च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बायर्न म्युनिख विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले डच क्लब आयाक्सलाई २–१ गोलले हरायो ।
नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच चालकका विषयमा कुरा नमिल्दा पाणिनि गाउँपालिकाको दुइटा एम्बुलेन्स विगत पाँच महिनादेखि बेवारिसेजस्तै बनेका छन्। ती एम्बुलेन्सको चालक नियुक्तिका लागि एमाले र कांग्रेसले आ–आफ्नै दाबी गरेसँगै बिरामी बोक्ने एम्बुलेन्स आफैँ थला परेका हुन्। पालिकाको अघिल्लो कार्यकालमा खरिद गरिएका ती एम्बुलेन्सहरू मैदानमा अलपत्र छन्। चालक पुरानै राख्ने वा नयाँ नियुक्त गर्ने विषयमा सहमति नहुँदा सञ्चालनमा समस्या भएको पालिका प्रवक्ता एवं ७ का वडाध्यक्ष गुनाखर अधिकारीले बताउनुभयो।
नेपाल र चीनबीचको लामो ऐतिहासिक सम्बन्ध रहेको छ । यो अझ घनिष्ठ बनाउने अनेक आयाम छन् । त्यसमध्ये बेलाबखतमा हुने द्विपक्षीय उच्चस्तरीय भ्रमणको विशिष्ट महत्त्व रहन्छ । यस्ता उच्चस्तरीय भ्रमणले सम्बन्धका आयामलाई फराकिलो बनाउन सहयोग गर्दै आएको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ तथा सौहार्दपूर्ण बनाउन यताका वर्षहरूमा महत्त्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । यस्ता उच्चस्तरीय द्विपक्षीय भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट हुनुका साथै एकअर्कालाई उच्च महत्त्व दिएको समेत स्पष्ट छ । यसै सन्दर्भमा चीनको विधायिका राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) स्थायी समितिका अध्यक्ष ली झान्सुले सोमबारदेखि नेपालको महत्त्वपूर्ण भ्रमण आरम्भ गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणमा लीको यो भ्रमण भएको हो । चिनियाँ विधायिकाको उच्च नेतृत्व तथा चीनका तेस्रो वरिष्ठतम नेताको यो भ्रमण विधायिका क्षेत्रमा अझ विशिष्ट महत्त्व छ ।
इतिहासविद् एवं चिन्तक युभल नोह हरारीका अनुसार ‘ज्ञान र प्रविधिमा निरन्तर अनुकूलित नभए मानव पुस्ता नै गतावधिक बन्न सक्छ’ । ज्ञान र प्रतिभाको उचित व्यवस्थापनबाट नै व्यक्ति गतावधिक हुनबाट जोगिने हो। परिवर्तन र विकासलाई व्यवस्थापन गर्ने सार्वजनिक निकायका सन्दर्भमा यो भनाइ झनै लागू हुन्छ। जीवन्त सङ्गठनको चरित्र परिवर्तनसंँग गतिशील हुनु, अझ भनौँ परिवर्तनलाई नै गतिशील बनाउनु हो। उदार लोकतन्त्र र नागरिक स्तरमा आएको चेतनाका कारण सर्वसाधारण नयाँ स्वाद र सन्तुष्टिको पारखी बनेका छन्। त्यसैले बहुसीपयुक्त र स्वयं प्रेरित कर्मचारीको माग प्रतिदिन बढिरहेको छ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा १ नवमीडाँडाकी निर्मला आङदेम्बेले आफ्नी स्वर्गीय आमाको स्मृतिमा ५१ हजार १ सय ५५ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विद्यार्थीका लागि दशैँ तिहार, जाडोजस्ता लामो बिदा हुने समय नजिकै आउन लागेको छ। त्यतिखेर विद्यार्थी प्रायःजसो घरमै हुने भएकोले मोबाइलमा व्यस्त हुनुभन्दा पनि विद्यार्थीले घरबाट सिक्नुपर्ने अनेक सीप छन्। भनिन्छ किशोरावस्थाका केटाकेटीको सुत्ने कोठा सुँगुरको खोर समान हुन्छ। यसो हुनुमा सानैदेखि उनीहरूका सबै काम अभिभावकले नै गरिदिने हुँदा उनीहरूले आफ्नो काम आफैँ गर्नुपर्छ हेक्का नराख्नु हो।
जिल्ला प्रशासन कार्यालय धनुषाले स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु गरेको छ। जिल्लाको १८ वटा स्थानीय तहमध्ये १६ वटामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र बनाउन विवरण सङ्कलन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम मङ्गलबारदेखि सुरु भएको छ । औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने र कसैलाई पनि विस्थापित नगर्ने गरी हालै मात्र गृहमन्त्री बालकृष्ण खाणको पहलमा कार्यदल बनेको थियो । सो कार्यदलले विभिन्न चरणका छलफलपछि जग्गा नापचाँजको काम सुरु गरेको कार्यदलका संयोजक एवं जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाईंले जानकारी दिनुुभयो । बुटवल–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट नापजाँचको काम सुरु भएको हो ।
श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।
बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।
१. बेलायतको नयाँ राजा को बनेका छन् ? चाल्र्स तृतीय बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चाल्र्स त्यहाँको राजा चाल्र्स तृतीय बनेका हुन्। – यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन्।
मौलिक हक र नागरिकको कर्तव्य १. जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपालले के कस्तो वित्त व्यवस्थापन रणनीति तय गरेको छ ? उल्लेख गर्नुहोस्। जलवायु परिवर्तन वर्तमान र भावी पुस्ताको ज्वलन्त समस्याका रूपमा देखा परेको छ। यो एक विश्वव्यापी साझा समस्या रहेकाले यसलाई सम्बोधन गर्न सबै मुलुकले आ–आफ्नो क्षमताअनुसारको दायित्व बहन गर्नुपर्ने मान्यता विकसित भएको छ। जलवायु परिवर्तनका विषयलाई सम्बोधन गर्न नेपालले राष्ट्रिय स्रोतको पहिचान गर्ने र द्विपक्षीय, बहुपक्षीय तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोतमा पहुँच बढाई सबै स्रोतलाई न्यायोचित परिचालन ग
बर्दिबासस्थित आँखा उपचार केन्द्रले ‘घरघरमा डाक्टर’ अभियान सञ्चालन गरेको छ। ग्रामीण भेगका गरिब तथा विपन्नको आँखाको समस्या पहिचान र उपचार गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरेको केन्द्रले जनाएको छ। नेपाल नेत्र ज्योति सङ्घ, पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम तथा सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको केन्द्रका प्रमुख रमेश साहले बताउनुभयो।
राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।
धनुषाको शहीद नगरपालिका–६, हठिपुरकी ५२ वर्षीया चन्द्रकला पासवान कृषि मजदुर हुनुहुन्छ। दिनभरि कृषि मजदुरी गरेबापत उहाँले पाँच किलो धान पारिश्रमिक पाउनुहुन्छ। एक किलो धानको बजार मूल्य २० रुपियाँ छ। यस हिसाबले ज्यालाबापत एक सय रुपियाँ मूल्य बराबरको धान चन्द्रकलाले पाउनुहुन्छ।