काठमाडौं, भदौ २८ गते । नेपाल श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आयोजक श्रीलङ्कालाई ६–० गोलले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो ।
फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा दुई गोल गरेको थियो ।
नेपालको जितमा कप्तान प्रशान्त लक्षम, हरिषराज भट्ट, सुबास बम, निरज कार्की, उनेश बुढाथोकी र सिजल राईले गोल गर्नुभयो । प्रतियोगितमा नेपालसहित भारत, भुटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी ६ देशले भाग लिएका थिए । नेपालले भारतलाई ३–१ गोलले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।