सुधा देव
भारदह (सप्तरी), चैत ९ गते । राजविराज जेसीजले उत्कृष्ट कार्यसम्पादनको निरन्तरतासँगै राष्ट्रिय स्तरमा पुनः सफलता हासिल गरेको छ ।
गत जनवरीमा सौराहा, चितवनमा अवार्ड प्राप्त गरेको राजविराज जेसीजले हालै पोखरामा सम्पन्न कार्यक्रममा पनि आफ्नो उत्कृष्टता कायम राख्दै “संकल्प टु सक्सेस अवार्ड” प्राप्त गरेको हो ।
राजविराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता र समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो । उहाँले भन्नुभयो, “हामीले राजविराजलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, जसको परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ।”
यस उपलब्धिले राजविराज जेसीजको संस्थागत क्षमता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको रायले बताउनुभयो । साथै, यस अवार्डले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।