ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि चुम्न सफल हुनुभएको छ। उहाँले मिस ग्रान्ड इन्टरनेसनलको दसौँ संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ। वर्षा भण्डारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप हुनुभएको छ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयरबापतको बाँकी रकम माग गरेको छ । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनाको प्रवद्र्धक सो कम्पनीले आगामी असोज ४ गतेदेखि बाँकी रकम सङ्कलन गर्ने भएको हो । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिक तोकिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनमा नेपाल १४३औँ स्थानमा रहेको छ । अघिल्लो वर्ष नेपाल १४४औँ स्थानमा थियो । सोमबार आयोजित कार्यक्रममा यूएनडीपीले ‘अनिश्चित समय, अस्थिर जीवन ः परिवर्तित विश्वमा हाम्रो भविष्य’ शीर्षकमा तयार गरेको मानव विकास प्रतिवेदन, २०२१÷२२ सार्वजनिक गरेको हो । प्रतिवेदनमा विशेष गरी शिक्षा, स्वास्थ्य, औसत आयु, प्रतिव्यक्ति आयजस्ता विषयलाई केन्द्रमा राखिएको छ । नेपालको मानव विकास सूचकाङ्क ०.६०२ रहेको छ । १९१ मुलुकमध्ये पहिलो स्थानमा रहेको स्विजरल्यान्डको मानव विकास सूचकाङ्क ०.९६२ रहेको छ ।
यहाँका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक सय दिनका उपलब्धि सार्वजनिक गरेका छन्। जिल्लाको नारायण नगरपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र गुराँस गाउँपालिका–८ ले सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। आइतबार नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले एक सय दिनका उपलब्धि सार्वजनिक गर्दै सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिअनुसार नारायण नगरपालिकाको विकासको मार्गमा अगाडि बढेको बताउनुभयो। उहाँले नारायण नगरपालिकालाई स्वच्छ, सुन्दर व्यवस्थित, विभेदरहित र सुशासनयुक्त पालिकाका रूपमा थप विकास गर्ने उद्देश्यलाई विशेष जोड गरिएको बताउनुभयो।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले नगरपालिकाले आयोजना गर्ने कार्यक्रम बहिष्कार गर्ने जनाएका छन्। नगरप्रमुखले समन्वयबिनै कार्यक्रम गरेको भन्दै उनीहरूले आफ्नै नगरपालिकाका कार्यक्रम बहिष्कार गर्ने जनाएका हुन्। आफूहरूसंग समन्वय नै नगरेर नगरप्रमुख महेन्द्र केसीले महत्वपूर्ण कार्यक्रम र निर्णय गर्न थालेपछि समन्वयबिनाका कार्यक्रम बहिष्कार गरेको नगर उपप्रमुख विमलकुमार पुनले बताउनुभयो। अधिकांश कार्यक्रमबारे आफूहरूले पछि मात्र सूचना पाउने गरेको उहाँले जनाउनुभयो। नगरपालिकाबाट हुने कार्यक्रममा नगरप्रमुखले आफूहरूसँग समन्वय नगरेको, कार्यपालिकाको निर्णय किर्ते गरेको, आवश्यकताभन्दा बढी कर्मचारीलाई सरुवा अनुमति दिएको जस्ता आरोप उनीहरूले लगाएका छन्।
मंगलबारको मौसम देशभर सामान्य देखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
पञ्चायतकालमा जनश्रमदानमा निर्माण भएको विद्यालयको पाँ कोठे भवन जीर्ण भएर ढल्ने अवस्थामा पुगेको छ। छानो भत्केपछि तीनवटा कोठामा पठनपाठन पूर्ण रूपमा बन्द भएको छ। बाँकी रहेका कक्षाकोठामा दुईवटा कक्षासँगै सञ्चालन गरेर पठनपाठन भइरहे पनि भवन भत्किने डरले तीन सय जना विद्यार्थी त्रसित बनेका छन्। भारतसँग सीमा जोडिएको महाकाली किनारको पञ्चेश्वर गाउँपालिका–१, शेरी–बैसेकस्थित २०३४ सालमा निर्माण भएको चतुर्वाहु आधारभूत विद्यालयको जीर्ण भवन शेरी–बैसेक र सन्तोला गाउँको मतदान केन्द्र पनि हो।
भजनी नगरपालिका–८, सुनाफाँटाका कृष्ण चौधरीले बर्खे धानबाली नलगाएको डेढ दशक भयो। डुबान समस्याका कारण २०६४ सालदेखि चौधरीले १६ बिघा जमिनमा धान खेती गर्नुभएको छैन। उहाँको जमिन एक याम बाँझै रहने गरेको छ। त्यस्तै टीकापुर नगरपालिका–७, परतीपुरका राजकुमार चौधरीको पनि भएको एक बिघा जमिन बाँझो छ। “पानी जम्ने गरेकाले वर्षायाममा खेत खाली छोड्ने गरेको छु,” उहाँले भन्नुभयो, “हिउँदमा मात्रै खेतमा गहुँ खेती गर्ने गरेको छु।”
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूमिहीन र सुकुम्बासी समस्या समाधान सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। धनगढीमाई नगरपालिकाको विकट र दुर्गम मानिने वडा नम्बर १३ मा आइतबार लालपुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। मुलुकमा गणतन्त्र स्थापना भइसकेपछि राजनीतिक परिर्वतनको अध्याय सकिएको भन्दै मन्त्री श्रेष्ठले “अब समृद्धि र विकासको लागि भूमिहीन सुकुम्बासीलाई आत्मनिर्भर बनाउन लालपुर्जा वितरण गर्न लागिएको हो,” भन्नुभयो।
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा चार महिनादेखि यातायात ठप्प हुँदा स्थानीय मारमा परेका छन्। सडक सञ्जालमा नजोडिएको चुरे भेगस्थित नारायण खोलामा बाढी आएर खोलाको बाटो बिगारेपछि गत जेठ पहिलो सातादेखि यातायातका साधन सञ्चालन हुन सकेका छैनन्। खोलामा पानी कम भएको बेला किराना पसल सञ्चालकले निकै मुस्किलले ट्याक्टरमार्फत खाद्यान्न सामग्री ढुवानी गर्दै आइरहेका छन्। यात्रुवाहक बस भने जेठदेखि नै पूर्ण रूपमा ठप्प भएको हो। दशैँ नजिकिएको बेला बस सञ्चालन नहुँदा नारायण खोलावासी निराश बनेका छन्।
मङ्सिर ४ गतेलाई निर्धारित प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक पार्टीहरूले पुरानै अनुहारलाई उम्मेदवारमा सिफारिस गरेका छन्। मतदाताले युवा तथा नयाँ अनुहारको आशा गरे पनि गुल्मीमा भने नयाँ अनुहार देख्न नपाउने आधार स्पष्ट भएको छ। पार्टीहरूले पुरानै नेताहरूलाई केन्द्र र प्रदे
बबईदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माण कार्यको अवधि सकिएको एक वर्ष पुगेको छ तर सडक निर्माणको १० प्रतिशत मात्रै उपलब्धि देखिएको छ। २०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। करिब २८ किलोमिटर रहेको यो सडकखण्डमा सहरी क्षेत्रमा चार लेन र अन्यत्र दुई लेन रहेको छ। भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयका अनुसार एक अर्ब रुपियाँ बजेट लागतमा सम्पन्न गर्न आयोजना सुरु भएको थियो।
बेमौसमी तरकारी खेतीका लागि प्लास्टिक टनेल र विभिन्न तरकारीका बीउ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साही देखिएका छन्। सोलुदूधकुण्ड नगरपालिका–८, केरुङ, बाघखोरकी कृषक दाली शेर्पालाई यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास छ।
विश्वमै दुर्लभ मानिएका अर्नासहित विभिन्न वन्यजन्तु र सयौँ प्रजातिका चराको संरक्षण स्थलको रूपमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रै संरक्षित वन्यजन्तुको चोरी सिकारी मात्र नभएर अवैध रूपमा किनबेचसमेत हुनेगरेको रहस्य बाहिरिएको छ। सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको अर्नाको राजधानी मानिने आरक्षमा पछिल्लो समयमा अर्नालगायतका वन्यजन्तुको चोरी सिकारीमा सङ्गठित गिरोह नै परिचालित भएर आरक्षभित्रै चोरी सिकारी गरी किनबेच हुने गरेको तथ्य फेलापरेको हो। बन्दुकलगायतका विभिन्न हातहतियारको प्रयोग गरी आरक्षभित्र वन्यजन्तुको चोरी
नेपाल भारतबीचको खुला सिमाना आधुनिक राज्यका निम्ति अनौठो अपवाद हो। तीनतिर भारतबाटै सिमाना जोडिएको नेपालको सीमावर्ती गाउँ, बस्ती र सहरमा वारिपारिको सम्बन्ध अनौठो नै छ। नेपाल र भारतबीच कतिपयले रोटीबेटीको सम्बन्धसमेत भन्छन्। यस्तै सम्बन्धले अनेक चर्चा परिचर्चा पाइरहेका हुन्छन्। दुई मुलुकबीचको खुला सिमानाले गर्दा मुख्यतया सीमावर्ती व्यापारको आफ्नै विशेषता छन्। खुला सिमानामा वारपार त हुने नै भयो र त्यसमा सरसमान पनि वारिपारि हुने गर्छ। भन्सारको खुकुलो नीतिका कारण दैनिक थुप्रै नेपाली सीमावर्ती बजारमा किनमेल गरेर स्वदेश फर्किने गरेका हुन्छन्। कतिपय सरसमान वारिबाट पारिसमेत जान सक्ने हुन्छ। यसको प्रत्यक्ष फाइदा सीमावर्ती क्षेत्रका उपभोक्तालाई पुग्ने