• ११ साउन २०८२, आइतबार

आजको मौसम : सामान्य देखि भारी वर्षाको सम्भावना

blog

काठमाडौं, भदौ २८ गते । मङ्गलबारको मौसम देशभर सामान्य देखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य  बदली  रही प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। राती  गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम तथा सडक र हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।