• ७ जेठ २०८१, सोमबार

प्रधानमन्त्री देउवासँग अध्यक्ष लीको शिष्टाचार भेटवार्ता

blog

प्रधानमन्त्री शेरबहादुर देउवासँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २८ गते । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता सुरु भएको हो ।


मङ्गलवार अध्यक्ष लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

यसैगरी, अध्यक्ष लीले भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यतालिका रहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउनुभएको हो ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।