• ११ असोज २०८१, शुक्रबार

पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो

blog

राधा लुइटेल
फिदिम, भदौ २८ गते ।
 पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड खुलेको छ । मङ्गलवार बिहानैदेखि अवरुद्ध सडक दिउँसो १ बजेपछि खुलेको हो ।

मेची राजमार्गअन्तर्गत फिदिम ताप्लेजुङ सडक खण्डमा पर्ने हिलिहाङ गाउँपालिका २ काबेली क्षेत्रमा गएको पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि सडक खुलेको हो ।

सडक खुलाउन बिहान ८ बजेदेखि अपराह्न एक बजेसम्म लागेको  सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले  जानकारी दिनुभयो ।

पहिरोसँगै सडकमा ठूला ठूला ढुङ्गा खसेपछि सडक खुलाउन समय लागेको थियो । पहिरो पन्छाइएसँगै बिहानैदेखि रोकिएका सवारी र ढुवानी साधन गन्तव्यतर्फ  प्रस्थान गरेका छन् । अवरुद्ध भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड ।

मेची राजमार्गको कावेली खण्डमा झरेको पहिरो जसले बिहानैदेखि सडक अवरुद्ध भएको थियो । तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय पाँचथर ।