पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक मङ्गलवार वृद्धि भएको छ । आज नेप्से सूचक २१.३० अङ्कले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ ।
पहिरोले अवरुद्ध मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड खुलेको छ । मङ्गलवार बिहानैदेखि अवरुद्ध सडक दिउँसो १ बजेपछि खुलेको हो ।
भारतको दक्षिणी राज्य तेलङ्गानाको सिकन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
केही हप्ता अगाडि सङ्क्रमण दर वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ।
चोरी र सवारी ज्यान मुद्दामा कैद सजाय ठहर भएर फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले मंगलबार पक्राउ गरेको छ।
नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राईले स्वदेशमै रोजगारीको अभाव, कम पारिश्रमिक र काम अनुसारकोे सुविधा नहुँदा दक्ष नर्स ठूलो संख्यामा विदेशिनु परेकोे बताउनु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ५९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना पुष्टि भएको हो ।
सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ । मङ्गलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्नुहुँदै मन्त्री रेग्मीले सो कुरा बताउनुभएको हो ।
सुदूरपश्चि प्रदेशका चार जिल्ला अछाम, बझाङ्ग, डोटी र बाजुराको संगमस्थलको रुपमा खप्तड क्षेत्रलाई लिने गरिन्छ । खप्तड क्षेत्र फराकिला पाटन, रङ्गीचङ्गी फूल र सुन्दर भू–बनोटमा अवस्थित छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बन्द रहेका तातोपानी, केरुङ र कोरालालगायतका नाका खोल्ने कार्यमा सहयोग गर्न जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुलाई अनुरोध गर्नुभएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलमा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई तीन रनले हरायो ।
नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आयोजक श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
युक्रेनको द्वन्द्व प्रभावित पूर्वी र दक्षिणी क्षेत्रहरूबाट गत महिनामा ७३ हजारभन्दा बढी मानिसहरूलाई विस्थापित गरिएका युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरुको पुनर्मिलन मन्त्रालयले सोमबार जनाएको छ ।
बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा खेलमा नेपालले लगातार दोस्रो हार खेपेको छ । सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोलले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो ।