजनीतिक परिवर्तन र बदलिँदो कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ। नेपालबाट पनि ती मुलुकहरूको निमन्त्रणामा राजनीतिक एवं सैन्य तहका उच्चस्तरीय भ्रमण भएका छन। एकपछि अर्को उच्चस्तरीय भ्रमणले राजनीतिक वृत्तदेखि आममानिससम्म नै चासोपूर्ण प्रश्न उब्जिएका छन। अमेरिकी बाइडेन प्रशासनको सूक्ष्म र सन्निकटको सम्बन्धले कूटनीतिक वृत्तमा यसका अन्तर्यहरूको निकै चासो बढेको छ।
साता देखि लगातार भई रहेको वर्ष विहीबार पनि निरन्तर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
उत्साह, उमङग र सुन्दर सपनासहित लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षा उत्तीर्ण गरी निजामती सेवामा प्रवेश गरेका व्यक्ति २० वर्ष पुग्दा÷नपुग्दै विभिन्न बहानामा सेवा छोडने क्रम बढदै गएको देखिन्छ। विगत पाँच वर्षमा छ हजार १६६ कर्मचारीले राजीनामा दिई सेवानिवृत्त भएको तथ्याङक निजामती किताबखानाले पुष्टि गरेको छ। अनुभवी कर्मचारीमा सेवाप्रति यस्तो निराशा किन आयो ? यहाँ प्रतिभाको कदर हुँदैन वा प्रतिभा देखाउने अवसर तथा वातावरणको अभाव छ भन्ने प्रश्नहरू पनि महìवपूर्ण छन। निजामती सेवामा प्रणालीगत व्यवस्था संस्थागत नहुँदा विभि
भन्सार छलेर भारतबाट ल्याउँदै गरेको २२ बोरा चिनी कैलाली प्रहरीले बरामद गरेको छ ।
जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ ।
यतिबेला चीनको विदेश नीति खासगरी छिमेकी देशसँगको सम्बन्ध विकासमा अपूर्व रूपमा सक्रिय हुँदै गएको छ। चीनको अभूतपूर्व रूपमा बढ्दो विकास र नेपाललगायत एसियाली मुलुकमा विश्व महाशक्ति अमेरिकाको बढ्दो गतिविधिले पनि यो सक्रियता बढाएको देखिन्छ। अहिले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष तथा चीनकै तेस्रो वरीयताका नेता ली झान्सुको नेपाल भ्रमणलाई पनि निकै चासो र महत्वका साथ हेरिएको छ। स्मरणीय के छ भने आजभन्दा आठ वर्षअघि नेपाल राजनीतिक अन्योल र अस्थिरताका बीच नराम्रोसँग अल्झिरहेका बेला (अहिले पनि अर्को चरणमा त्यसरी नै अल्झिरहेको छ) विश्वको दोस्रो आर्थिक महाशक्ति बनिसकेको चीनले छिमेकी देशसँग कस्तो नीति अवलम्बन गर्ने भन्नेबारेमा बेइजिङमा एउटा निकै महìवपूर्ण कूटनीतिक सम्मेलन आयोजना गरिएको थियो।
निर्वाचन भनेको लोकतान्त्रिक प्रक्रिया हो। यसमा उम्मेदवार अनिवार्य हुन्छन्। लोकतान्त्रिक व्यवस्थामा बिनाउम्मेदवारको निर्वाचन कल्पना गर्न सकिँदैन। उम्मेदवार चाहे दलीय हुन् वा स्वतन्त्र, चुनाव जित्न सबै भरमग्दुर प्रयास गर्छन्। निर्वाचन भनेको एक किसिमको युद्ध हो, सङ्घर्ष हो। जित सुनिश्चित गर्ने कला हो। आमनिर्वाचनमा जनताले प्रतिनिधि चुन्छन्। जनप्रतिनिधिले आफ्ना नेता तथा देशको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री चुन्छन्। सदन चलाउन सभामुख, उपसभामुख चुन्छन्। चुनावले नयाँ नेतृत्व चयन गर्छ। लोकतान्त्रिक प्रक्रियाअनुसार कामकाज गर्छ। यही नै विधिको शासन हो। जुनसुकै निर्वाचन प्रक्रियामा प्रायः स्वतन्त्र उम्मेदवार हुन्छन्। कहिले स्वतन्त्र उम्मेदवारको क्रेज हुन्छ, कहिले हुँदैन। स्थानीय तह निर्वाचन २०७९ मा राजधानीको महानगरपालिकामा आएको परिणामले सबैलाई सोच्न बाध्य बनाएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस तीन दिनसम्म मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ। असोज ३ गते मनाइने संविधान दिवसलाई असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो। स्थानीय पालिकास्थित सबै सरकारी कार्यालयहरूले राष्ट्रिय झन्डा एवं संविधान दिवसको ब्यानर सजाई कार्यालय परिसर सरसफाइ गर्ने, पालिकावासी सबैलाई आ–आफ्नो घर, टोल र सार्वजनिक स्थल सरसफाइ गर्न अनुरोध गर्ने, सबै पालिकावासीले सार्वजनिक स्थल र घरघरमा साँझ दीपावली गर्न मन्त्रालयले बुधबार परिपत्र गरेको हो।
काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतका विदेशमन्त्री एस. जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार भएको भेटवार्तामा नेपाल–भारतका द्विपक्षीय विषयमा कुराकानी भएको छ। यसअघि नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलबार भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भएको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल र समीक्षा भएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको मैत्रीपूर्ण भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी तथा एकअर्काका शुभचिन्तक मुलुक रहेको धारणा व्यक्त गर्दै द्विपक्षीय र बहुपक्षीय सहयोग आदानप्रदान हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यसप्रकारका उच्चस्तरीय भ्रमणले दुई देशबीच रहिआएको बहुआयामिक सम्बन्ध अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो।