सुदूरपश्चि प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्द रहेका तातोपानी, केरुङ र कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुलाई अनुरोध गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई तीन रनले हरायो ।
नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आयोजक श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा खेलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोलले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।
न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।
जिल्ला आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सेवाग्राही विना नै सम्पन्न भएको छ । स्थानीय निकाय र अन्य सरकारी कार्यालयहरू सेवाग्राहीसँग सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोजना हुने सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावहीन बन्ने गरेको हो ।
निरन्तरको वर्षासँगै खसेको पहिरोले मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्ड अवरुद्ध भएको छ ।
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहनु भएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबिच छलफल भएको छ ।
जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग र सहायक सडकको निर्माण, मर्मत तथा अवरुद्ध सडक मर्मत हुन नसक्दा उपभोक्ताहरू मारमा परेका छन् । वर्षा कम भएसँगै तत्काल सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडीसम्बन्धी प्रदर्शनी हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा समावेश हुने जनाइएको छ ।