धनुषा, भदौ २८ गते । धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ।खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा परेर बुढाथोकी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो। प्रहरीको गोली लागि घाइते अवस्थामा पक्राउ परेका बुढाथोकीको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। पक्राउ परेका बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद भएको प्रहरीले जनाएको छ। ती समूहका अन्य व्यक्ति भने फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो। रासस
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रियाको समयावधिमा सांसदबीच मत बाझिएको छ।
काठमाडौं, भदौ २८ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू समाजवादमा पुग्ने लक्ष्यमा रहेको दाबी गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित सुदन किराँतीद्वारा लिखित पुस्तक ‘पल–पलको मृत्यु’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले समाज रूपान्तरण, सामाजिक न्याय र समाजवादको यात्रा नछोडेको बताउनुभयो।उहाँले शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँग सम्बन्धित हजारौँ संस्मरण यर्थाथबाट आधारित तथ्य रहेको र यो जुन स्तरबाट उत्खनन् र अन्वेषण हुनुपर्ने हो त्यो हुन नसकेको वा एकदमै कमै मात्र भएको धारणा राख्नुभयो।अध्यक्ष दाहालले भन्नुभयो, “मानिस भएर जन्मेपछि जीवनलाई कसरी व्यतीत गर्ने भन्ने कुरा, आधुनिक नेपाल निर्माणमा जस्तो अरूमा छ जस्तो लाग्दैन। युद्धमा जति गहिराईसँग शान्तिको महत्त्व छ। शान्तिको महत्त्व युद्धबाट परिभाषित छ, त्यसले मात्रै राम्रोसँग बुझ्न सक्दछ, उहाँ आफैँले भोगेको घटनाक्रम हो।”विगतमा करोडौँको निम्ति समर्पण भावले काम गर्दा उनीहरूसँगै हिँडेको महसुस हुने गरेको तर, अहिले मन्त्री, प्रधानमन्त्री भएर काम गर्दा पनि त्यस्तो महसुस हुन नसकेको उहाँले बताउनुभयो। “मानव जातिको निम्ति समर्पित छु भनेर लाग्दा र पद, प्रतिष्ठाका निम्ति हुने अनुभूति आकाश,, जमिनको फरक हुँदो रहेछ। आजभोलिकै मात्रै दिनचर्या हेर्ने हो भने गर्वानुभूति छैन। जीवनको महत्त्व पनि महान् हो भन्ने अनुभूति कमजोर परेको छ। तर, हामी जुन घुम्तीमा, मोडमा बसेका छौँ, समाजवादको यात्रा छोडेका छैनौँ”, उहाँले भन्नुभयो।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएका पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग छानबिन गर्न गठित सो समितिको मङ्गलवार सिंहदरबारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
काठमाडौं, भदौ २८ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको बताउनुभएको छ । मङ्गलवार नेपाली चलचित्र 'सायरा' निर्माण घोषणा कार्यक्रममा बोल्दै उहाँले आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो ।उहाँले भन्नुभयो, "नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ । तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मीहरूले खेलेका सिनेमालाई हुनुपर्छ । बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन साे दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ ।"उहाँले नेपालमा नेपाली फिल्मले सोचेजति माया र साथ नपाएको गुनासो पोख्दै आगामी दिनमा नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो । फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरूको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । चलचित्र 'सायरा'मा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरूको अभिनय रहनेछ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नुहुनेछ भने सोसल ड्रामा र लभ स्टोरीमा आधारित फिल्मको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयका अनुसार हालसम्म ७५ जिल्लाबाट नौ हजार ८३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ ।
पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मङ्गलवार वृद्धि भएको छ । आज नेप्से सूचक २१.३० अङ्कले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ ।
पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड खुलेको छ । मङ्गलवार बिहानैदेखि अवरुद्ध सडक दिउँसो १ बजेपछि खुलेको हो ।
भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
केही हप्ता अगाडि सङ्क्रमण दर वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ।
चोरी र सवारी ज्यान मुद्दामा कैद सजाय ठहर भएर फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ।