चार दिने औपचारिक भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेस, स्थायी कमिटीका अध्यक्ष ली चान्शु नेतृत्वको टोलीले आज बुधबार विहान भक्तपुरको ऐतहासिक दरबार स्थलको भ्रमण गरेको छ ।
म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै बिरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार १०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।
बुधवार लगानी बोर्डको दिगो पूर्वाधार लगानी फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक स्तरोन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताउनुभएको हो ।
महाअभियोग सिफारिस समितिले बार पदाधिकारी, अधिवक्ता र पूर्व प्रधानन्यायाधीशहरुलाई समितिमा बोलाउने भएको छ ।
। दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।
राष्ट्रियसभा बैठकमा सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बीमा विधेयक, र सार्वजनिक ऋण व्यवस्था विधेयकलाई ददफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
झापाका स्थानीय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको तथ्यांक संकलन तथा निस्सा बितरण गर्दै चाँडो जग्गाधनी पूर्जा बितरणका लागि कामलाई तिब्रता दिएका छन् ।
लाः छकु वय्क सम्य बजि, वल वल पुलुकिसी...इन्द्रजात्रा सुरु भएसँगै काठमाडौंका टोल र गल्लीमा यही स्वर गुन्जिन्छ। जब बाटो मा ’पुलुकिसि’ निकालिन्छ उनको पछाडि केटाहरुले ‘लाःछकु वय्क समयबजि वल वल पुलुकिसि...’ भनेर गाउँने गर्छन्।।
भू-स्वर्गका नामले चिनिने खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ । पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना र त्यस वरपरका गाउँमा बत्ती बलेपछि स्थानीयसँगै खप्तड जाने पर्यटकलाई पनि सहज हुने भएको छ ।
झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरू ल्याएर बिक्री गर्ने गरेको पाइएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाइएको हो ।
नवलपुरका अपाङ्गता भएका महिला तथा आश्रित परिवारलाई आत्मनिर्भर बनाउन आवाससहित सिलाइ कटिङ तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्ति तथा परिवारलाई सिलाइकटाइको ६५ दिने आवाससहितको तालिम सञ्चालन गरिएको हो। कोपिला नेपाल, पोखराकी कार्यकारी निर्देशक बीनाकुमारी सिलवालले शैक्षिक योग्यताले मात्र स्वरोगार हुन नसकिने हुँदा जीवनभरलाई उपयोगी हुने गरी सीप सिकेर स्वरोगार बनाउन सो तालिम सञ्चालन गरिएको बताउनुभयो।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। मुख्यमन्त्रीसँग बालबालिकाले बालविवाहपीडितको अवस्था, छात्रवृत्ति, निःशुल्क पढाइ, प्रदेशको समृद्धिको खाकालगायतका बारेमा प्रश्नहरू सोधेका थिए।